Saturday, 23 July 2016

रुदै ----रुदै अन्ततः गच्छदारले पनि छाडे ओलीको साथ

अन्ततः गच्छदारले पनि छाडे ओलीको साथ
साउन ८
 

 bijaya gachhedarकाठमाडौं– विजय गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले केपी ओली नेतृत्वका सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिएको छ ।

शनिबार बसेको फोरम लोकतान्त्रिक संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट आफ्ना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

फोरम लोकतान्त्रिकका अध्यक्ष एवं उपप्रधानमन्त्री विजयकुमार गच्छदार आजै बालुवाटार गएर प्रधानमन्त्री केपी शर्मा अ‍ोलीलाई सरकारबाट समर्थन फिर्ता लिएको पत्र बुझाउने सो पार्टीका उपाध्यक्ष रामेश्वर राय यादवले जानकारी दिए ।

यसअघि फोरमले ओली नेतृत्वको सरकारलाई अन्तिमसम्म साथ दिने बचन दिएको थियो । तर, गच्छेदार नेतृत्वको फोरमले संसदमा अविश्वास प्रस्ताव दर्ता भएको दोस्रो दिनमै ओलीको साथ छाड्ने निर्णय लिएको छ ।

कतिपयले आली सरकारबाट गच्छदार बाहिरिनुको कारण पार्टीभित्रको चर्को दबाब रहेको बताएका छन् । स्रोतका अनुसार मधेशको कोणबाट चुकेर ओली सरकारलाई समर्थन गरे, मधेशमा विरोधका स्वरहरु अझै सुनिने र पार्टीलाई थप क्षति हने भन्दै पार्टीका नेताहरुले दबाब दिएका थिए ।

गच्छेदारसँगै सरकारमा रहका अन्य साना दलले पनि समर्थन फिर्ता लिन थालेका छन् । आजै मात्र राप्रपाले पनि समर्थन फिर्ता लिन निर्णय गरेको थियो ।

संसदको भित्री र बाहिरि परिसरमा देखिएका फरक–फरक ५ तस्बिरहरु

संसदको भित्री र बाहिरि परिसरमा देखिएका फरक–फरक ५ तस्बिरहरु
साउन ८

 kc nd samsad (4)काठमाडौं–आज व्यवस्थापिका संसदभित्र अविश्वासको प्रस्तावमाथि छलफल भइरहँदा संसद परिसर बाहिर भने डा. गोविन्द केसीको माग पुरा गर्नुपर्ने भन्दै केसीका समर्थकहरु प्रदर्शन गरिरहेका थिए ।

संसदभित्र विभिन्न पार्टीका नेताहरुले बोलिरहँदा बाहिर भने ‘डा. केसीको ज्यान बचाऔं, ३ करोड नेपालीको स्वास्थ्य बचाऔं’ भन्दै केसी समर्थकहरुले नाराबाजी गरिरहेका थिए ।


प्रधानमन्त्री ओलीविरुद्धको अविश्वासको प्रस्ताव आइतबार निर्णयार्थ प्रस्तुत हुने

प्रधानमन्त्री ओलीविरुद्धको अविश्वासको प्रस्ताव आइतबार निर्णयार्थ प्रस्तुत हुने
साउन ८


4काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध व्यवस्थापिका–संसद्मा दर्ता भएको अविश्वासको प्रस्ताव आइतबारको दोस्रो बैठकमा निर्णयार्थ प्रस्तुत हुने भएको छ ।

व्यवस्थापिका–संसदको आइतबारको पहिलो बैठकमा अविश्वासको प्रस्तावमाथिको छलफल सकिएपछि दोस्रो बैठकको प्रारम्भमा प्रधानमन्त्री ओलीले उठेका प्रश्नको जवाफ दिनेछन् । त्यसपछि अविश्वासका प्रस्तावका पक्षधरलाई प्रस्ताव फिर्ता लिन समय प्रदान गरिनेछ ।

अविश्वासको प्रस्तावका पक्षले प्रधानमन्त्रीविरुद्धको प्रस्ताव फिर्ता लिन नचाहेमा सभामुखले संसद्को आइतबारको दोस्रो बैठकमा उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने संसद् सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलले जानकारी दिए । उक्त प्रस्तावमाथि शुक्रबारबाट सदनमा छलफल हुँदै आएको छ ।

वर्तमान गठबन्धन सरकारको ठूलो दल नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्री ओलीको सरकार सङ्कटमा परेको हो ।

प्रधानमन्त्री ओलीको दम्भ र अहङ्कारका कारण आफूले समर्थन फिर्ता लिएर उनीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको माओवादी केन्द्रले जनाउँदै आएको छ । व्यवस्थापिका–संसद्को प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेससहितका २८१ जना सांसदको हस्ताक्षर गरेर उक्त प्रस्ताव संसद्मा पेस गरिएको थियो ।

माओवादीले समर्थन फिर्ता लिएसँगै मधेसी जनअधिकार फोरम लोकतान्त्रिक र राप्रपाले पनि समर्थन फिर्ता लिएर अविश्वासको पक्षमा मतदान गर्ने निर्णय गरिसकेका छन् ।

नेपालको संविधान जारी भएसँगै व्यवस्थापिका–संसद्मा प्रतितिनिधित्व गर्ने अधिक राजनीतिक दलको समर्थनमा नेतृत्व सम्हाल्न पुग्नुभएका प्रधानमन्त्री ओली सरकार नौ महिनाको अवधि पार गर्दा नगर्दै सङ्कटमा पर्न गएको छ ।
प्रधानमन्त्री ओलीलाई सहमतीय राजनीतिलाई बेवास्ता गर्दै एकलौटी ढङ्गले अघि बढ्न खोजेको आरोप छ ।


खुमबहादुर देउवा र प्रचण्डलाई चुनौति दिँदै गठबन्धनको बिपक्षमा

खुमबहादुर देउवा र प्रचण्डलाई चुनौति दिँदै गठबन्धनको बिपक्षमा
 


काठमाडौं, ८ साउन । नेपाली कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्का कांग्रेस–माओवादी गठबन्धनको विपक्षमा उभिएका छन् । अप्राकृतिक गठबन्धनको संज्ञा दिँदै बाह्य शक्तिको आडमा निर्माण भएको गठबन्धनले देशलाई निकास दिन नसक्ने बताएका छन् ।
 
‘यो नेपाली कांग्रेसका आम कार्यकर्तालाई मन परेको गठबन्धन होइन’ राजधानीमा आयोजित एक कार्यक्रममा खड्काले भने ‘पार्टीका शिर्ष नेताहरुले माओवादीसँग गठबन्धन गरेर ठुलो भुल गरेका छन्, यसको पश्चाताप केही महिनापछि हुनेछ ।’ खड्काले माओवादीलाई विश्वास नगर्न कांग्रेस सभापति शेरबहादुर देउवालाई आग्रह समेत गरेका छन् । ‘मैले सभापतिलाई भेटेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई विश्वास नगर्न आग्रह गरेको थिएँ’ उनले भने ‘मेरो कुरा नमानेर उहाँले गल्ति गर्नु भयो ।
उनले माओवादीको चरित्र नै विश्वास योग्य नभएको बताए । ‘एमालेसँग मिलेर सभामुख र उपराष्ट्रपति हत्याए, अहिले कांग्रेससँग मिलेर प्रचण्ड प्रधानमन्त्री हत्याउँदैछन्’ खड्काले भने ‘यो महाभुल पार्टी सभापति गर्दै हुनुहुन्छ ।’
खड्काले अब छिट्टै हिन्दुराष्ट्रका लागि अभियान थाल्ने जानकारी पनि दिए । शंकरदेव क्याम्पसका स्ववीयू सभापति शुभराम बस्नेतले आयोजना गरेको कार्यक्रममा खड्काले छिटै हिन्दुबादीहरुको महासभा गर्ने बताए । ‘शेरबहादुरजी र प्रचण्डजी हिन्दुराष्ट्रका पक्षमा हुनुहुन्न’ खड्काले भने ‘अब सरकारको नेतृत्व उहाँहरुले गर्दै हुनुहुन्छ, हिन्दुराष्ट्र नेपाल बनाउन बाध्य पार्छौ ।’

Friday, 22 July 2016

सिन्धुली ‘१५ दिनभित्र सार्न भनेको जोखीमयुक्त बस्ती १५ महिनामा पनि सारीएन’

‘१५ दिनभित्र सार्न भनेको जोखीमयुक्त बस्ती १५ महिनामा पनि सारीएन’


१७ जिल्लाका १३ हजार परिवार पहिरोको जोखीममा

   
सिन्धुली ,७ श्रावण– भूगर्भविद तथा संसदीय टोलीको सिफारीसमा भुकम्प पछि जोखिममा रहेका बस्ती सार्न मन्त्रिपरिषदले गरेको निर्णय एक वर्ष वित्दा पनि कार्यन्वयन नहुँदा पिडितहरु जोखीममै बस्न बाध्य भएका छन् । भुकम्प गएको पन्ध्र महिना वित्दासम्म बस्तिहरु कहाँ कसरी सार्ने भन्ने कुनै योजनासम्म सरकारले नबनाउँदा वर्खासंगै पिडितहरु जोखीम मोलेरै पहिरो तथा धाँजा फाटेर चिराचिरा परेका जमिनमा बस्न बाध्य भएका हुन् ।

फाइलफोटो

सिन्धुली, रामेछाप, दोलखा, गोरखा, धादिङ लगायतका अति भुकम्प प्रभावित १४ जिल्लाको मात्र ४ सय ७५ ठाउँका बस्ती सार्नु पर्ने भन्दै मन्त्रिपरिषदको बैठकले १५ दिनभित्र जोखीमयुक्त बस्तीलाई सुरक्षित स्थानमा सार्न भनेको थियो । तर त्यसको ठिक एक वर्ष पछि पुन दोहो¥याइएको अध्ययनले पनि यी जिल्लाका १ सय १७ वटा बस्ती हरु जोखीममा रहेको भन्दै सुरक्षित स्थानमा सार्नु पर्ने देखाएको थियो । खानी तथा भूगर्भ विभागसहितको प्राविधिक टोलीले गरेको अध्ययनका आधारमा शुसील कोइराला नेतृत्वको सरकारले २०७२ असार १५ मा ‘पन्ध्र’ दिनभित्र जोखीमयुक्त ठाउँका बस्तीहरुलाई सुरक्षित स्थानमा स्थान्तरण गरी अस्थायी आवास व्यवस्था गर्ने निर्णय गरेको थियो । तर, त्यसको एक वर्ष वित्दा पनि उक्त निर्णय कार्यान्वयन नहुँदा जोखीम युक्त ठाउँमै कष्ठपूर्ण जिवन विताउँन बाध्य भएको पिडितहरुले गुनासो गरेका हुन् ।

भुकम्पका कारण घरमाथीबाट सिङ्गै पहाड फाटेर बग्न थालेपछि बस्तिनै जोखीममा परेको १५ महिना भएपनि आफुहरु जोखीम मोलेर त्यही स्थानमा बस्न बाध्य भएको सिन्धुली जिल्ला स्थित भिमेश्वर बाराका प्रदिप वर्देवाको भनाई छ । गाउँका एक दर्जनबढी घरहरु पहिरोको जोखीममा परेका छन् । ‘बस्तिमाथीबाट पहाडै बग्ला झैं गरेर पहिरो बग्न थालेको छ,’ उनले भने । तर, अनुगमनटोलीले सुरक्षित स्थानमा सार्न सरकारलाई सुझाव दिएको बस्ती सार्न कुनैपनि पहल गरिएको छैन् । ‘भुकम्प गएको पन्द्र महिना भयो । हरेक बर्खामा पहिरो बग्छ । पहाड खसेर बगाउँला भन्ने त्रासमा दिनरात चैनले बस्न सकिएको छैन् । अन्त जाउँ जाने ठाउँ छैन् । न त सरकारले सुरक्षित ठाउँमा जाने बाटो देखाइदियो नत हामी आफै जान सक्ने कुनै ठाउँ रह्यो,’ उनले भने ।

भत्केको घर छाडेर केही कोल्टे स्थानमा अस्थायी टहरो बनाएर बसेको एक वर्ष भएपनि सुरक्षित स्थानको टुंगो नलाग्दा पुनर्निर्माणको दुईलाख रुपैयाँ पाए पनि कहाँ घर बनाउँने भन्ने समस्या भएको उनको भनाई छ । उनिसंगै जोखीममा परेका त्यहाँका एक दर्जन परिवार दुई लाख रुपैयाँ पाउनेहरुको सूचिमा छन् । भिमेश्वरको बारा जस्तै जिल्लाको मझुवा, कपिलाकोट, तिनकन्या, क्यानेश्वर, पिपलमाढी, कल्पवृक्ष, पोखरी, रानीचुरी लगायतका एक दर्जनबढी गाविसका विभिन्न बस्तिका ८ सय ७ घरधुरी जोखीममा रहेको भन्दै सुरक्षित स्थानमा सार्न भनिएको थियो ।

यस्तै रामेछापका ५ हजार ५ सय ४८, गोरखाको २ हजार २ सय ४२, धादिङका १ हजार ७ सय ४२, सोलुखुम्बुका १ हजार ७ सय ३६, मकावनपुरका  १ हजार २ सय ३८, ओखलढुङ्गाका मात्र १ सय ३ घरधुरी भुकम्प पछि जोखीममा परेको भन्दै ति घरधुरीहरुलाई सुरक्षित स्थानमा सार्नु पर्ने अध्ययनले देखाएको थियो । यस्तै भुकम्प अति प्रभावित १४ जिल्ला सहितका १७ जिल्लाका १३ हजारबढी घरधुरीलाई सुरक्षित स्थानमा सार्नु पर्ने अध्ययनटोलीले सुझाव दिएको पुनर्निर्माण प्राधिकरणले जनाएको छ । त्यस्ता बस्ति सार्न सुझाव सहितको प्रतिवेदन प्राधिकरणलाई बुझाइएको खानी तथा भूगर्भ विभागका उपमहानीर्देशक सोमनाथ सापकोटाले बताए ।

‘रामेछापको मन्थली र रामेछाप नगरपालिका तथा ३२ गाविसका ७० वटा बस्ति पहिरोको उच्च जोखीममा परेका छन् । ठोसे, बाम्ती, गेलु, प्रिती, फर्पु लगायतका ३२ गाविसहरु भुकम्प पछि पहिरोको उच्चा जोखीममा रहेको भन्दै ती बस्तीहरुलाई तुरुन्त सुरक्षित स्थानमा सार्नु पर्ने अध्ययन टोलीको निष्कर्ष सहित राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई प्रतिवेदन बुझाइएको छ,’ उनले भने । त्यस्ता बस्तीहरुमा जमिन फाट्ने चिराचिरा हुने, भास्सिने, पहिरो बग्ने जस्ता समस्या देखीएका छन् । तर, यी कुनै पनि बस्ती हालसम्म सुरक्षित स्थानमा सार्न सकिएको छैन् । यस्ता जोखीमयुक्त बस्तीहरु सार्नका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले शहरी विकास तथा भवन डिभिजन कार्यालयलाई भनेको छ । तर, डिभिजन कार्यालयले पनि कुनैकाम अघि बढाएको छैन् ।

भुकम्प प्रभावित जिल्लाहरुमा सामुहिक आवास निर्माण गर्ने सरकारले बताएपनि सबै क्षेत्रमा निर्माण सम्पन्न भइसकेका छैनन् । निर्माण सम्पन्नमा पनि कुनकुन पिडित परिवार बस्ने भन्ने अन्यौंल छ । सुरक्षित सामुहिक आवासमा समेत बस्न नपाएपछि पिडितहरु यस पटकको बर्खामा झनै त्रासका विच बस्नु परेको गुनासो गर्छन् । लगातारको वर्षाका कारण मझुवा गाविस ६ को सल्लेनीपाखो बग्न थालेपछि त्यस तल रहेको बस्ति जोखीममा परेको स्थानीय शिक्षक टिकाप्रसाद दाहालले बताए । त्यस स्थानमा पहाडनै बग्न थालेको छ । ‘अझै निरन्तर वर्षा भइरहे सिंङ्गो पाखै खस्ने सम्भावना रहेको छ,’ उनले भने ।

वर्षाका कारण मझुवाकै गैरीगाउँ, मझुवा चौतारो, धोद्रे लगायतका स्थानमा पहिरो बग्ने खतरा बढेको छ । मझुवा गाविस भुकम्प पछि जमिन फाँटेका कारण जोखीमयुक्त गाविसका रुपमा मान्निछ । यस गाविसको चारवटा वस्ति स्थानान्तरण गर्न विज्ञाहरुले यस अघिनै सुझाव दिएको थियो । तर, उपयुक्त स्थानको खोजि नगरीदाँ यहाँका पीडित धाँजा फाटेकै स्थानमा अस्थायी टहरो बनाएर बस्न बाध्य भएका छन् ।

आजको संसदमा अविश्वासको प्रस्ताब माथि छलफल हेर्न छुटेकोले याहाबाट हेर्नु होला भिडियो सहित

   
आजको संसदमा अविश्वासको प्रस्ताब माथि छलफल हेर्न छुटेकोले याहाबाट हेर्नु होला भिडियो सहित

भर्खरै सन्सार भरी यही समाचार ट्रकभित्र ५०१ जनाको शव फेला धेरै भन्दा धेरै नेपाली हेर्नुस

भर्खरै सन्सार भरी यही समाचार ट्रकभित्र ५०१ जनाको शव फेला धेरै भन्दा धेरै नेपाली हेर्नुस

   



SHARE THIS POST :
अष्ट्रियामा सडक किनारमा रोकिराखेको एक मालबहाक ट्रकभित्र ५०१ जनाको शव फेला परेको छ । हंगेरीसँग सीमा जोडिएको क्षेत्रमा भेटिएको ट्रकभित्रै मृत्यु भएकाहरु आप्रवासी नागरिकहरु भएको शंका गरिएको छ । ती शवहरुमा चार बालबालिकासमेत रहेको जनाइएको छ ।


ट्रकमा सवार ती मानिसहरुको एक/दुई दिनअघि मृत्यु भएको अनुमान गरिएको छ । /> त्यहाँको प्रहरीले ती आप्रवासीहरु सिरियाली नागरिक भएको हुन सक्ने र यात्राकैक्रममा मृत्यु भएको शंका गरेको छ । ट्रकका चालक फरार रहेकाले प्रहरीले खोजी तीव्र पारेको जनाएको छ ।