सिन्धुली ,२५ असार – माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा अनुगमन टोलीका संयोजक डम्बर कार्कीले बुधबार जिल्ला विकास समिति सिन्धुलीको सर्वदलिय बैठकमा अरुणठाकुर गाविस ५ स्थित न्याउले बस्ती पहिरोको उच्च जोखीममा रहेको जानकारी गराए । उक्त बस्ति असारको दोस्रो सातमा आएर निर्माण गरिएको लाम्पानटार—अरुणठाकुर सडकका कारण पहिरोको जोखीममा परेको हो । असारमा बुलडोजर लगाएर सडक निर्माण गर्दा वर्षातले न्याउलेभिर बग्दा त्यस तलका दश घर आदीवासी जनजाती जोखीममा परेको कार्कीको भनाई छ । उनले उक्त सडक निर्माणमा तत्काल रोक लगाउनु पर्ने र बस्तिलाई सुरक्षित स्थानमा सार्नु पर्ने माग गरे ।
पहिरोमा परिणत सडक
कार्कीले आठ लाख रुपैयाँको लागत रहेको चीसापानी जगाडी सडक कागजमा हालै निर्माण सम्पन्न भएपनि पहिरो देखी केही नभएको तर्क गरे । आफुहरु अनुगमनका क्रममा पुग्दा उक्त सडकमा पहिरो देखी केही नदेखेको कार्कीको भनाई छ । नेकपा एमालेका नेता तथा सर्वदलिय अनुगमन समितिका संयोजक विनोद खड्काले पनि बुधबार जिल्ला विकास समिति सिन्धुलीको सर्वदलिय बैठकमा १ करोड १० लाख रुपैयाँको लागतमा निर्माण गरीएको कर्मैया—पिपलमाढी सडकमा गाडी गुड्नै नसक्ने जनाए । करोडौं रुपैयाँ लगानी गरेर हालैमात्र निर्माण गरिएको उक्त सडक निर्माणमा लापरबाही हुँदा यस्तो अवस्था आएको उनको भनाई छ ।
४९ लाख १४ हजार रुपैयाँ लागतमा निर्माणाधिन हरिवन—क्यानेश्वर सडकको पनि अवस्था उहि छ । स्टमेट अनुसारको बजेट खर्च गरिएपनि गाडी गुढ्नेवाल छैन् । लाखौं रुपैयाँ खर्चिएको सितलपाटी—खाल्टे—गौखर्क सडक एक साता अघिमात्र निर्माण सम्पन्न भएपनि अहिले उक्त सडकमा गाडी गुड्नै नसक्ने जिल्ला विकास समितिकै लेखा परिक्षक तथा अनुगमन समितिका सदस्य शुसील बर्माको भनाई छ ।
नेपाली काँग्रेसका क्षेत्रीय सभापति तथा अनुगमन समितिका संयोजक कर्णबहादुर मगरले पनि आरुबोटे—सालुके—रत्नावती सडक एक साता अघिबाट मात्र निर्माण सुरु भएकाले स्टमेट अनुसार हुने र गुणस्तरीय रहनेमा शंका गरे । ‘असारको मध्यमा आएर निर्माण गरिएको उक्त सडक निर्माण गर्दै जाने, वर्षातले बगाउँदै जाने हुँदाँ उक्त सडकमा गाडी हैन मान्छे हिड्न समेत समस्या हुनुका साथै सडक तलका बस्ति पहिरोको उच्च जोखीममा परेका छन्,’ उनले भने ।
अनुगमन समितिको प्रतिवेदन सार्वजनीक गर्ने क्रममा अधिकांस टोलिले जिल्लामा निर्माण गरिएका सडकको दुरावस्थाका बारेमा यसरीनै जानकारी गराएका थिए । यी सबै सडक चालु आर्थिक वर्षको योजना अनुसार निर्माण गरिएका हुन् । जिल्लामा चालु आर्थिक वर्षमा सात करोड रुपैयाँबढीका सडक आयोजनाहरु पुरा भएका छन् । तर, ति कुनैपनि सडक आयोजनाहरुमा सवारी साधन सञ्चालन हुने अवस्थामा छैन् । सडकमा भएका लगानी वालुवामा पानी खन्याँए सरह भएको भन्दै अनुगमन समितिले सडक निर्माणमा बैज्ञानिक ढंगले स्टमेट नबनाउँदा पहडा चिर्ने र बजेट सक्नेमात्र काम गर्दा सडकले झन पहिरो निम्त्याउने गरेको जनाएका हुन् ।
प्रायः हरेक वर्ष दश एघार महिनासम्म सुस्ताउने अनि आर्थिक वर्षको अन्त्य असारमा आएर हतारमा सडक खन्ने प्रवृत्तिले जिल्लामा सडकका काम कहिलै उपलब्धी मुलक हुन नसकेको हो । ‘यस्ता सडकमा वर्षेनी करोडौं रुपैयाँ खर्च भएपनि एक महिनापनि गाडी चल्न सक्दैनन् । कागजमा बजेट पनि सकिएको छ । फिल्डमा बाटो पहिरोमा परिणत भएको छ, बतिपय सडकहरु बस्तिनै बगाउने गरी पहिरोमा परिणत भइसकेका छन्,’ कार्कीले थपे ।
सडक निर्माणमा जिल्ला विकास समिति र प्राविधिकहरुकै लापरबाहीका कारण यस्तो अवस्था आएको उनले जनाए ।
‘स्काभेटर ड्राइभरकै इन्जीनियरीङमा सडक खनिन्छ । ड्राइभरलाई जताजता सझिलो हुन्छ, उताउतै सडक निर्माण गर्दा, ग्रेड मिल्दैन् । चौडाई र मोडको कुनै वास्थानै छैन् । पहरा र भिरालो स्थानकको कुनै ख्याल नै छैन् । दिर्घकालीन टिक्ने भुक्षय हुने नहुने कुनै अनुसन्धान छैन् । हिउँदमा कहिलै सडक खनिन्न । बर्खा लागेपछि मात्र सडक खन्ने परम्परा छ । यसले कुनै वर्षपनि नयाँ सडकमा गाडी गुड्ने अबस्था आएन । काम नसकिदै पहिरोमा परिणत हुन्छन्,’ अनुगमन समितिका संयोजक कार्कीले थपे ।
जिल्लामा अधिकांस ग्रामिण सडकको वर्खामा अवशेषमात्र बाँकी हुने गरेको छ । असारमा निर्माण गरिने त्यस्ता सडकहरु एक महिना नवित्दै असारको भेलले क्षतविक्षद गरिदिने गरेको छ । असारमा काम भएका सडकहरु सबै पहिरोमा परिणत हुने गरेको स्थानीय स्वयम बताउँछन् । जसका कारण गाडी सञ्चालन हुनु भन्दा पनि मान्छे पैदल हिडडुल गर्न समेत डरमर्नुको अवस्था भएको छ ।
निर्वाचन क्षेत्र विकास कोषका प्राय सबै बजेट जिल्लामा सडक निर्माणकै लागि छुट्याउने गरीएको छ । त्यस्ता आयोजनाहरुमा पनि ठुला डोजर प्रयोग गरेर सडक निर्माण गर्ने गर्दा भुकम्पले हल्लाएर कमजोर बनेका पहाडहरु वर्षा लाग्नेसाथ बग्न थालेका छन् । यसले दर्जनौं बस्तिहरुनै जोखीममा परेको अनुगमनका क्रममा पाइएको बताइएको छ । यसरी असार मसान्तमा आएर सडक निर्माणको काम गर्दा त्यसमा गुणस्तर हुनै नसक्ने भएकाले यसप्रति सबै चनाखो हुनु पर्ने सुझाव छ । बजेट सदुपयोग नहुनेदेखी आर्थीक हिनामिना हुने समेत आशंका गरिएको छ ।
No comments:
Post a Comment