कांग्रेस बैठकमा सुजाताले भनिन्- माओवादीभन्दा एमाले नै ठीक
के हामीलाई यादछैन
४ साउन, काठमाडौं ।
कांग्रेस केन्द्रीय सदस्य सुजाता कोइरालाले एमाले छोडेर एमओवादीसँग सत्ता गठबन्धन गर्न खोजिएको भन्दै आपत्ति व्यक्त गरेकी छिन् । केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा बोल्दै नेतृ कोइरालाले एउटा कम्युनिष्ट पार्टीका रुपमा एमालेसँगै गठबन्धन ठीक हुने भए पनि उग्रवामपन्थी माओवादीसंग किन गठबन्धन गरिएको भन्दै आपत्ति व्यक्त गरेकी हुन् ।
‘कम्युनिष्ट पार्टीलाई नै लिंदा कांग्रेसका लागि एमाले नै ठीक थियो तर, माओवादीलाई किनि रोजियो ?’ सुजताले प्रश्न गरिन्, ‘ठूलो दलको रुपमा आफैंले सरकारको नेतृत्व गर्नुपर्नेमा तेस्रो दललाई किन अघि सारियो ? यसमा पार्टीले जवाफ दिनुपर्छ ।’ सुजाताले यसो भनिरहँदा देउवा पक्षका नेताहरु मुखामुख गरेका थिए ।
फाइल तस्बिर
फाइल तस्बिर
पौडेल पक्षका नेताहरु भने रमाएका जस्ता देखिन्थे । यस अघि पनि खरो कुरा गर्दै आएकी सुजाताले मंगलबारको छलफलमा पनि पार्टीले सरकारका विषयमा हतारमा निर्णय लिएको आरोप लगाएकी थिइन् । बिहान ८ बजेर ४० मिनेटमा सुरु भएको बैठकमा खाना खाने बेलासम्म १६ सदस्यले बोलेका थिए ।
महेश आचार्य, सुजाता कोइराला, ज्ञानेन्द्रबहादुर कार्की, गुरुराज घिमिरे, गगन थापा, नारायण खड्का, एनपी सावद, आनन्द ढुंगाना, बालकेष्ण खाँण, मिनेन्द्र रिजाल, रमेश लेखक, भीष्मराज आगंदेम्बे, डिला संग्रौला, प्रदीप गिरिले बोलेका छन् ।
बैठकमा रामचन्द्र पौडेल पक्षधरका केन्द्रीय सदस्यहरुले प्रधानमन्त्री फेर्ने परिणामभन्दा पनि प्रक्रियाप्रति तीव्र विरोध जनाएका थिए । बैठकमा कृष्णप्रसाद सिटौलाले संविधान कार्यान्वयन गर्नका लागि पनि एमालेलाई चिढ्याउन नहुने बताएका थिए । एमालेसँग पनि बराबर सम्पर्क गर्नुपर्छ भन्दै उनले फरक व्यवहार गर्दा एमाले झन् उच्छृखल हुने र संविधान कार्यान्वयनमा समस्या आउने बताएका थिए । उनले संविधानमा नयाँ प्रधानमन्त्री चयन गर्नका लागि कानुनी अप्ठेरो नरहेको पनि प्रष्ट्याए । सिटौला संविधान बनाउँदा मस्यौदा समितिका सभापति थिए ।
ओली आक्रामक देउवा-प्रचण्ड रक्षात्मक
बैठकमा बोल्दै केन्द्रीय सदस्य गुरु घिमिरेले एमालेलाई सरकारबाट हटाउन पार्टी र लोकतन्त्रको लागि आवश्यक भए पनि आफू ठूलो पार्टी भएर पनि तेस्रो पार्टीलाई सरकारमा अघि सार्नुपर्ने कारणको जवाफ नेतृत्वले दिनुपर्ने बताए । अहिले मात्र नभएर भोलितका दिनमा पनि किन कांग्रेसले सरकारमा दाबी गरेन भनेर प्रश्न उठ्ने र इतिहासले सोध्दा नेतृत्वसँग जवाफ हुनुपर्ने बताएका थिए ।
प्रधानमन्त्रीले सभामुखलाई भने, ‘पदीय मर्यादा कायम राख्नुस्’
सभापतिमा कदम आवश्यक भए पनि माओवादीजस्तो उग्र वामपन्थीसँग हिंसाको हयागंओभर बाँकी हुँदा पनि उसैलाई नेतृत्व दिनुपर्नाको कारण खुलाउनैपर्ने उनको भनाई थियो । उनको भनाइलाई बैठकमा पौडेल पक्षका नेताहरुले स्वीकारेका थिए । खाना खाएपछि बैठक फेरि सुरु भएको छ ।

No comments:
Post a Comment