Monday, 18 July 2016

प्रधानमन्त्री, देउवा र दाहालबीचको बैठकमा के भयो ? यसो भन्छन् दाहाल (भिडियोसहित)

प्रधानमन्त्री, देउवा र दाहालबीचको बैठकमा के भयो ? यसो भन्छन् दाहाल (भिडियोसहित)
 
काठमाडौं, साउन ३ । प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच सोमबार राजनीतिक निकासबारे छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा अविश्वासको प्रस्ताव, संविधान संशोधन, प्रधानमन्त्रीको राजीनामालगायतका विषयमा छलफल भएको जनाइएको छ ।

सो अवसरमा देउवा र दाहालले प्रधानमन्त्रीलाई राजीनामा गरेर मार्गप्रशस्त गर्न आग्रह गरेकोमा प्रधानमन्त्री ओलीले दुबै नेतालाई संवैधानिक व्यवस्था र अहिलेको घटनाक्रमबारे प्रस्ट हुन आग्रह गरेका थिए ।

छलफलपछि सन्चारकर्मीसँग कुरा गर्दै माओवादी अध्यक्ष दाहालले सहमतिबाटै अघि बढ्नुपर्ने भएकाले प्रधानमन्त्रीले नै पहल गर्नुपर्ने बताए ।

प्रधनमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले प्रधानमन्त्रीले देउवा र दाहाललाई राजीनामा र अविश्वासको प्रस्ताव सम्बन्धमा प्रस्ट हुन आग्रह गरिएको र सभामुखको कच्चा गतिविधिले सामान्य सहमतिसमेत भाँडिने खतरा बढेको बताएको जानकारी दिए ।

तीनजना नेताबीच प्रधानमन्त्री निवासको पहिलो तलाको सानो कोठामा छलफल भएको थियो ।


No comments:

Post a Comment