Sunday, 10 July 2016

कुखुरापालन व्यवसायबाट मासिक दुई करोड आम्दानी

 


सिन्धुली २७, असार – सिन्धुलीका वेरोजगार युवाले कुखुरा पालन व्यवसाय गरेरै मासिक दुईकरोड भन्दावढी आम्दानि लिने गरेका छन् । स्वरोजगारको सजिलो बाटो वनेको ब्रोइलर तथा लेयर्स कुखुरा पालन व्यावसाय बाट उनिहरुले यस्तो आम्दानि गर्न थालेका हुन ।


फाइलफोटो

सिन्धुलीमा अहिले करिब ७ सय जना भन्दा वढी कृषकहरु व्यवसायीक रुपमा कुखुरा पालन गर्न थालेकाले उनिहरुले जिल्लामै खपत भएको कुखुराको मासुबाट दुईकरोड ६४ लाख रुपैयाँ मासिक आम्दानि गर्ने गरेका हुन् । विदेश गएर सयौं हण्डर खाएर स्वदेश फर्किएका धेरै जसो यूवाहरु कुखुरा पालन व्यवसायमा लागेका छन् ।

लाखौं रुपैयाँ खर्चेर विदेश जाने यूवाहरुले भने जस्तो पैसा कमाउन नसकेपनि स्वदेशमै लगानि गर्दा मनग्य आम्दानि लिन सकिने भएपछि कुखुरा पालन ब्यावसाय सूरु गरेको कमलामाई नगरपालिका ४ का नारायण मगरले बताए ।

विदेशमा चार वर्षसम्म बस्दा केही गर्न नसकेपछि गाउँमै फर्केर १५ सय ब्रोइलर पाल्न थालेको उनको भनाई छ । ‘अहिले सबै खर्च कटाएर मासिक एक लाख रुपैयाँसम्म आम्दानी गर्न थालेको छु । विदेश जाँदा लागेको ऋण तिर्न र घर खर्च चलाउन पुगेको छ,’ उनले भने । गाउँमा उनको जस्ता सयौंका संख्यामा रहेका युवाहरुले दुई सय देखी दुईहजार वटासम्म ब्रोइलर पाल्न थालेका छन् । थोरै लगानीमा पनि मनग्ये आम्दानी लिन सकिने भएको कारण कृषकहरु कुखुरा पालनतर्फ आर्षित भएका हुन ।

सिन्धुलीमा एक महिनामा कृषकहरुले कम्तीमा पनि एक लाख २० हजार किलो मासु उत्पादन गर्ने गरेको र कुखुरा  पालक कृषक संघ सिन्धुलीकी निरु श्रेष्ठले वताईन ।

सिन्धुलीमा मासिक २८ हजार व्रोइलरको चल्ल्ला गरेको कमलामाई भेट सप्लायर्सका सञ्चालक ओमप्रकाश श्रेष्ठ वताउँछन् ।  उक्त सप्लायर्सबाट मात्र ६ सय जना  व्यावसायिक कृषकले कुखुराको चल्ला लाने गरेको श्रेष्ठको भनाई छ ।

कुषक द्वारा उत्पादीत  व्रोइलर कुखुरा आफैले काठमाडौँमा बेच्ने  ब्यबस्था गरिदिएको पनि श्रेष्ठले बताए ।

साउदी अरबबाट फर्केका भद्रकाली गाविस ७ का भक्त वम्जनले कुखुरा पालन व्यवसायबाट अहिले मासिक रुपमा  लाख रुपैयाँबढी आम्दानि गर्ने गरेको वताउँछन् । उनले भने, “विदेशमा रात दिन काम गर्दा १० देखि १२ हजार कमाई हुन्थ्यो, अहिले घरखेति गरेर पनि मनग्य आम्दानी गरेको छु ।” उनले दुई हजार ब्रोइलर पाल्दै आएका छन् ।

सदरमुकाम मात्र नभएर ग्रामीण भेगमा पनि अहिले व्यावसायिक कुखुरा पालन हुन थालेको छ । डुडभञ्ज्याङ्ग–७ ज्यामिरेका विष्णुहरी खड्काले पनि व्यापार गर्दै व्रोइलर कुखुरा पालन गर्न थालेका छन् । उनले पनि कुखुराबाट महिना कम्तिमा पनि १० हजार आम्दानी हुने गरेको वताए । सिन्धुली जिल्लामा हाल सम्म झण्डै सातसय व्यावसायिले कुखुरा फर्म संचालन गरेको  कुखुरा पालक कृषक संघ सिन्धुलीले जनाएको छ ।

No comments:

Post a Comment