Friday, 15 July 2016

नारायणकाजी भन्छन्ः चीनसँगका सम्झौता बिथोल्न सरकार परिवर्तन

   



काठमाडौं, ३१ असार– माओवादी केन्द्रका वरिष्ठ नेता नाराणकाजी श्रेष्ठले पछिल्लो पटक कांग्रेससँग बनेको सत्ता समीकरणले पार्टीलाई तत्कालका लागि लाभ भए पनि राष्ट्रलाई घात हुने वताएका छन् । चीनसँग पारवहन सन्धी, रेल्वे सम्झौता र पेट्रोलियम पदार्थको उत्खनन् सम्बन्धी नेपालले गरेका सम्झौताबाट अत्तिालिएका शक्तिकेन्द्र सरकार ढाल्न सक्रिय रहेको वताए ।

न्युज ट्वान्टीफोर टेलिभिजनलाई दिएको अन्तरवार्तामा माओवादी नेता श्रेष्ठले केपी ओली नेतृत्वको सरकार राष्ट्रिय स्वाधीनता, स्वाभिमान र राष्ट्रको आत्मनिर्णयको पक्षमा दृढतापूर्वक उभिएको र त्यसले केही समययता राष्ट्रिय आत्मनिर्णयको अवस्था सुदृढ भएको समेत वताए ।
अब बन्ने सरकारले चीनसँग भएका सम्झौता अघि बढाउँछ कि बढाउँदैन बढाएन भने ठूलो नोक्सानी हुनेछ

अब बन्ने माओवादी कांग्रेस गठबन्धनको मुख्य चुनौती राष्ट्रिय स्वाधीनताका पक्षमा ओली नेतृत्वको सरकारले थालेका काम अघि बढाउने कि नबढाउने भन्ने रहेको वताए । ‘मुख्य चुनौती राष्ट्रियताको धारा कायम राख्ने कि नराख्ने भन्ने हो’ उनले भनेका छन्, ‘चीनसँग रेल्वे सम्झौता भएको छ, पेट्रोलियम अन्वेषण उत्खनन् गर्ने सम्झौता कार्यान्वयन हुन्छन् कि हुँदैनन् ? चीनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमण हुन्छ कि हुँदैन ? हेरौं यो धारामा सरकार जान्छ कि जाँदैन ।’

ओली नेतृत्वको सरकारले थालेका नीति र कामको निरन्तरता नपाए देशले ठूलो चुनौती सामना गर्नु पर्ने माओवादी नेता श्रेष्ठको भनाइ छ । माओवादीले पुनर्निर्माण प्रभावकारी बनाउन, संविधान कार्यान्वयन गर्न र राष्ट्रिय स्वाधीनता र आत्मनिर्णयको क्षमता प्रभावकारी बनाउन सहमतिको सरकार भन्ने निर्णय गरे पनि पार्टी त्यो दिशामा नगएको उनको भनाई थियो ।

भिडियो हेर्नुहोस्:

No comments:

Post a Comment