Sunday, 10 July 2016

निगमले १९० सिट क्षमताको जहाज बेच्दै

निगमले १९० सिट क्षमताको जहाज बेच्दै
असार २६
काठमाडौं–राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमले एउटा बोइङ बेच्ने निर्णय गरेको छ । निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले निगमले अन्तर्राष्ट्रिय उडानको एक सय ९० सिट क्षमताको बोइङ ७५७ एसीए जहाज बिक्री गर्ने निर्णय गरेको जानकारी दिए ।

उनका अनुसार जहाज बिक्री गर्ने व्यवस्थापनको प्रस्तावलाई निगम संचालक समितिले स्वीकृति दिइसकेको जानकारी दिए ।

बारम्बार समस्या आइरहेको र मर्मतमा भएको अधिक खर्च धान्नै नसक्ने निष्कर्ष निकाल्दै जहाज बिक्री गर्ने निर्णय गरेको हो ।

निगम व्यवस्थापनले इन्जिन मर्मतका लागि सिंगापुर लगिएको यो जहाज अधिक खर्च गरेर मर्मत गर्नुको विकल्पमा बिक्री गर्नु नै ठीक हुने प्रस्ताव अगाडि सारेको थियो । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।


No comments:

Post a Comment