Saturday, 23 July 2016

रुदै ----रुदै अन्ततः गच्छदारले पनि छाडे ओलीको साथ

अन्ततः गच्छदारले पनि छाडे ओलीको साथ
साउन ८
 

 bijaya gachhedarकाठमाडौं– विजय गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले केपी ओली नेतृत्वका सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिएको छ ।

शनिबार बसेको फोरम लोकतान्त्रिक संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट आफ्ना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

फोरम लोकतान्त्रिकका अध्यक्ष एवं उपप्रधानमन्त्री विजयकुमार गच्छदार आजै बालुवाटार गएर प्रधानमन्त्री केपी शर्मा अ‍ोलीलाई सरकारबाट समर्थन फिर्ता लिएको पत्र बुझाउने सो पार्टीका उपाध्यक्ष रामेश्वर राय यादवले जानकारी दिए ।

यसअघि फोरमले ओली नेतृत्वको सरकारलाई अन्तिमसम्म साथ दिने बचन दिएको थियो । तर, गच्छेदार नेतृत्वको फोरमले संसदमा अविश्वास प्रस्ताव दर्ता भएको दोस्रो दिनमै ओलीको साथ छाड्ने निर्णय लिएको छ ।

कतिपयले आली सरकारबाट गच्छदार बाहिरिनुको कारण पार्टीभित्रको चर्को दबाब रहेको बताएका छन् । स्रोतका अनुसार मधेशको कोणबाट चुकेर ओली सरकारलाई समर्थन गरे, मधेशमा विरोधका स्वरहरु अझै सुनिने र पार्टीलाई थप क्षति हने भन्दै पार्टीका नेताहरुले दबाब दिएका थिए ।

गच्छेदारसँगै सरकारमा रहका अन्य साना दलले पनि समर्थन फिर्ता लिन थालेका छन् । आजै मात्र राप्रपाले पनि समर्थन फिर्ता लिन निर्णय गरेको थियो ।

No comments:

Post a Comment