जबरजस्ती धर्म परिर्वतन गराउनेलाई जेल
श्रावण ६, २०७३- बालबालिकालाई जर्बजस्ती धर्म परिर्वतन गराएको अभियोगमा पक्राउ परेकी चिनिमाया ब्लोन पूर्पक्षका लागी जेल चलान भएकी छिन् । हिन्दु परिवारका बालबालिकालाई कोठामा राखेर जर्बजस्ती क्रिश्चियन बनाएको अभियोग लागेका जेरुसेलम एन्टीवन चर्चका सञ्चालक हरिबहादुर तामाङ ५० हजार धरौटीमा छुटेका छन् ।
माया अनाथ आश्रमको नाममा अबैध बालगृह चलाएर विकट जिल्लाका कमजोर आर्थिक अवस्थाका ५ देखि १३ वर्षका बालबालिकालाई शोषण गरेको भन्दै महानगरीय प्रहरी परिसर ललितपुरले असार १० मा १४ बालबालिकाको उद्धार गर्दै ब्लोनलाई पक्राउ गरेको थियो । परिसरका अनुसार उनले बालबालिकालाई धनकुटाबाट काठमाडौं ल्याएर स्वयंम्भू हुँदै शंखमुलको चर्चमा राखेकी थिइन् ।
अनुसन्धानमा चर्चमा राखिएका बालबालिकालाई कोठाबाट बाहिर निस्कन नदिई हिन्दुधर्मावलम्बी परिवारका बालबालिकालाई क्रिस्चियन धर्मको प्रार्थना गर्न लगाएको आरोपमा प्रहरीले दुवै जनालाई पक्राउ गरेको थियो ।
दुबै जनाविरुद्ध दर्ता भएको मानव ओसारपसार र धर्म परिवर्तन उद्योग मुद्धामा जिल्ला अदालत ललितपुरले बिहीबार ब्लोनलाई पुर्पक्षको लागि कारागार चलान गरेको हो ।
हाम्रो Email =Sindhulipost1@gmail.com
प्रकाशित: श्रावण ६, २०७३

No comments:
Post a Comment