ढलेको रुख आफै उठ्यो
सिन्धुली,१८ असार – सिन्धुलीको जलकन्या ५ चपौली स्थित कलंकी देवीको थान नजिकै रहेको उत्तिस प्रजातीको रुख ढलेको झण्डै २ महिना पछि आफै उठेपछि स्थानिय चकित परेका छन् । ढलेको रुख यहि असार १० गते करिब २० जना जती स्थानियले हेर्दाहेर्दै उठेर नढलेको जस्तै अवस्थामा आएको स्थानिय प्रत्यक्ष दर्शीले बताएकाछन् ।
असार १० गते करिब सवा दुई बजेको समयमा खेतमा रोपाई गरीरहेको समयमा २० जना जती लाठे रोपार, हली, ब्याडेले हेर्दाहेर्दै जुरुक उठेर पहिलेको अवस्थामा आएको प्रत्यक्षदर्शी कृष्णप्रसाद चापागाँइले बताए ।
चपागाँईले भने,‘खेतमा हामी काम गरिरहेको अवस्थामा एक जना लाठेले ढलेको रुख उठ्न लाग्यो भनेर भने सबैले हेर्दाहेर्दै रुख उठेर जस्ताको तस्तै भयो हामी अचम्मीत भयौं ।’
अहिले रुख हेर्नको लागि गाउँभरीका मानिस जान लागेका छन् । अहिले गएर हेर्दा रुख ढलेर उठेको जस्तो नभई पहिलाको जस्तै अवस्थामा रहेको जस्तै रहेको उनीहरुको भनाई छ । ढुंगामाथि रहेको उक्त रुख ढलेर खेतमा हाँगा आएपछि हाँगा काटेर दाउराको रुपमा घरमा प्रयोग समेत गरी सकिएको स्थानियको भनाई छ । स्थानियले दैबीशक्तिका कारण यस्तो भएकाले पुजापाठको तयारी गर्न थालेकाछन् ।

No comments:
Post a Comment