Saturday, 16 July 2016

ओली र देउबाले आज मित लगाए कमल थापा हेरेको हेरै

ओलीलाई देउवाले रोक्दै भने, ‘एक दुईवटा फोटो खिचौं न !’
 
श्रावण १, २०७३- सरकार फेर्ने रस्साकस्सीका बीच प्रधानमन्त्री केपी शर्मा ओली र विपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवाबीच शनिबार साँझ विवाह समारोहमा भेट भयो ।

उपप्रधानमन्त्री विजयकुमार गच्छदारको छोरा सुभासको विवाह पार्टीमा प्रधानमन्त्री ओली र देउवाबीच आर्मी अफिसर्स क्लवमा भेट भयो ।

भेटघाटको औपचारिकतापछि बाहिरिन लागेका प्रधानमन्त्री ओलीलाई रोक्दै देउवाले भने, ‘एकछिन एकछिन, एक दुईवटा फोटो खिचौं न !’

दुवै नेताबीच भेट हुँदा उपप्रधानमन्त्री कमल थापा पनि उपस्थित थिए ।



No comments:

Post a Comment