Saturday, 23 July 2016

रुदै ----रुदै अन्ततः गच्छदारले पनि छाडे ओलीको साथ

अन्ततः गच्छदारले पनि छाडे ओलीको साथ
साउन ८
 

 bijaya gachhedarकाठमाडौं– विजय गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले केपी ओली नेतृत्वका सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिएको छ ।

शनिबार बसेको फोरम लोकतान्त्रिक संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट आफ्ना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

फोरम लोकतान्त्रिकका अध्यक्ष एवं उपप्रधानमन्त्री विजयकुमार गच्छदार आजै बालुवाटार गएर प्रधानमन्त्री केपी शर्मा अ‍ोलीलाई सरकारबाट समर्थन फिर्ता लिएको पत्र बुझाउने सो पार्टीका उपाध्यक्ष रामेश्वर राय यादवले जानकारी दिए ।

यसअघि फोरमले ओली नेतृत्वको सरकारलाई अन्तिमसम्म साथ दिने बचन दिएको थियो । तर, गच्छेदार नेतृत्वको फोरमले संसदमा अविश्वास प्रस्ताव दर्ता भएको दोस्रो दिनमै ओलीको साथ छाड्ने निर्णय लिएको छ ।

कतिपयले आली सरकारबाट गच्छदार बाहिरिनुको कारण पार्टीभित्रको चर्को दबाब रहेको बताएका छन् । स्रोतका अनुसार मधेशको कोणबाट चुकेर ओली सरकारलाई समर्थन गरे, मधेशमा विरोधका स्वरहरु अझै सुनिने र पार्टीलाई थप क्षति हने भन्दै पार्टीका नेताहरुले दबाब दिएका थिए ।

गच्छेदारसँगै सरकारमा रहका अन्य साना दलले पनि समर्थन फिर्ता लिन थालेका छन् । आजै मात्र राप्रपाले पनि समर्थन फिर्ता लिन निर्णय गरेको थियो ।

संसदको भित्री र बाहिरि परिसरमा देखिएका फरक–फरक ५ तस्बिरहरु

संसदको भित्री र बाहिरि परिसरमा देखिएका फरक–फरक ५ तस्बिरहरु
साउन ८

 kc nd samsad (4)काठमाडौं–आज व्यवस्थापिका संसदभित्र अविश्वासको प्रस्तावमाथि छलफल भइरहँदा संसद परिसर बाहिर भने डा. गोविन्द केसीको माग पुरा गर्नुपर्ने भन्दै केसीका समर्थकहरु प्रदर्शन गरिरहेका थिए ।

संसदभित्र विभिन्न पार्टीका नेताहरुले बोलिरहँदा बाहिर भने ‘डा. केसीको ज्यान बचाऔं, ३ करोड नेपालीको स्वास्थ्य बचाऔं’ भन्दै केसी समर्थकहरुले नाराबाजी गरिरहेका थिए ।


प्रधानमन्त्री ओलीविरुद्धको अविश्वासको प्रस्ताव आइतबार निर्णयार्थ प्रस्तुत हुने

प्रधानमन्त्री ओलीविरुद्धको अविश्वासको प्रस्ताव आइतबार निर्णयार्थ प्रस्तुत हुने
साउन ८


4काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध व्यवस्थापिका–संसद्मा दर्ता भएको अविश्वासको प्रस्ताव आइतबारको दोस्रो बैठकमा निर्णयार्थ प्रस्तुत हुने भएको छ ।

व्यवस्थापिका–संसदको आइतबारको पहिलो बैठकमा अविश्वासको प्रस्तावमाथिको छलफल सकिएपछि दोस्रो बैठकको प्रारम्भमा प्रधानमन्त्री ओलीले उठेका प्रश्नको जवाफ दिनेछन् । त्यसपछि अविश्वासका प्रस्तावका पक्षधरलाई प्रस्ताव फिर्ता लिन समय प्रदान गरिनेछ ।

अविश्वासको प्रस्तावका पक्षले प्रधानमन्त्रीविरुद्धको प्रस्ताव फिर्ता लिन नचाहेमा सभामुखले संसद्को आइतबारको दोस्रो बैठकमा उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने संसद् सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलले जानकारी दिए । उक्त प्रस्तावमाथि शुक्रबारबाट सदनमा छलफल हुँदै आएको छ ।

वर्तमान गठबन्धन सरकारको ठूलो दल नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्री ओलीको सरकार सङ्कटमा परेको हो ।

प्रधानमन्त्री ओलीको दम्भ र अहङ्कारका कारण आफूले समर्थन फिर्ता लिएर उनीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको माओवादी केन्द्रले जनाउँदै आएको छ । व्यवस्थापिका–संसद्को प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेससहितका २८१ जना सांसदको हस्ताक्षर गरेर उक्त प्रस्ताव संसद्मा पेस गरिएको थियो ।

माओवादीले समर्थन फिर्ता लिएसँगै मधेसी जनअधिकार फोरम लोकतान्त्रिक र राप्रपाले पनि समर्थन फिर्ता लिएर अविश्वासको पक्षमा मतदान गर्ने निर्णय गरिसकेका छन् ।

नेपालको संविधान जारी भएसँगै व्यवस्थापिका–संसद्मा प्रतितिनिधित्व गर्ने अधिक राजनीतिक दलको समर्थनमा नेतृत्व सम्हाल्न पुग्नुभएका प्रधानमन्त्री ओली सरकार नौ महिनाको अवधि पार गर्दा नगर्दै सङ्कटमा पर्न गएको छ ।
प्रधानमन्त्री ओलीलाई सहमतीय राजनीतिलाई बेवास्ता गर्दै एकलौटी ढङ्गले अघि बढ्न खोजेको आरोप छ ।


खुमबहादुर देउवा र प्रचण्डलाई चुनौति दिँदै गठबन्धनको बिपक्षमा

खुमबहादुर देउवा र प्रचण्डलाई चुनौति दिँदै गठबन्धनको बिपक्षमा
 


काठमाडौं, ८ साउन । नेपाली कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्का कांग्रेस–माओवादी गठबन्धनको विपक्षमा उभिएका छन् । अप्राकृतिक गठबन्धनको संज्ञा दिँदै बाह्य शक्तिको आडमा निर्माण भएको गठबन्धनले देशलाई निकास दिन नसक्ने बताएका छन् ।
 
‘यो नेपाली कांग्रेसका आम कार्यकर्तालाई मन परेको गठबन्धन होइन’ राजधानीमा आयोजित एक कार्यक्रममा खड्काले भने ‘पार्टीका शिर्ष नेताहरुले माओवादीसँग गठबन्धन गरेर ठुलो भुल गरेका छन्, यसको पश्चाताप केही महिनापछि हुनेछ ।’ खड्काले माओवादीलाई विश्वास नगर्न कांग्रेस सभापति शेरबहादुर देउवालाई आग्रह समेत गरेका छन् । ‘मैले सभापतिलाई भेटेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई विश्वास नगर्न आग्रह गरेको थिएँ’ उनले भने ‘मेरो कुरा नमानेर उहाँले गल्ति गर्नु भयो ।
उनले माओवादीको चरित्र नै विश्वास योग्य नभएको बताए । ‘एमालेसँग मिलेर सभामुख र उपराष्ट्रपति हत्याए, अहिले कांग्रेससँग मिलेर प्रचण्ड प्रधानमन्त्री हत्याउँदैछन्’ खड्काले भने ‘यो महाभुल पार्टी सभापति गर्दै हुनुहुन्छ ।’
खड्काले अब छिट्टै हिन्दुराष्ट्रका लागि अभियान थाल्ने जानकारी पनि दिए । शंकरदेव क्याम्पसका स्ववीयू सभापति शुभराम बस्नेतले आयोजना गरेको कार्यक्रममा खड्काले छिटै हिन्दुबादीहरुको महासभा गर्ने बताए । ‘शेरबहादुरजी र प्रचण्डजी हिन्दुराष्ट्रका पक्षमा हुनुहुन्न’ खड्काले भने ‘अब सरकारको नेतृत्व उहाँहरुले गर्दै हुनुहुन्छ, हिन्दुराष्ट्र नेपाल बनाउन बाध्य पार्छौ ।’

Friday, 22 July 2016

सिन्धुली ‘१५ दिनभित्र सार्न भनेको जोखीमयुक्त बस्ती १५ महिनामा पनि सारीएन’

‘१५ दिनभित्र सार्न भनेको जोखीमयुक्त बस्ती १५ महिनामा पनि सारीएन’


१७ जिल्लाका १३ हजार परिवार पहिरोको जोखीममा

   
सिन्धुली ,७ श्रावण– भूगर्भविद तथा संसदीय टोलीको सिफारीसमा भुकम्प पछि जोखिममा रहेका बस्ती सार्न मन्त्रिपरिषदले गरेको निर्णय एक वर्ष वित्दा पनि कार्यन्वयन नहुँदा पिडितहरु जोखीममै बस्न बाध्य भएका छन् । भुकम्प गएको पन्ध्र महिना वित्दासम्म बस्तिहरु कहाँ कसरी सार्ने भन्ने कुनै योजनासम्म सरकारले नबनाउँदा वर्खासंगै पिडितहरु जोखीम मोलेरै पहिरो तथा धाँजा फाटेर चिराचिरा परेका जमिनमा बस्न बाध्य भएका हुन् ।

फाइलफोटो

सिन्धुली, रामेछाप, दोलखा, गोरखा, धादिङ लगायतका अति भुकम्प प्रभावित १४ जिल्लाको मात्र ४ सय ७५ ठाउँका बस्ती सार्नु पर्ने भन्दै मन्त्रिपरिषदको बैठकले १५ दिनभित्र जोखीमयुक्त बस्तीलाई सुरक्षित स्थानमा सार्न भनेको थियो । तर त्यसको ठिक एक वर्ष पछि पुन दोहो¥याइएको अध्ययनले पनि यी जिल्लाका १ सय १७ वटा बस्ती हरु जोखीममा रहेको भन्दै सुरक्षित स्थानमा सार्नु पर्ने देखाएको थियो । खानी तथा भूगर्भ विभागसहितको प्राविधिक टोलीले गरेको अध्ययनका आधारमा शुसील कोइराला नेतृत्वको सरकारले २०७२ असार १५ मा ‘पन्ध्र’ दिनभित्र जोखीमयुक्त ठाउँका बस्तीहरुलाई सुरक्षित स्थानमा स्थान्तरण गरी अस्थायी आवास व्यवस्था गर्ने निर्णय गरेको थियो । तर, त्यसको एक वर्ष वित्दा पनि उक्त निर्णय कार्यान्वयन नहुँदा जोखीम युक्त ठाउँमै कष्ठपूर्ण जिवन विताउँन बाध्य भएको पिडितहरुले गुनासो गरेका हुन् ।

भुकम्पका कारण घरमाथीबाट सिङ्गै पहाड फाटेर बग्न थालेपछि बस्तिनै जोखीममा परेको १५ महिना भएपनि आफुहरु जोखीम मोलेर त्यही स्थानमा बस्न बाध्य भएको सिन्धुली जिल्ला स्थित भिमेश्वर बाराका प्रदिप वर्देवाको भनाई छ । गाउँका एक दर्जनबढी घरहरु पहिरोको जोखीममा परेका छन् । ‘बस्तिमाथीबाट पहाडै बग्ला झैं गरेर पहिरो बग्न थालेको छ,’ उनले भने । तर, अनुगमनटोलीले सुरक्षित स्थानमा सार्न सरकारलाई सुझाव दिएको बस्ती सार्न कुनैपनि पहल गरिएको छैन् । ‘भुकम्प गएको पन्द्र महिना भयो । हरेक बर्खामा पहिरो बग्छ । पहाड खसेर बगाउँला भन्ने त्रासमा दिनरात चैनले बस्न सकिएको छैन् । अन्त जाउँ जाने ठाउँ छैन् । न त सरकारले सुरक्षित ठाउँमा जाने बाटो देखाइदियो नत हामी आफै जान सक्ने कुनै ठाउँ रह्यो,’ उनले भने ।

भत्केको घर छाडेर केही कोल्टे स्थानमा अस्थायी टहरो बनाएर बसेको एक वर्ष भएपनि सुरक्षित स्थानको टुंगो नलाग्दा पुनर्निर्माणको दुईलाख रुपैयाँ पाए पनि कहाँ घर बनाउँने भन्ने समस्या भएको उनको भनाई छ । उनिसंगै जोखीममा परेका त्यहाँका एक दर्जन परिवार दुई लाख रुपैयाँ पाउनेहरुको सूचिमा छन् । भिमेश्वरको बारा जस्तै जिल्लाको मझुवा, कपिलाकोट, तिनकन्या, क्यानेश्वर, पिपलमाढी, कल्पवृक्ष, पोखरी, रानीचुरी लगायतका एक दर्जनबढी गाविसका विभिन्न बस्तिका ८ सय ७ घरधुरी जोखीममा रहेको भन्दै सुरक्षित स्थानमा सार्न भनिएको थियो ।

यस्तै रामेछापका ५ हजार ५ सय ४८, गोरखाको २ हजार २ सय ४२, धादिङका १ हजार ७ सय ४२, सोलुखुम्बुका १ हजार ७ सय ३६, मकावनपुरका  १ हजार २ सय ३८, ओखलढुङ्गाका मात्र १ सय ३ घरधुरी भुकम्प पछि जोखीममा परेको भन्दै ति घरधुरीहरुलाई सुरक्षित स्थानमा सार्नु पर्ने अध्ययनले देखाएको थियो । यस्तै भुकम्प अति प्रभावित १४ जिल्ला सहितका १७ जिल्लाका १३ हजारबढी घरधुरीलाई सुरक्षित स्थानमा सार्नु पर्ने अध्ययनटोलीले सुझाव दिएको पुनर्निर्माण प्राधिकरणले जनाएको छ । त्यस्ता बस्ति सार्न सुझाव सहितको प्रतिवेदन प्राधिकरणलाई बुझाइएको खानी तथा भूगर्भ विभागका उपमहानीर्देशक सोमनाथ सापकोटाले बताए ।

‘रामेछापको मन्थली र रामेछाप नगरपालिका तथा ३२ गाविसका ७० वटा बस्ति पहिरोको उच्च जोखीममा परेका छन् । ठोसे, बाम्ती, गेलु, प्रिती, फर्पु लगायतका ३२ गाविसहरु भुकम्प पछि पहिरोको उच्चा जोखीममा रहेको भन्दै ती बस्तीहरुलाई तुरुन्त सुरक्षित स्थानमा सार्नु पर्ने अध्ययन टोलीको निष्कर्ष सहित राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई प्रतिवेदन बुझाइएको छ,’ उनले भने । त्यस्ता बस्तीहरुमा जमिन फाट्ने चिराचिरा हुने, भास्सिने, पहिरो बग्ने जस्ता समस्या देखीएका छन् । तर, यी कुनै पनि बस्ती हालसम्म सुरक्षित स्थानमा सार्न सकिएको छैन् । यस्ता जोखीमयुक्त बस्तीहरु सार्नका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले शहरी विकास तथा भवन डिभिजन कार्यालयलाई भनेको छ । तर, डिभिजन कार्यालयले पनि कुनैकाम अघि बढाएको छैन् ।

भुकम्प प्रभावित जिल्लाहरुमा सामुहिक आवास निर्माण गर्ने सरकारले बताएपनि सबै क्षेत्रमा निर्माण सम्पन्न भइसकेका छैनन् । निर्माण सम्पन्नमा पनि कुनकुन पिडित परिवार बस्ने भन्ने अन्यौंल छ । सुरक्षित सामुहिक आवासमा समेत बस्न नपाएपछि पिडितहरु यस पटकको बर्खामा झनै त्रासका विच बस्नु परेको गुनासो गर्छन् । लगातारको वर्षाका कारण मझुवा गाविस ६ को सल्लेनीपाखो बग्न थालेपछि त्यस तल रहेको बस्ति जोखीममा परेको स्थानीय शिक्षक टिकाप्रसाद दाहालले बताए । त्यस स्थानमा पहाडनै बग्न थालेको छ । ‘अझै निरन्तर वर्षा भइरहे सिंङ्गो पाखै खस्ने सम्भावना रहेको छ,’ उनले भने ।

वर्षाका कारण मझुवाकै गैरीगाउँ, मझुवा चौतारो, धोद्रे लगायतका स्थानमा पहिरो बग्ने खतरा बढेको छ । मझुवा गाविस भुकम्प पछि जमिन फाँटेका कारण जोखीमयुक्त गाविसका रुपमा मान्निछ । यस गाविसको चारवटा वस्ति स्थानान्तरण गर्न विज्ञाहरुले यस अघिनै सुझाव दिएको थियो । तर, उपयुक्त स्थानको खोजि नगरीदाँ यहाँका पीडित धाँजा फाटेकै स्थानमा अस्थायी टहरो बनाएर बस्न बाध्य भएका छन् ।

आजको संसदमा अविश्वासको प्रस्ताब माथि छलफल हेर्न छुटेकोले याहाबाट हेर्नु होला भिडियो सहित

   
आजको संसदमा अविश्वासको प्रस्ताब माथि छलफल हेर्न छुटेकोले याहाबाट हेर्नु होला भिडियो सहित

भर्खरै सन्सार भरी यही समाचार ट्रकभित्र ५०१ जनाको शव फेला धेरै भन्दा धेरै नेपाली हेर्नुस

भर्खरै सन्सार भरी यही समाचार ट्रकभित्र ५०१ जनाको शव फेला धेरै भन्दा धेरै नेपाली हेर्नुस

   



SHARE THIS POST :
अष्ट्रियामा सडक किनारमा रोकिराखेको एक मालबहाक ट्रकभित्र ५०१ जनाको शव फेला परेको छ । हंगेरीसँग सीमा जोडिएको क्षेत्रमा भेटिएको ट्रकभित्रै मृत्यु भएकाहरु आप्रवासी नागरिकहरु भएको शंका गरिएको छ । ती शवहरुमा चार बालबालिकासमेत रहेको जनाइएको छ ।


ट्रकमा सवार ती मानिसहरुको एक/दुई दिनअघि मृत्यु भएको अनुमान गरिएको छ । /> त्यहाँको प्रहरीले ती आप्रवासीहरु सिरियाली नागरिक भएको हुन सक्ने र यात्राकैक्रममा मृत्यु भएको शंका गरेको छ । ट्रकका चालक फरार रहेकाले प्रहरीले खोजी तीव्र पारेको जनाएको छ ।

सुवास नेम्वाङको प्रश्नः मावोबादी कालो निलो भयो नाकाबन्दी हटाएकाले अविश्वासको प्रस्ताव ल्याएको हो ?

सुवास नेम्वाङको प्रश्नः नाकाबन्दी हटाएकाले अविश्वासको प्रस्ताव ल्याएको हो ?
   

७ साउन, काठमाडौं । नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले नाकाबन्दी हटाएकाले अविश्वासको प्रस्ताव ल्याएको हो ? भनेर प्रश्न गरेका छन् ।

प्रधानमन्त्री केपी ओलीविरुद्ध संसदमा दर्ता भएको अविश्वासको प्रस्तावमाथिको छलफलमा भाग लिँदै नेम्वाङले अविश्वासको प्रस्तावलाई दुर्भाग्यपूर्ण भनेका छन् ।

यो ठीक निर्णय भएन । सकिन्छ भने यसलाई सच्याऔं । होइन भने यसको परिणाम साह्रै नकारात्मक नहोस् भनेर सचेततापूर्वक लागौं

ओली प्रधानमन्त्री हुँदा देशमा नाकाबन्दी रहेको भन्दै उनले भने, ‘अहिले नाकाबन्दी हट्यो । नाकाबन्दीको देश केपी ओलीलाई सुम्पने स्वयम् त्यो नाकाबन्दीलाई भूमिका खेल्ने पक्षसँग मिलेर अविश्वासको प्रस्ताव दर्ता गर्नु भएको छ । नाकाबन्दी हटाएकाले हो कि के हो अविश्वासको प्रस्ताव ?’

प्रचण्ड ओली सरकारको सञ्चालनसम्वन्धी राजनीतिक संयन्त्रको संयोजक रहेको भन्दै उनले माओवादी अध्यक्ष प्रचण्डले कतै आफ्नैविरुद्ध अविश्वासको प्रस्ताव ल्याएको त होइनन् भनेर प्रश्न गरेका छन् । उनले भने, ‘अचम्मको कुरा त के छ भन्दा सरकार चलाउन निर्देशन ठीक ढंगले सञ्चालन गरेन । तर, राजनीतिक संयन्त्र बनेको थियो । संयोजकको नाम ठ्याक्कै अविश्वासको प्रस्ताव प्रस्तुतकर्तासँग मिल्छ । उहाँ नै हो कि के हो मलाई थाहा भएन । उहाँ नै हो भने अप्ठ्यारो पर्छ ।’

राजनीतिक संयन्त्रले सरकारले गलत काम गर्दा सच्याउन के-के निर्देशन दियो भन्दै उनले अघि भने, ‘आफ्नोविरुद्ध आफैंले अविश्वास राखेको जस्तो भो ।’

पूर्व सभामुख समेत रहेका एमाले नेता नेम्वाङले अघि भने, ‘कसको विरुद्धमा ल्याएको ? शान्ति सुरक्षा कायम भएन भनिएको छ । सरकारमा संयुक्तरुपमा काम गर्ने र भोलिपल्ट प्रश्न उठाएर सरकारमाथि विश्वास छैन भन्ने के यो ठीक हो ?’

सकिन्छ भने यसलाई सच्याऔं

उनले अविश्वासको प्रस्ताव स्वाभाविक प्रक्रिया भएको बताए । तर, संविधान कार्यान्वयनका लागि एकजुट भएर अघि बढ्ने दलहरुको प्रतिवद्धतालाई अघि राखेर हेर्दा दुर्भाग्यपूर्ण भएको उनले बताए । उनले भने, ‘खुसी मानौ कि दुःखी हुँ थाहा छैन । नेताहरु हासिरहेकै देख्दा खुसी हुनु पर्ने हो कि ?’

अविश्वासको प्रस्तावकले यो राष्ट्रिय एकता र सहमतिका लागि भएको भनेको भन्दै उनले व्यंग्यात्मक रुपमा भने, ‘म त ढिलो बुझ्ने मान्छे । तर, यो एकता प्राप्त गर्ने कस्तो अभूतपूर्व प्रक्रिया हो ?’

संविधान जारी गर्ने बेलामा नै आफूले अर्को चुनौती सुरु भएको र जस्तोसुकै राम्रो संविधान आएपनि बुद्धि र विवेक दिँदैन भनेको स्मरण गर्दै उनले भने, ‘यो ठीक निर्णय भएन । सकिन्छ भने यसलाई सच्याऔं । होइन भने यसको परिणाम साह्रै नकारात्मक नहोस् भनेर सचेततापूर्वक लागौं ।’

अविश्वासको प्रस्ताव दुर्भाग्यपूर्ण

प्रधानमन्त्रीले अविश्वासको प्रस्ताव नआउँदा उपयुक्त बाटोको विचार गरिरहेको र २९ गते बजेटसँग सम्वन्धित आश्रित विधेयकहरु पाएपछि ३० गते राजीनामाको बारेमा सल्लाह गरिरहेको भनेको भन्दै उनले राजीनामा दिएपछि नयाँ सरकार के हुन्छ भन्नेबारे संविधान विदहरुले व्याख्या गर्ने बताएको सुनाए ।

उनले संविधानमा नयाँ सरकार गठनबारे संवैधानिक जटिलता रहेको बताए । यो जानजानी राखेको भन्दै संविधानसभा पूर्वअध्यक्ष समेत रहेका नेम्वाङले भने, ‘संविधान जारी भएपछि अर्को संसदको चुनाव नहुँदासम्म दलहरु सरकार परिवर्तन होइन, संविधान कार्यान्वयनको दिशामा लागुन् गरेर व्यवस्था गरिएको हो ।’

संविधान कार्यान्वयनमा लाग्नु पर्नेमा त्यसो नभएको र दलहरुबीच तिक्तता बढेको भन्दै उनले भने, ‘हामी जे गरिरहेका छौं, यी सबै कुराले राष्ट्रिय एकताको भावनालाई उत्प्रेरित गर्छ त ? यो ठीक भएन ।’ प्रधानमन्त्रीले जे काम गरिरहेका छन्, त्यस आधारमा अविश्वासको प्रस्ताव दुर्भाग्यपूर्ण भएको उनले बताए ।

अविश्वासको प्रस्ताव प्रस्तुतकर्ताले शान्ति प्रक्रियाको प्रश्न उठाएको भन्दै उनले यसमा अहिलेसम्मकै धेरै काम भएको बताए । यो असार २८ गतेसम्म अविश्वासको प्रस्ताव प्रस्तुतकर्ताको पनि जिम्मेवारी होइन भन्दै उनले अघि भने, ‘शान्ति प्रक्रियाका महत्वपूर्ण काम सम्पन्न भएको छ र आधार भएको छ । कानुनमन्त्री जुत्ता यति खिइयो भनेर देखाउँदै हुनुहुन्थ्यो । राष्ट्रसंघदेखि सबैसँग कुरा भएर टुंगोमा पुर्‍याउने डकुमेन्ट तयार भएको छ । निष्कर्षमा पुर्‍याउन मात्र बाँकी छ ।’

अविश्वासको प्रस्तावले संविधान बनेकोमा खुसी मान्नेहरु, सरकारले नीति तथा कार्यक्रम ल्याएपछि खुसी मान्नेहरु दुखित रहेको उनले बताए । उनले भने, ‘संविधान कार्यान्वयनमा अप्ठ्यारोमा त पर्ने होइन भनेर जनता चिन्तित छन् । यो अविश्वास ल्याउँदा यसतर्फ ध्यान पुर्‍यायौं कि पुर्‍याएनौं ?’

एमाले संसदीय दलका उपनेता नेम्वाङले हिजो संविधान अपुरो छ भन्नेहरु अविश्वासको प्रस्ताव गरेको भन्दै उनले संविधानलाई सर्वस्वीकार्य बनाएको भन्दै प्रस्तावकर्तालाई धन्यवाद समेत दिएका छन् ।

२०७३ साउन ७ गते २०:५४ मा प्रकाशित

Live लाइभ


https://www.facebook.com/nayakhabar/videos/1405779622772486/

Thursday, 21 July 2016

दाहाललाई ‘रअ’ र ‘सीआईए’ ले प्रयोग गरेको माओवादी केन्द्रकै नेताको ठोकुवा

दाहाललाई ‘रअ’ र ‘सीआईए’ ले प्रयोग गरेको माओवादी केन्द्रकै नेताको ठोकुवा
शुक्रबार, ७ साउन, २०७३ मा प्रकाशित

   
काठमाडौं, साउन ७ । नेकपा माओवादी केन्द्रका नेता पुष्पकमल दाहाललाई भारतीय गुप्तचर संस्था ‘रअ’ र अमेरिकी गुप्तचर संस्था ‘सीआईए’ ले प्रयोग गरेको खुलासा नेकपा माओवादी केन्द्रकै नेता आरसी न्यौपानेले गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्न देशीविदेशी चलखेल भइरहेको आरोप लागिरहेका बेला माओवादीकै नेताबाट अध्यक्ष दाहाल नै ‘रअ’ र ‘सीआईए’ को गोटी बनेको ठोकुवा आएको हो ।

माओवादीको महाधिवेशन आयोजक समिति सदस्यसमेत रहेका नेता न्यौपानेले बिहीबार सामाजिक संजाल ‘फेसबुक’मार्फत दाहाल विदेशी गुप्तचर संस्थाबाट प्रयोग भएको खुलासा गरेका छन् ।

नेता न्यौपानेले चिनियाँ राष्ट्रपति सी जिनपिङको आसन्न नेपाल भ्रमण रोक्न र बाम गठबन्धन टुटाउन अध्यक्ष दाहाललाई प्रयोग गरेको ठोकुवासमेत गरेका छन् ।

‘विश्वस्त स्रोतका अनुसार चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण रोक्न, बाम गठबन्धन टुटाउन, माओवादी केन्द्रको चीनसँगको बन्दै गइरहेको असल सम्बन्ध ध्वस्त पार्न मात्र प्रचण्डलाई प्रधानमन्त्रीको पासा फालेर ‘रअ’ र ‘सीआईए’ ले माओवादीको टाउकाको मूल्य तोक्ने कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रयोग गर्दै यो खेल खेलेको छ,’ नेता न्यौपानेले फेसबुकको आफ्नो पेजमा लेखेका छन् । –राजधानी दैनिकबाट


जबरजस्ती धर्म परिर्वतन गराउनेलाई जेल तपाइहरुको गाउघर तिरपनी बालबालिका तथा जोकोहीलाई पनि जबरजस्ती गरिएको पाइएमा नजिक्को प्रहरी चौकीमा खबर गरिदिनु होला वा हाम्रो इमेलमा म्यासेज गरिदिनु होला

जबरजस्ती धर्म परिर्वतन गराउनेलाई जेल

 
श्रावण ६, २०७३- बालबालिकालाई जर्बजस्ती धर्म परिर्वतन गराएको अभियोगमा पक्राउ परेकी चिनिमाया ब्लोन पूर्पक्षका लागी जेल चलान भएकी छिन् । हिन्दु परिवारका बालबालिकालाई कोठामा राखेर जर्बजस्ती क्रिश्चियन बनाएको अभियोग लागेका जेरुसेलम एन्टीवन चर्चका सञ्चालक हरिबहादुर तामाङ ५० हजार धरौटीमा छुटेका छन् ।

माया अनाथ आश्रमको नाममा अबैध बालगृह चलाएर विकट जिल्लाका कमजोर आर्थिक अवस्थाका ५ देखि १३ वर्षका बालबालिकालाई शोषण गरेको भन्दै महानगरीय प्रहरी परिसर ललितपुरले असार १० मा १४ बालबालिकाको उद्धार गर्दै ब्लोनलाई पक्राउ गरेको थियो । परिसरका अनुसार उनले बालबालिकालाई धनकुटाबाट काठमाडौं ल्याएर स्वयंम्भू हुँदै शंखमुलको  चर्चमा राखेकी थिइन् ।

अनुसन्धानमा चर्चमा राखिएका बालबालिकालाई कोठाबाट बाहिर निस्कन नदिई हिन्दुधर्मावलम्बी परिवारका बालबालिकालाई क्रिस्चियन धर्मको प्रार्थना गर्न लगाएको आरोपमा प्रहरीले दुवै जनालाई पक्राउ गरेको थियो ।

दुबै जनाविरुद्ध दर्ता भएको मानव ओसारपसार र धर्म परिवर्तन उद्योग मुद्धामा जिल्ला अदालत ललितपुरले बिहीबार ब्लोनलाई पुर्पक्षको लागि कारागार चलान गरेको हो ।

हाम्रो Email =Sindhulipost1@gmail.com
प्रकाशित: श्रावण ६, २०७३




जादुको छडी रामचन्द्रको चारबुँदे प्रस्तावले लियो नयाँ मोड


रामचन्द्रजीको प्रस्तावमा प्रधानमन्त्री नकारात्मक हुनुहुन्न : सुवासचन्द्र नेम्वाङ
 

श्रावण ६, २०७३- आर्थिक विधेयक या अविश्वासको प्रस्तावमध्ये कुनलाई पहिलो सूचीमा राख्ने भन्ने विवादले व्यवस्थापिका संसद चल्न नसकिरहेका बेला कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले प्याकेजमै सहमति जुटाउने गरी बैकल्पिक प्रस्ताव ल्याएका छन् । संसदीय भिडन्तका लागि दुवै पक्ष तयारी अवस्थामा रहेकाबेला पौडेलको प्रस्तावले छलफल नै नयाँ मोडमा पुगेको छ ।

प्रस्तावहरु
प्रधानमन्त्रीको राजीनामा
अविश्वास प्रस्ताव फिर्ता
बजेट आश्रित विधेयक पास
नयाँ सरकार गठन
कांग्रेसका तर्फबाट नेता पौडेलले राखेको प्रस्तावमा राजनीतिक सहमति भने हुन सकेन । माओवादीले सकारात्मक रुपमा लिएपनि सरकारको नेतृत्व लिएको एमालेले उक्त विकल्पलाई समेत स्वीकार्न नसकेको कांग्रेस नेता पौडेलले बताए । तर एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले भने पौडेलको प्रस्तावमा प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक रहेको दाबी गरे ।

पौडेलले प्रधानमन्त्रीको राजीनामा, अविश्वासको प्रस्ताव फिर्ता, बजेटसँग आश्रित विधेयक पारित गर्ने र प्रधानमन्त्रीको निर्वाचन प्रकृया अघि बढाउने विषयलाई एउटै प्याकेजमा हल गर्नेगरी तीन दलको बैठकमा प्रस्ताव प्रस्तुत गरेका थिए । एमालेले प्रधानमन्त्रीको निर्वाचन प्रकृयालाई संविधान संशोधन गर्नुपर्ने सर्त राखेका कारण सहमति हुन नसकेको कांग्रेस नेता पौडेलको भनाई छ । ‘प्याकेजमै सहमति भएमा सरकार निर्माणमा समेत अधिकतम सहमति जुटाउन सकिने र संविधान कार्यन्वयनमा समेत सहज हुने भएकाले यस्तो प्रस्ताव मैले राखेको हुँ,’ पौडेलले भने, ‘राजीनामा दिने विषयमा प्रधानमन्त्रीले मेरो साथीहरुसँग सल्लाह गर्नुपर्छ भन्नुभएको छ ।’

प्रधानमन्त्री ओलीले अविश्वासको प्रस्ताव पहिला फिर्ता लिनुपर्ने सर्त राखेका कारण सहमति जुट्न नसकेको बताए । ‘अविश्वासको प्रस्ताव फिर्ता लिनुहोस् अरु बिषयमा छलफल गर्दै अघि बढ्न सकिन्छ भन्ने जवाफ प्रधानमन्त्रीको आयो,’ पौडेलले भने, ‘आज सहमति हुन नसकेपछि भोलि २ बजेसम्म थप छलफल गरेर अघि बढ्छौं ।’

एमालेले बजेटसँग सम्वन्धित विधेयकलाई र प्रमुख प्रतिपक्षले अविश्वासको प्रस्तावलाई पहिलो सूचीमा राख्नुपर्ने अडान नछाडेपछि पौडेलले उक्त प्रस्ताव ल्याएका हुन । प्रधानमन्त्री केपी ओलीले उक्त प्रस्तावका बारेमा प्रतिक्रिया दिन मानेनन् । ‘राजीनामा दिने र अविश्वासको प्रस्ताव फिर्ता लिने सहमति भएको छैन,’ संवाददाताहरुसँगको संक्षिप्त प्रतिक्रियामा उनले यतिमात्रै भने ।

एमाले संसदीय दलका उपनेता नेम्वाङले पौडेलको प्रस्तावबारे एमालेले आन्तरिक छलफल अगाडि बढाउने बताए । ‘रामचन्द्रजीको प्रस्तावमा प्रधानमन्त्री नकारात्मक हुनुहुन्न,’ उनले भने, ‘छलफलमै छौं ।’

नेम्वाङले दलहरुबीच राष्ट्रिय सहमतिका लागि प्याकेजमै छलफल गर्ने वा एउटै कार्यसूची बनाउने भन्ने विषयमा छलफल भएको बताए ।

माओवादी महासचिव कृष्णबहादुर महराले अविश्वासको प्रस्ताव, प्रधानमन्त्रीको राजीनामा, आर्थिक विधेयक र नयाँ सरकारको टुंगो प्याकेजमै गर्ने विषयले प्रवेश पाएको बताए । ‘रामचन्द्रजीले प्रस्ताव राख्नुभएको छ,’ उनले भने, ‘छलफल सुरु भएको छैन ।’

कांग्रेस नेताहरुले भने एमालेको असहष्णु व्यवहारका कारण सहमति जुट्न नसकेको बताए । कांग्रेस नेता रमेश लेखक र प्रकाशशरण महतले आफूहरुले लचिलो प्रस्ताव राख्दा पनि प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली सहमतिमा आउन तयार नभएको बताए । ‘यसले बहुमत गुमाइसकेपछि पनि सत्तामा बसिराख्ने नियत ओलीमा देखियो,’ लेखकले भने, ‘यो विकल्पमा पनि सहमति नजाउनु भनेको प्रधानमन्त्री ओली बहाना देखाएर पदमा बसिराख्ने नियत हो ।’

महतले शुक्रबार १२ बजेसम्म सहमति नभएमा प्रकृयामा प्रवेश गर्ने बताए । प्रकृयामा जाँदा अश्विासको प्रस्तावलाई पहिलो कार्यसूचिमा राख्नुपर्ने अडान कांग्रेस र माओवादीको रहेको उनले बताए । एमालेले बैकल्पिक प्रस्तावमा सहमति नजनाए संसद्को प्रकृया अघि बढाउन कांग्रेस र माओवादीले बजेटसँग आश्रित विधेयकलाई असफल बनाएर अविश्वासको प्रस्तावमा प्रवेश गर्ने रणनीति बनाएका छन् । ‘अहिले सम्म हाम्रो अडान अविश्वासको प्रस्तावलाई पहिलो सूचीमा राखेर जानुपर्छ भन्ने हो,’ विधेयक असफल बनाउने रणनीतिबाट सोधिएको प्रश्नमा महतले भने, ‘त्यसबारेमा आज छलफल भएको छैन ।’


प्रकाशित: श्रावण ६, २०७३



अब फोन चलाउन हातको आबसेक छैन आँखाको इसाराले चल्ने ग्यालेक्सी नोट सेभेन चाँडै बजारमा आउदैछ अहिलेसम्मकै महँगो फोन


६ साउन  |   एजेन्सी
   

 galaxy note7 (1)सामसुङले आफ्नो स्मार्टफोन र फ्याब्लेट मार्केटलाई निकै चुस्त ढङ्गमा अगाडि बढाइरहेको छ । विभिन्न विशेषता रहेको सामसुङको नयाँ फ्याब्लेट ग्यालेक्सी नोट सेभेन चाँडै नै बजारमा आउने बताइएको छ ।
   

सामसुङको ग्यालेक्सी नोट सेभेन अहिलेसम्मको सबैभन्दा महँगो फोन हुनेछ । यसका साथै यो सामसुङको सबैभन्दा पावरफुल फोन पनि हुनेछ ।

galaxy note7 (2)यी हुनेछन् विशेषताः
ग्यालेक्सी नोट सेभेनको नयाँ फोनमा फ्रन्ट प्यानलमा सेन्सरहरुमा आइरिस सेन्सर हुने कुरा सार्वजनिक भएको छ । यसमा एक्सीनस ८८९३ चिपसेट हुनुका साथै ६ जीबी र्याम र ६४,१२८ र २५६ जीबी सम्मको स्टोरेज हुने बताइएको छ ।

galaxy note7 (3)विशेष रिपोर्टलाई मान्ने हो भने कम्पनीको यो फ्याब्लेटको स्क्रीन साइज ५.७ इन्च हुनेछ, जुन एक डुअल एज सुपर एमोलेड डिस्प्ले हुनेछ । स्क्रिनको रिजोलुसन 2560*1400 पिक्सेल हुनेछ । फोनमा ३६०० एमएएच ब्याट्रीको पावर हुनसक्छ ।

galaxy note7 (4)कम्पनीले सेप्टेम्बरमा हुन लागेको आइएफए इभेन्टमा यो फोनलाई लञ्च गर्नेछ । आइएएफ इभेन्ट सेप्टेम्बर २ देखि सेप्टेम्बर ७ सम्म चल्नेछ । तर त्योभन्दा पहिले यसको झलक पक्कै मिल्नेछ ।

galaxy note7 (5)सामसुङले आगामी २ अगस्टमा ‘सेभेन अनप्याक्ड’ नामको एउटा कार्यक्रम गर्दैछ जसमा यो फ्याब्लेट लञ्च गरिनेछ ।

galaxy note7 (6)आँखाको रेटिनालाई स्क्यान गर्ने सेन्सर भियतनामबाट मगाइएको बताइएको छ । सामसुङ ग्यालेक्सी नोट सेभेन SM-N930F मोडल नम्बरसँगै बजारमा आइरहेको छ ।


Wednesday, 20 July 2016

पत्ता लागो काठमाडौंमा विहानै स्कूल बसमा आगजनी,गर्ने बेक्तिहरु (भिडियो हेर्नुहोस)




काठमाडौं, साउन ६ । काठ   माडौंको डल्लुस्थित विष्णुमती पुलनजिक एउटा स्कूल बसमा आगजनी गरिएको छ

झम्सिखेलमा रहेको आइडल मोडल स्कूलको विद्यार्थी बोकेको बसमा तीन जना अज्ञात व्यक्तिले आगजनी गरेका हुन् ।

ती तीन जनाले बसमा चढेर सबै विद्यार्थीलाई झारेर पेट्रोल छर्की आगो लगाएका थिए ।

विहान साँढे ६ बजे गरिएको आगजनीबाट बा २ क ४६९ नम्बरको बस जलेर पूर्ण रुपमा ध्वस्त भएको छ ।

सडकमा बस जलिरहँदा बटुवा तथा स्थानीय रमिते बनेका थिए । प्रहरीको उपस्थिति थिएन् ।

   

वियोगान्त कबि =बोदराजको मेरो आत्माले तिम्लाई खोज्दा = मुटु दरो हुनेले मात्र हेर्नु होला

   रचनाकार बोदराज अधुकारी सिन्धुली लाम्पनटार ९  फेदी हाल मलेसिया


       


सीन्धुली पोष्टमा =यहालाई स्वागतछ फेरिपनि  आफनो कला प्रतिभा  प्रस्तुत गर्दै गर्नुहोला यहाको दिन शुभारहोस |
              तपाइको अरुपनि रचनाको प्रतिक्क्षामा छौ |
       

खाडीबाट बर्सेनि ५ खर्ब भित्रिँदै सबै भर्ष्ट चोर नेताको खल्तीमा

खाडीबाट बर्सेनि ५ खर्ब भित्रिँदै
     

विकसित मुलुकबाट आउने अधिकांश रकम हुन्डीमार्फत
श्रावण ५, २०७३- मुलुक भित्रिने रेमिट्यान्समध्ये बर्सेनि करिब ७१ प्रतिशत खाडी मुलुकबाट आउने गरेको छ । यो रकम करिब ४ खर्ब ९४ अर्ब ७० करोड रुपैयाँ हुन आउँछ ।

खाडी राष्ट्रहरूमध्ये पनि साउदी अरब, कतार, कुवेत, युनाइटेड अरब इमिरेट्स र बहराइनबाट मात्र त्यति रकम आउने गरेको हो । विश्व बैंकको तथ्यांकअनुसार नेपालको कुल रेमिट्यान्समा सबैभन्दा धेरै (करिब २९ प्रतिशत) कतारबाट आउँछ ।

साउदी अरबबाट २६ दशमलव ५६ प्रतिशत, युनाइटेड अरब इमिरेट्स (यूएई) बाट साढे ११ प्रतिशत, कुवेतबाट ३ दशमलव ८४ प्रतिशत र बहराइनबाट ० दशमलव ०३ रेमिट्यान्स भित्रिँदै आएको छ । यो तथ्यांक सन् २०१५ मा भएको आप्रवाहका आधारमा विश्व बैंकले तयार पारेको हो । उक्त वर्ष करिब ६ खर्ब ५७ अर्व ६० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।

तुलनात्मक रूपमा ती राष्ट्रहरूमा कामदारका रूपमा गएका नेपालीको संख्या धेरै छ । यसैले कुल रेमिट्यान्सको अधिकांश हिस्सा खाडी मुलुकबाट आउने गरेको केन्द्रीय बैंक राष्ट्र ऋण व्यवस्थापन विभाग प्रमुख मीनबहादुर श्रेष्ठले बताए ।

गत जेठसम्ममा ५ खर्ब ९८ अर्ब ९५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो साढे ८ प्रतिशतको वृद्धि हो । अघिल्लो जेठसम्म रेमिट्यान्स आप्रवाह वृद्धिदर १२ दशमलव ४ प्रतिशत थियो । रेमिट्यान्सलाई प्रत्यक्ष प्रभाव पार्ने वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा कमी आएकाले रेमिट्यान्स वृद्धिदर घट्दै गएको राष्ट्र बैंकको बुझाइ छ ।

अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या आर्थिक वर्ष ०७२/७३ को एघार महिनामा गत वर्षको सोही अवधिको तुलनामा २० दशमलव ६ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ४ दशमलव २ प्रतिशतले बढेको थियो ।

अर्थतन्त्रका हिसाबले ठूला र धेरै कमाइ हुने भनिएका राष्ट्र (अमेरिका, जापान, दक्षिण कोरिया, अस्ट्रेलिया, क्यानडा आदि) हरूको योगदान रेमिट्यान्समा कम मात्र रहँदै आएको छ ।

खाडी राष्ट्रहरूको तुलनामा ती मुलुकमा नेपाली कामदारको संख्या कम भए पनि आम्दानी निकै धेरै हुन्छ । त्यो आम्दानीको ठूलो हिस्सा नेपाल पनि भित्रिन्छ । तर, ती मुलुकबाट अधिकांश रकम हुन्डीमार्फत आउँछ ।

यसले एकातिर नेपालमा अनौपचारिक अर्थतन्त्रले प्रश्रय पाइरहेको छ भने अर्कातिर रेमिट्यान्सको वास्तविक अवस्था र योगदानको सही मूल्यांकन हुन पाएको छैन । राष्ट्र बैंकले अनेक प्रयास गर्दा पनि ठूला र विकसित मानिएका (अमेरिका, जापान, दक्षिण कोरिया, अस्ट्रेलिया, क्यानडा आदि) राष्ट्रबाट ठूलो मात्रामा रेमिट्यान्स नेपाल आउन नसकेको श्रेष्ठले बताए । ती राष्ट्रहरूमा बैंक र रेमिट्यान्स कम्पनीहरूको सम्पर्क कार्यालय खोल्न जटिल कानुनी व्यवस्था रहेकाले अपेक्षित रूपमा रेमिट्यान्स भित्र्याउन समस्या भएको उनले जनाए । ‘ती राष्ट्रका केन्द्रीय बैंकहरूले नै अनुमति दिएका छैनन्,’ उनले भने, ‘तर, वातावरण सहज बनाउन राष्ट्र बैंकले नियमित रूपमा प्रयास गरिरहेको छ ।’

हाल करिब ३६ मुलुकबाट रेमिट्यान्स भित्रिँदै आएको छ । तीमध्ये सबैभन्दा धेरै रेमिट्यान्स आउने राष्ट्र कतार हो । अस्ट्रेलिया, भियतनाम, क्यानडा, अमेरिका, भारतलगायत राष्ट्रबाट निकै थोरै मात्र रेमिट्यान्स आउने गरेको विश्व बैंकको तथ्यांकमा उल्लेख छ । ती राष्ट्रहरूबाट नेपाल भित्रिने रेमिट्यान्स हुन्डीलगायत अन्य गैरकानुनी मार्गबाट आउने गरेको पनि यसले पुष्टि गर्छ ।

यस्तै, रेमिट्यान्समा निकै उतारचढाव आउने गरेको छ । कामदारको संख्यामा हुने घटबढ र विदेशी विनिमय दरको परिवर्तनलगायत कारण रेमिट्यान्स आप्रवाहमा उतारचढाव आउने गरेकोअध्ययनहरूले देखाएका छन् ।

राष्ट्र बैंकका कर्मचारीद्वय भुवनेश पन्त र वीरेन्द्र बुढाले गरेको एक अध्ययनअनुसार अमेरिकी डलरको मूल्य बढेको समयमा डलरकै रूपमा पनि धेरै रेमिट्यान्स नेपाल आउने गर्छ ।

अध्ययन प्रतिवेदनअनुसार अमेरिकी डलरको मूल्य एक प्रतिशतले बढदा रेमिट्यान्स आप्रवाहमा १ दशमलव १७ प्रतिशतले वृद्धि हुँदै आएको छ । डलरको मूल्य बढदा व्यक्तिको वास्तविक आम्दानीमा वृद्धि हुने र उक्त समयमा व्यक्ति ऋण/सापटी गरेर भए पनि स्वदेशमा रकम पठाउन खोज्ने भएकाले रेमिट्यान्स आप्रवाह बढ्ने अध्ययनको निष्कर्ष छ ।


प्रकाशित: श्रावण ५, २०७३



Tuesday, 19 July 2016

चीन गएको कांग्रेस टोलीलाई चिनले भारतीय खेलौना भनेपछि भ्रमण छोट्याएर स्वदेश फिर्ता

चीन गएको कांग्रेस टोली भ्रमण छोट्याएर स्वदेश फिर्ता

     
काठमाडौँ – चिनियाँ कम्युनिस्ट पार्टीका नेता तथा एसिया मामिलाको विदेश उपमन्त्री चङ सिआओ सोङ्गको निमन्त्रणामा चीन गएको नेपाली काँग्रेसको प्रतिनिधिमण्डल मङ्गलबार स्वदेश फिर्ता भएको छ ।

असार २७ गते ११ दिने चीन भ्रमणमा गएको प्रतिनिधिमण्डल व्यवस्थापिका–संसद्को बैठकका कारण दुई दिन भ्रमण छोट्याएर मङ्गलबार साँझ स्वदेश फर्केको हो ।

चीन गएको प्रतिनिधिमण्डलसँग कुरा गर्दै चिनियाँ कम्युनिस्ट पार्टीका नेता तथा एसिया मामिलाको विदेश उपमन्त्री सोङ्गले नेपाल–चीन मैत्री सम्बन्धमा पार्टीबीच भ्रमण आदानप्रदानको सिलसिलामा नेपालको सबैभन्दा पुरानो पार्टी नेपाली काँग्रेसको प्रतिनिधिमण्डललाई स्वागत गर्न पाउँदा खुसी व्यक्त गरेको प्रतिनिधिमण्डलका नेता रामचन्द्र पोखरेलले जानकारी दिए ।

पोखरेलले सोङ्गको भनाइलाई उद्धृत गर्दै यो भ्रमणले नेपाल–चीन सम्बन्धमा थप योगदान दिएको बताए।

सो अवसरमा नेता पोखरेलले नेपाली काँग्रेस र चिनियाँ कम्युनिस्ट पार्टीबीचको सम्बन्धले नेपाल–चीन मैत्री सम्बन्धलाई थप योगदान दिने बताए ।

प्रतिनिधिमण्डलमा सांसद सुरेन्द्र आचार्य, रेशम बानियाँ, तप्तबहादुर विष्ट, रश्मी ठाकुर, बुद्धिसागर चौधरी, अनिता देवकोटा, दिवानसिंह विष्ट, शारदा पौडेल, विष्णुमाया परियारका साथै जिल्लाका नेता वीरबहादुर राना, वैकुण्ठ न्यौपाने, टेकप्रसाद गुरुङ, नारायणदत्त मिश्र र पूर्व राजदूत डा सुरेश चालिसे रहेका थिए ।
सरकार परिवर्तनको विषयमा साउन ६ गतेदेखि अविश्वासको प्रस्तावमाथि छलफल हुँदैछ ।

सिन्धुलीमा स्थानीय शान्ति समिति मार्फत तिन सय ७९ वटा उजुरी दर्ता





सबभन्दा धेरै प्रजिअ र सुरक्षा नियकायका प्रमुख विरुद्ध
   
सिन्धुली ,५ श्रावण – सशस्त्र द्वन्द्वका क्रममा सिन्धुलीमा  द्वन्द्वका क्रममा भएका मानव अधिकार उल्लंघनका घटनाहरूको सत्यतथ्य पत्ता लगाएर उचित न्यायको माग गर्दै द्धन्द्धपीडितहरुले तिन सय ७९ वटा उजुरी दर्ता गराएका  छन् ।



सशस्त्र द्वन्द्वको क्रममा भएका मानव अधिकार उल्लंघनका घटनाहरूको छानबिन गरी पीडितलाई न्याय दिन र पीडकलाई कारबाही गर्नका लागि गठन गरिएका सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले स्थानीय शान्ति समितिमार्फत बैशाख ५ गतेबाट स्थानीय शान्ति समिति मार्फत जिल्ला र आयोगमा उजुरी माग गरेको थियो ।
 ‘आयोगले तोकेको अन्तिम समयावधिसम्ममा सत्यनिरुपण र वेपत्ता आयोगमा गरेर तिन सय ७९ वटा उजुरी परेको छ,’ स्थानीय शान्ति समिति सिन्धुलीकी सचिव गिता घिमिरेले भनिन, ‘उजुरी सबै संकलन गरी दुबै आयोगका कार्यालयमा बुझाई सकिएको छ ।’

सत्यनिरुपण तथा मेलामिलाप आयोगमा तिन सय ५५ र वेपत्ता छानविन आयोगमा २४ वटा गरी तिन सय ७९ वटा उजुरी परेको  सिन्धुलीकी सचिव गिता घिमिरेले जनाकारी दिइन् ।

२०५२ फागुन १ गतेबाट तत्कालीन माओवादीले संचालन गरेको सशस्त्र द्धन्द्ध २०६३ मंसिर ५ गते शान्ति सम्झौता नभएसम्मको समयअबधि भित्र भएका वेपत्ता, विस्थापीत, हत्या, कुटपिट, घाइते तथा अंगभंग, बलत्कार, अपहरण, शरिर बन्दक, घरजग्गा कब्जा, लुटपाट लगायतका घट्नामा संलग्न विरुद्ध उजुरी परेको छ ।

घिमिरेका अनुसार उजुरीकर्ताहरुले तत्कालीन माओवादी, नेपाली सेना र प्रहरी तथा सशस्त्र प्रहरीका विरुद्ध उजुरी दर्ता गराएका छन् । सबैभन्दाबढी सशस्त्र द्धन्द्धले उग्ररुप लिएका बेला २०५८ देखी ०६३ मंसिर ५ अघिसम्म जिल्लामा कार्यरत तत्कालीन प्रमुख जिल्ला अधिकारी, नेपाली सेना तथा प्रहरीका प्रमुख विरुद्ध उजुरी परेको छ । जिल्लामा बलात्कार तथा बलात्कारगरी हत्याका उजुरी भने एउटामात्र परेको सचिव घिमिरेले बताइन् ।

सशस्त्र द्धन्द्धको समयमा पूर्व रोल्पाको रुपमा चिनिने सिन्धुलीमा पिडितहरुको संख्या धेरै भएपनि आयोगमा उजुरी भने न्यूनमात्रमा परेको शान्ति समिति सिन्धुलीले जनायो । कतिपयले दोशीको किटानी सहितको उजुरीपछिको सुरक्षा चुनौतीपूर्ण रहने भन्दै त्रासले उजुरी गर्न मानेका छैनन् भने कतिपयले प्रमाण पुरा गर्न नसक्दा उजुरी हाल्न मानेका छैनन् ।

जिल्लामा उजुरी दर्ता गर्नेहरुमा पनि वेपत्ताका आफन्तहरुले उनिहरुको खोजविन, दोशीमाथी कारबाही र क्षेतीपुर्तीको माग सहित उजुरी गरेका छन् भने घाइतेले उपचार र दोसीमाथी कारबाहीको माग गरेका छन् । यस्तै आफन्त गुमाएकाहरुले हत्यामा संलग्नलाई कडा कारबाहीको माग गरेका छन् । धेरै उजुरीकर्ताहरुले न्याय पाउने भन्दापनि क्षेतीपुर्ती र राहत पाउने आशमा उजुरी दर्ता गराएको पाइएको छ ।

द्धन्द्धका क्रममा जिल्लामा १५ जना वेपत्ता भएका छन भने दुई २७ जनाको हत्या भएको छ । यस्तै चारसयबढी घाइते, तिनसयबढी विस्थापीत र सयबढीको सम्पती कब्जा भएको बताइन्छ ।

शान्ति समिति मार्फत जिल्लामा संकलन भएका उजुरीहरुलाई आयोगमा पठाइएकोले आयोगले त्यसको छानविन गर्ने बताइएको छ ।

यसैविच आइतबारसम्ममा सत्यनिरुपण तथा मेलमिलाप आयोगमा मात्र द्धन्द्धकालीन घट्नाका देशैभरबाट ५३ हजार उजुरी परेको बताइएको छ । परेका उजुरी उपर छानविन थालिएको पनि आयोगले जनाएको छ । जिल्ला तहबाट उजुरी संकलन गर्ने समयावधि सकिएपनि आयोगको कार्यालयमा आयर उजुरी सकिने बताइएको छ । आयोगको समय सकिन ६ महिना अघिसम्म उजुरी गर्न सकिने बताइएको छ । अव आयोगमा परेका उजुरी उपर छानविन थालिने र उजुरीको छानविनसंगै द्धन्द्धका घटनामा पीडितहरुले क्षमादान मागेर असोज १ गतेबाट निवेदन दिन सक्ने आयोगले जनायो । पीडितको सहमति विना क्षमादान भने हुने छैन् । निवेदनसंगै आयोगले सोही अवधिबाट मेलमिलाप, उद्धार, पुनःस्थापना, परिपुरण, क्षेतिपुर्ती, उपचार सिफारिसको काम थाल्ने छ ।

आयोगले उजुरीको विस्तृत छानविन २०७३ पुस मसान्तभित्र सक्ने लक्ष्य लिएको आयोगका अध्यक्ष सूयकिरण गुरुङले यस अघिनै जनाइसकेका छन् । २०७३ माघ २ गतेबाट पिडितलाई परिचयपत्र उपलब्ध गराउने आयोगले जनाएको छ भने आगामी २०७४ माघ २७ गते आयोगको कार्यकाल सकिन्छ ।

कांग्रेस बैठकमा हाना हान देउबाको चस्मा फुटो सुजाताले भनिन्- माओवादीभन्दा एमाले नै ठीक

कांग्रेस बैठकमा सुजाताले भनिन्- माओवादीभन्दा एमाले नै ठीक

के हामीलाई यादछैन
 


४ साउन, काठमाडौं ।
कांग्रेस केन्द्रीय सदस्य सुजाता कोइरालाले एमाले छोडेर एमओवादीसँग सत्ता गठबन्धन गर्न खोजिएको भन्दै आपत्ति व्यक्त गरेकी छिन् । केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा बोल्दै नेतृ कोइरालाले एउटा कम्युनिष्ट पार्टीका रुपमा एमालेसँगै गठबन्धन ठीक हुने भए पनि उग्रवामपन्थी माओवादीसंग किन गठबन्धन गरिएको भन्दै आपत्ति व्यक्त गरेकी हुन् ।

‘कम्युनिष्ट पार्टीलाई नै लिंदा कांग्रेसका लागि एमाले नै ठीक थियो तर, माओवादीलाई किनि रोजियो ?’ सुजताले प्रश्न गरिन्, ‘ठूलो दलको रुपमा आफैंले सरकारको नेतृत्व गर्नुपर्नेमा तेस्रो दललाई किन अघि सारियो ? यसमा पार्टीले जवाफ दिनुपर्छ ।’ सुजाताले यसो भनिरहँदा देउवा पक्षका नेताहरु मुखामुख गरेका थिए ।

फाइल तस्बिर
फाइल तस्बिर
पौडेल पक्षका नेताहरु भने रमाएका जस्ता देखिन्थे । यस अघि पनि खरो कुरा गर्दै आएकी सुजाताले मंगलबारको छलफलमा पनि पार्टीले सरकारका विषयमा हतारमा निर्णय लिएको आरोप लगाएकी थिइन् । बिहान ८ बजेर ४० मिनेटमा सुरु भएको बैठकमा खाना खाने बेलासम्म १६ सदस्यले बोलेका थिए ।





महेश आचार्य, सुजाता कोइराला, ज्ञानेन्द्रबहादुर कार्की, गुरुराज घिमिरे, गगन थापा, नारायण खड्का, एनपी सावद, आनन्द ढुंगाना, बालकेष्ण खाँण, मिनेन्द्र रिजाल, रमेश लेखक, भीष्मराज आगंदेम्बे, डिला संग्रौला, प्रदीप गिरिले बोलेका छन् ।

बैठकमा रामचन्द्र पौडेल पक्षधरका केन्द्रीय सदस्यहरुले प्रधानमन्त्री फेर्ने परिणामभन्दा पनि प्रक्रियाप्रति तीव्र विरोध जनाएका थिए । बैठकमा कृष्णप्रसाद सिटौलाले संविधान कार्यान्वयन गर्नका लागि पनि एमालेलाई चिढ्याउन नहुने बताएका थिए । एमालेसँग पनि बराबर सम्पर्क गर्नुपर्छ भन्दै उनले फरक व्यवहार गर्दा एमाले झन् उच्छृखल हुने र संविधान कार्यान्वयनमा समस्या आउने बताएका थिए । उनले संविधानमा नयाँ प्रधानमन्त्री चयन गर्नका लागि कानुनी अप्ठेरो नरहेको पनि प्रष्ट्याए । सिटौला संविधान बनाउँदा मस्यौदा समितिका सभापति थिए ।

ओली आक्रामक देउवा-प्रचण्ड रक्षात्मक

बैठकमा बोल्दै केन्द्रीय सदस्य गुरु घिमिरेले एमालेलाई सरकारबाट हटाउन पार्टी र लोकतन्त्रको लागि आवश्यक भए पनि आफू ठूलो पार्टी भएर पनि तेस्रो पार्टीलाई सरकारमा अघि सार्नुपर्ने कारणको जवाफ नेतृत्वले दिनुपर्ने बताए । अहिले मात्र नभएर भोलितका दिनमा पनि किन कांग्रेसले सरकारमा दाबी गरेन भनेर प्रश्न उठ्ने र इतिहासले सोध्दा नेतृत्वसँग जवाफ हुनुपर्ने बताएका थिए ।

प्रधानमन्त्रीले सभामुखलाई भने, ‘पदीय मर्यादा कायम राख्नुस्’

सभापतिमा कदम आवश्यक भए पनि माओवादीजस्तो उग्र वामपन्थीसँग हिंसाको हयागंओभर बाँकी हुँदा पनि उसैलाई नेतृत्व दिनुपर्नाको कारण खुलाउनैपर्ने उनको भनाई थियो । उनको भनाइलाई बैठकमा पौडेल पक्षका नेताहरुले स्वीकारेका थिए । खाना खाएपछि बैठक फेरि सुरु भएको छ ।

अबको केहिमिनेट पछी क्रिकेट गेम शुरुहुदैछ MCC vs Nepal - One-Day Match Live

     यहाबाट हेर्नुहोस




Monday, 18 July 2016

आखा फुटेको सरकार पुल्पनिछ तर केवल कागतमा मात्र तर बर्सेनि जनतालाइ निलेको निलाई गर्छ कमला नदीले


ओलो सरकारको  पानीजहाज आइपुगो  कमला नदीमा यौटा पुल बनाउन नसक्नेले किन खोक्नु
   

सिन्धुली जिल्लाको हत्पते गा.बि.स वाड न.१ लंगुरखोलामा साउनबाट एक महिना लाग्ने धार्मिक मेला प्रसिद्ध तिर्थस्थल श्री मधुगंगा महादेव आज सम्म प्रचार प्रसारको कमीकमजोरीले गर्दा ओझेलमा परेको छ।रामेछाप,ओखलढुंगा,महोत्तरी,धनुषा,सिरहा,सर्लाही,उदयपुर,सुनसरी र छिमेकी 
    

रास्ट्र भारतको पटना,मोतिहारी,विभिन्न जिल्ला बाट तिर्थालु आउने गर्द्छन।कमला नदीमा झोलुङ्गे पुल र यातायात चलने पकीपुल नहुदा कमला नदीले बर्स्ने तिर्थालु बग्ने गर्द्छन।कुनै पनि राजनीतिक पाटीका नेताले र स्थानीय संघ संस्थाले चासो नदेखिएको भन्दै स्थानीय बासिन्दाको गुनासो 
     

छ।यस धार्मिक तिर्थस्थल लाई सरकार सम्म पुर्याउनु प्रचार प्रसार को लागि सबैले सेयर गर्दिनु होला ।सिन्धुली पोस्ट 


   

प्रधानमन्त्री, देउवा र दाहालबीचको बैठकमा के भयो ? यसो भन्छन् दाहाल (भिडियोसहित)

प्रधानमन्त्री, देउवा र दाहालबीचको बैठकमा के भयो ? यसो भन्छन् दाहाल (भिडियोसहित)
 
काठमाडौं, साउन ३ । प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच सोमबार राजनीतिक निकासबारे छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा अविश्वासको प्रस्ताव, संविधान संशोधन, प्रधानमन्त्रीको राजीनामालगायतका विषयमा छलफल भएको जनाइएको छ ।

सो अवसरमा देउवा र दाहालले प्रधानमन्त्रीलाई राजीनामा गरेर मार्गप्रशस्त गर्न आग्रह गरेकोमा प्रधानमन्त्री ओलीले दुबै नेतालाई संवैधानिक व्यवस्था र अहिलेको घटनाक्रमबारे प्रस्ट हुन आग्रह गरेका थिए ।

छलफलपछि सन्चारकर्मीसँग कुरा गर्दै माओवादी अध्यक्ष दाहालले सहमतिबाटै अघि बढ्नुपर्ने भएकाले प्रधानमन्त्रीले नै पहल गर्नुपर्ने बताए ।

प्रधनमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले प्रधानमन्त्रीले देउवा र दाहाललाई राजीनामा र अविश्वासको प्रस्ताव सम्बन्धमा प्रस्ट हुन आग्रह गरिएको र सभामुखको कच्चा गतिविधिले सामान्य सहमतिसमेत भाँडिने खतरा बढेको बताएको जानकारी दिए ।

तीनजना नेताबीच प्रधानमन्त्री निवासको पहिलो तलाको सानो कोठामा छलफल भएको थियो ।


कुनै पनि आइफोनलाई यसरी गर्नुहोस् अनलक (भिडियोसहित)

Saturday, 16 July 2016

गरीबी निवारणका लागी सिन्धुलीमा ९० करोड लगानी





सिन्धुली,१ श्रावण – सिन्धुलीमा विगत १० वर्ष देखी गरिब महिला, दलित, जनजाति तथा पिछडिएका समुदायहरुलाई उत्पादनमूलक स्वरोजगारिका लागि श्रोतसाधन माथि पहुँच पुर्‍याउने, आयआर्जनका कार्यक्रम सञ्चालन गरी लक्षित समुहको जिवनस्तरमा परिवर्तन गर्ने र सामुदायीक पुर्वाधार विकासका कार्यहरु गरिरहेको गरीबी निवारण कोषले दश वर्षमा कुल ९० करोड भन्दा बढी रकम लगानी गरेको छ ।

१३ सय बढी सामुदायीक संस्थाहरुलाई घुम्तीकोष अनुदान ५४ करोड, झण्डै तिन सय भौतिक पुर्वाधार विकासमा २५ करोड र कर्मचारी परीचालन खर्च १२ करोड सहित ९० करोड भन्दा बढी रकम लगानी गरेको हो ।
जिल्लामा दश ओटा सरकारी तथा गैर सरकारी संस्थाको अगुवाईमा सवै गाविस तथा नगरपालिकाहरुमा आय आर्जन, भौतिक पुर्वाधार, क्षमता विकास तथा सामाजिक परिचालनका विभिन्न क्रियाकलाप संचालन हुदै आईरहेको छ । अति विपन्न गरीब परिवारहरु पहिचान गरी २५ देखि ३० परिवारको एक समूह गठन गर्नु, परियोजना पहिल्याउनु, क्षमता विकासका लागि तालीम दिनु, परियोजना कार्यान्वयन गर्नु, नगद अनुदान रकम समूहको बैंक खातामा जम्मा गरिदिनु कोषको कार्यक्रमको विशेषता हो ।

जिल्ला भरी १३ सय सामुदायीक संस्था गठन

गरिबी निवारण कार्यक्रम अन्र्तगत जिल्लामा १० वर्षको अबधीमा १३ सय भन्दा बढी सामुदायीक संस्था गठन गरेको छ । गरीबीको रेखामुनी रहेका दलित, महिला, जनजाती, अल्पसंख्यक र विपन्न् नागरीकहरु सहभागी रहेको समुहमा जिल्लाका हजारौं घरधुरी आवद्ध रहेका छन । एउँटा गाविसमा घटिमा १० देखी ४० भन्दा बढी संख्यामा समुहहरु गठन गरिएको छ । ३० वटा भन्दा बढी समुह गठन भएका गाविसहरुमा त माशिक हुने वैठकमा कोषको सामाजिक परीचालन उपस्थित हुन सक्ने अवस्था समेत छैन । सामुदायीक समुहलाई सहजीकरण गर्न प्रति गाविस १ जना सामाजिक परीचालक क्रियाशिल रहेका छन त एउँटै गाविसमा ४१ वटा सम्म सामुदायीक समुह गठन गरिएको छ ।

सामुदायीक संस्थालाई ५४ करोड भन्दा बढी अनुदान

कोषले जिल्ला भरीका सामुदायीक संस्थाहरुलाई घुम्ती कोष अनुदानको रुपमा १० वर्षमा ५४ करोड ६६ लाख ७२ हजार ९३५ रुपैया प्रदान गरेको छ । कोषले प्रदान गरेको रकम प्रत्येक समुहमा ५ लाख देखी २५ लाख सम्म रहेको छ । कोषको प्रयोग गरी समुहका सदस्यहरुले भैसीपालन, बाख्रापालन, किराना पसल, गाई गोरु पालन तथा अन्य आयमुलक व्यवसायहरु सञ्चालन गर्ने गरेका छन । गरिबी निवारण कोष जिल्ला इकाई कार्यालयका अनुसार १० वर्ष सम्ममा उक्त घुम्ती कोषबाट ५२ हजार ५ सय ८७ ले लाभ लिएको बताइएको छ ।

दुई पटक भन्दा बढी ऋण लिनेको संख्या बढी

समुहमा आवद्ध सदस्यहरुमा घुम्तीकोषबाट २ पटक भन्दा बढी ऋण लिने सदस्यहरुको संख्या सवैभन्दा बढी रहेको छ । कोषको १० वर्षे तथ्याङक अनुसार  ७६ प्रतिशतले एकपटक भन्दा बढी ऋण लिएका छन भने १४ प्रतिशतले मात्र एकपटक ऋण लिएका छन । तथ्याङले पटक पटक ऋण लिने सदस्यहरुको सख्या धेरै देखाउनु सकारात्मक विषय होइन । सदस्यहरुले आयआर्जन गरेर ऋण चुक्ता गर्नु भन्दा पनि ऋणलाई भाखा नाघेपछि अनुमोदन मात्र गर्न रकम देखाउने गरेका छन । यस्ले कोषको लक्ष्य र उदेश्यलाई प्रभावकारी बनाउन सकेको छैन ।

पुर्वाधार विकासमा २५ करोड बढी खर्च

गरिबी निवारण कोषले १० वर्षको अवधीमा जिल्लामा पुर्वाधार विकासको क्षेत्रमा २५ करोड भन्दा बढी रकम खर्च गरेको छ । कोषले समुहका सदस्यहरुको आयआर्जनमा सहयोग पुग्ने खालका पुर्वाधार परीयोजना सामुदायीक संस्थाको माग अनुसार कार्यान्वयन गर्ने गरेको छ ।

कोषले दश वर्षको अबधीमा १५४ वटा खानेपानी आयोजना, ५२ वटा सिचाई आयोजना, ३० वटा विद्यालय भवन, १५ वटा सडक आयोजना, १५ वटा कल्भर्ट, ६ वटा पुल, ३ वटा सिचाई मर्मत र १ वटा घट्ट निर्माण सहित कुल २८६ वटा भौतिक पुर्वाधार विकासका आयोजनामा लगानी गरेको छ ।

चालु खर्च १२ करोड भन्दा बढी

कोषले दश वर्षे अवधीमा साझेदार सरकारी तथा गैर सरकारी संस्थाहरुको प्रशासनीक तथा कर्मचारी व्यवस्थापनको लागी १२ करोड भन्दा बढी खर्च गरेको छ । जिल्लाका १० वटा संस्थाका कार्यक्रम संयोजक, लेखापाल, सामाजिक परीचालक र प्रशासनीक खर्चमा उक्त रकम खर्च गरिएको हो । जिल्लामा गरिबी निवारणको कार्यक्रम स्थानीय विकास कोष, ग्रामीण विकास तथा महिला जन जागरण केन्द्र, दियालो परिवार, दलित सेवा संघ, ग्रामीण विकास सेवा, सामुदायिक विकास कार्यक्रम, सिन्धुलीगढी सेवा प्रतिष्ठान, ग्रामीण महिला चेतना केन्द्र, सिन्धुली एकिकृत विकास सेवा,ग्रामीण विकास समाजले सञ्चालन गर्दै आइरहेका छन ।


अन्त्यमा

समाजमा ब्याप्त गरिबी उन्मुलनका लागी आयआर्जन, पुर्वाधार विकास र क्षमता विकासका गतिविधीहरु सञ्चालन गर्नु सकारात्मक पक्ष हो । तर बारम्बार कोषको कार्यक्रम प्रभावकारी हुन नसकेको आलोचना भईरहेको अवस्थामा प्रभावकारी परीणाम निकाल्न जरुरी छ । गरीबी निवारणका के–के अङ्गहरु पुगेपछि विपन्नहरु सक्षम भए भन्ने र आत्मनिर्भर मान्ने कुरा छैन । गरीबी निवारणमा संलग्न सरकारी तथा गैरसरकारी संस्थाहरुले सेवा पुगेको सख्या मात्रमा सन्तोष नलिई कार्यक्रम मार्फत गरिबी उन्मुलनमा पुगेको भुमीका खोजी अझ प्रभावकारी बनाउन तर्फ लाग्नु पर्ने छ ।

१० वर्षमा कोषले गरीबी निवारणको लागी जिल्लामा खर्च गरेको रकम मध्ये झण्डै आधा रकम समुदायसँगै हुनु, झण्डै ३ सय भौतिक पुर्वाधार विकास आयोजनाको काम हुनु सकारात्मक पक्ष रहेको भएपनि समुदायसँग भएको करोडौं अनुदानको घुम्ती कोषलाई सहि सदुपयोग गर्न प्रेरित गर्दै उनीहरुको जीवनस्तरमा परिवर्तन ल्याउन प्रभावकारी भुमीका नहुँदा कार्यक्रम प्रभावकारी हुन सकिरहेको छैन । त्यसैले आउँदा दिनमा समुहका सदस्यहरुले लगेको ऋण साच्चै आयआर्जनमा प्रयोग गराउन र उनीहरुलाई व्यवसायीक बनाउन सकेमा कार्यक्रम अझ प्रभाबकारी बन्न सक्ने देखिन्छ ।

भद्रकाली गाविसमा गरीबी निवारण कोषद्धारा गठित सामुदायीक सस्थाको वैठक बस्दै ।

प्रधानमन्त्रीकेपी शर्मा ओलीको कांग्रेस र माओवादीलाई ठाडै चुनौती, यस्तो छ प्रचण्डलाई थाङ्ग्रामा सुताउन ओलीको रणनीती ! (भिडियो

प्रतिभाका प्रचुर खानी बोदराज अधिकारीको अतिनै राम्रो गजल हेर्न नभुल्नु होला




 प्रतिभाका प्रचुर खानी बोदराज अधिकारीको अतिनै राम्रो गजल हेर्न नभुल्नु होला
   
   



रचनाकार बोदराज अधुकारी सिन्धुली लाम्पनटार ९  फेदी हाल मलेसिया



       सीन्धुली पोष्टमा यहालाई स्वागतछ फेरिपनि  आफनो कला प्रस्तुत गर्दै गर्नुहोला
धन्नेबाद |

ओली र देउबाले आज मित लगाए कमल थापा हेरेको हेरै

ओलीलाई देउवाले रोक्दै भने, ‘एक दुईवटा फोटो खिचौं न !’
 
श्रावण १, २०७३- सरकार फेर्ने रस्साकस्सीका बीच प्रधानमन्त्री केपी शर्मा ओली र विपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवाबीच शनिबार साँझ विवाह समारोहमा भेट भयो ।

उपप्रधानमन्त्री विजयकुमार गच्छदारको छोरा सुभासको विवाह पार्टीमा प्रधानमन्त्री ओली र देउवाबीच आर्मी अफिसर्स क्लवमा भेट भयो ।

भेटघाटको औपचारिकतापछि बाहिरिन लागेका प्रधानमन्त्री ओलीलाई रोक्दै देउवाले भने, ‘एकछिन एकछिन, एक दुईवटा फोटो खिचौं न !’

दुवै नेताबीच भेट हुँदा उपप्रधानमन्त्री कमल थापा पनि उपस्थित थिए ।



सोतन्त्र राष्ट्बादी युवाहरु उर्लिए सडकमा केपी सरकारको पक्छेमा


Friday, 15 July 2016

नारायणकाजी भन्छन्ः चीनसँगका सम्झौता बिथोल्न सरकार परिवर्तन

   



काठमाडौं, ३१ असार– माओवादी केन्द्रका वरिष्ठ नेता नाराणकाजी श्रेष्ठले पछिल्लो पटक कांग्रेससँग बनेको सत्ता समीकरणले पार्टीलाई तत्कालका लागि लाभ भए पनि राष्ट्रलाई घात हुने वताएका छन् । चीनसँग पारवहन सन्धी, रेल्वे सम्झौता र पेट्रोलियम पदार्थको उत्खनन् सम्बन्धी नेपालले गरेका सम्झौताबाट अत्तिालिएका शक्तिकेन्द्र सरकार ढाल्न सक्रिय रहेको वताए ।

न्युज ट्वान्टीफोर टेलिभिजनलाई दिएको अन्तरवार्तामा माओवादी नेता श्रेष्ठले केपी ओली नेतृत्वको सरकार राष्ट्रिय स्वाधीनता, स्वाभिमान र राष्ट्रको आत्मनिर्णयको पक्षमा दृढतापूर्वक उभिएको र त्यसले केही समययता राष्ट्रिय आत्मनिर्णयको अवस्था सुदृढ भएको समेत वताए ।
अब बन्ने सरकारले चीनसँग भएका सम्झौता अघि बढाउँछ कि बढाउँदैन बढाएन भने ठूलो नोक्सानी हुनेछ

अब बन्ने माओवादी कांग्रेस गठबन्धनको मुख्य चुनौती राष्ट्रिय स्वाधीनताका पक्षमा ओली नेतृत्वको सरकारले थालेका काम अघि बढाउने कि नबढाउने भन्ने रहेको वताए । ‘मुख्य चुनौती राष्ट्रियताको धारा कायम राख्ने कि नराख्ने भन्ने हो’ उनले भनेका छन्, ‘चीनसँग रेल्वे सम्झौता भएको छ, पेट्रोलियम अन्वेषण उत्खनन् गर्ने सम्झौता कार्यान्वयन हुन्छन् कि हुँदैनन् ? चीनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमण हुन्छ कि हुँदैन ? हेरौं यो धारामा सरकार जान्छ कि जाँदैन ।’

ओली नेतृत्वको सरकारले थालेका नीति र कामको निरन्तरता नपाए देशले ठूलो चुनौती सामना गर्नु पर्ने माओवादी नेता श्रेष्ठको भनाइ छ । माओवादीले पुनर्निर्माण प्रभावकारी बनाउन, संविधान कार्यान्वयन गर्न र राष्ट्रिय स्वाधीनता र आत्मनिर्णयको क्षमता प्रभावकारी बनाउन सहमतिको सरकार भन्ने निर्णय गरे पनि पार्टी त्यो दिशामा नगएको उनको भनाई थियो ।

भिडियो हेर्नुहोस्:

राष्ट्बादी युवा ओलीको पक्क्षेमा उर्लियो मानब सागर भिडियो सहित

सोतन्त्र राष्ट्बादी युवाहरु उर्लिए सडकमा केपी सरकारको पक्छेमा


सिन्धुलीको कमललामाई नगरपालिका देशभरका नगरपालिकाहरू मध्ये सातौँ स्थानमा पर्न सफल भएको छ ।

कार्यसम्पादनमा कमलामाई नगरपालिका सातौँ

   
सिन्धुली,३१ असार – संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गत स्थानीय निकाय वित्तिय आयोगले २०७१/७२ मा गरेको न्यूनतम शर्त तथा कार्यसम्पादन मापन मूल्यांकनका आधारमा कमललामाई नगरपालिका देशभरका नगरपालिकाहरू मध्ये सातौँ स्थानमा पर्न सफल भएको छ । नगरपालिका रहेको अवस्थामा एकवर्ष भरी सम्पन्न गरेका कामहरुको आधारमा कमलामाई नगरपालिका सातौँ भएको हो ।



स्थानीय निकायहरुको काम र कार्य सम्पादनका आधारमा हरेक वर्ष स्थानीय निकाय वित्तिय आयोगले मूल्यांकन गरी पुरस्कृत गर्ने गर्दछ ।

सातौँ स्थान प्राप्त गरेसँगै कमलामाई नगरपालिकाले प्राप्त गर्ने अनुदानमा १५ प्रतिशत थप हुने भएको छ । स्थानीय स्वायत्त शासन ऐन, २०५५ मा भएको प्रावधान बमोजिम सरकारले स्थानीय निकायलाई एमसिपिएममा मूल्यांकन गरी अनुदानमा थपघट र उत्कृष्ट कार्य गर्नेलाई पुरस्कृत गर्न सक्ने व्यवस्था गरेको हो ।

सोहि ऐन अनुरुप सरकारको निर्णय अनुसार स्थानीय निकाय वित्तीय आयोगको गठन गरि गाउँ विकास समिति, नगरपालिका र जिल्ला विकास समितिलाई न्यूनतम शर्त र कार्य सम्पादनको आधारमा मूल्यांकन गर्ने गरिएको हो ।

वित्तिय आयोगले स्थानीय निकायहरुलाई न्यूनतम शर्त मापनका १० वटा र कार्यसम्पादन मापनका विभिन्न ४० वटा सूचकको आधारमा अंक दिई उत्कृष्ट घोषणा गर्ने गर्दछ ।

जसमध्ये कार्यसम्पादन मापनमा स्थानीय शासन, वित्तिय श्रोत परिचालन तथा व्यवस्थापन, योजना तथा कार्यक्रम व्यवस्थापन, संगठन तथा जनशक्ति विकास र शहरी आधारभूत सेवा व्यवस्थापन अन्तर्गतका विभिन्न सूचकहरुको कामको आधारमा अंक दिने गर्दछ।

दोश्रोपटक उत्कृष्ट सातौँ स्थान भएसँगै  कमलामाई नगरपालिकाको खानेपानीको आपूर्ति, फोहोरमैला व्यवस्थापन, बढ्दै गएको शहरीकरण र अव्यवस्थित बस्तीको व्यवस्थापन गर्दै नगरवासीका चाहना र आवश्यकता जस्ता कुराहरू  अगाडि चुनौतीका रुपमा खडा भएका छन् ।

कमलामाई नगरपालिकाका सुचना अधिकृत बिनोद बाबु खकुरालले  नगरपालिकाको एक्लो प्रयासले मात्र नभई सबै राजनितिक दल, यहाँका उपभोक्ता, विभिन्न संघसंस्था, मिडिया सबैको सामूहिक पहल र मेहनतबाट अहिलेको सफलता प्राप्त गर्न सकिएको बताए ।

‘कमलामाई नगरपालिकाले पाएको यो सफलतामा सबै नगरवासीको समान योगदान छ र विगतदेखि पाएको सफलतालाई आगामी दिनमा पनि सबै मिलेर जोगाउनु छ ।’ खकुरालले भने ।

‘गुगल ब्वाई’ भनेर चिनिने आदित्य दाहाललाई १ करोड दिने मन्त्रिपरिषदको निर्णय




सरकारले ‘गुगल ब्वाई’ भनेर चिनिने आदित्य दाहालको संरक्षणका लागि आदित्य संरक्षण प्रतिष्ठानलाई एक करोड रुपैयाँ दिने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले प्रतिष्ठानको सवारी साधन, आवास र साधनाका लागि आवश्यक भौतिक पूर्वाधार निर्माणका लागि रकम दिने निर्णय गरेको हो।
प्रकाशित मिति: शुक्रबार, आषाढ ३१, २०७३ १३:२१:१६

Wednesday, 13 July 2016

ताजा खबर ओलीले देउवालाई प्रधानमन्त्रीमा समर्थन पका


ओलीले भने, ‘देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्न सक्छु’
असार ३०  
काठमाडौं–प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादर देउवालाई राष्ट्रिय सहमतिको सरकारको नेतृत्वका लागि समर्थन गर्न सकिने बताएका छन् ।

एमाले उच्च स्रोतका अनुसार देउवासँग ओलीले बुधबार फोन संवादमा भनेका छन्, ‘देउवाजी तपाईलाई समर्थन गर्न सक्छु ।’

देउवाले भने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई समर्थन गर्ने वचन दिइसकेकाले अहिलेलाई केही गर्न नसक्ने उत्तर दिएका थिए । ओलीले विहान देउवासँग फोनमा कुरा गरेका थिए ।

स्रोतका अनुसार देउवाले ‘ओलीले मंगलबार रातिसम्म त्यस्तो प्रस्ताव राख्नुपथ्र्यो, अब ढिलो भयो’ भनेका थिए ।

एमालेका बरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा बामदेव गौतमले मंगलबार ओलीलाई माओवादी केन्द्रले सरकारबाट आफ्ना मन्त्री फिर्ता गर्ने निर्णय गरेको अवस्थामा प्रधानमन्त्री पदबाट राजीनामा गर्न आग्रह गरेका थिए । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

यि हुन् क्यान्सरलाई ४८ घण्टामा नै सफाया गर्ने चामत्कारिक घरेलु औषधि



 
एजेन्सी । क्यान्सरका विरामीमाथि २५ वर्ष लामो सोधपछि क्यालिफोर्निया युनिवर्सिटीको मेडिकल फिजिक्स एवं साइकोलोजीका सिनियर प्रोफेसर डा हर्डिन बी जन्सले भनेका छन्– ‘क्यान्सरको उपचारका क्रममा प्रयोग गरिने किमोथेरापीले क्यान्सर पीडित विरामीलाई दर्दनाक मृत्युतर्फ धकेल्न सक्छ ।’ तर, क्यान्सरलाई केही घण्टामै ठिक पार्ने थुप्रै औषधिहरु छन् ।

अंगुरको विउको धुलो (सत्व)
हालै भएको एक शोधमा यो कुरा प्रमाणित भएको छ कि अंगुरको विउको धुलो अर्थात सत्व अर्क ल्यूकेमिया र अन्य प्रकारका क्यान्सर ठिक पार्न निकै उपयोगी पाइएको छ । र छोटो समयमै क्यान्सर ठिक पार्न मद्दतगार छ । शोधमा यो कुरा पनि प्रामाणित भइसकेको छ कि अंगुरको विउले मात्र ४८ घण्टामा हरेक किसिमका क्यान्सरलाई ७६ प्रतिशतसम्म विकिर्ण अर्थात ठिक गर्नमा समक्ष छ ।

अमेरिकन एसोसिएशनको जर्नलमा प्रकाशित एक क्यान्सर रिसर्चका अनुसार अंगुरको विउमा पाइने जेएनके प्रोटिनले क्यान्सर कोशिकाहरुको विकिर्णहरुलाई नियन्त्रण गर्ने काम गर्छ । अब स्वस्थ शरीरका लागि अंगुर मात्रै होइन् यसको विउ पनि खान अमेरिकी चिकित्सकहरुले सुझाव दिएका छन् । उनीहरुले भनेका छन्– क्यान्सरको उपचारमा अंगुरको विउ सबैभन्दा प्रभावकारी घरेलु औषधि हो ।

रुबर्ब (फल)को पौधा (पात र डाठ)
रुबर्ब पौधा जसलाई रेवतचीनी र रेवन्दचीनीको नामबाट चिनिन्छ । यो पौधालाई आयुर्वेदिक औषधिमा प्रयोग गरिन्छ । यो पौधाको पात विषालु हुन्छ तर, यसको डाठलाई औषधिको रुपमा प्रयोग गरिन्छ । अमेरिकामा भएको एक सोधका अनुसार रुबर्ब पौधाको डाठलाई क्यान्सरको उपचारमा प्रयोग गरिएको थियो जसले चामत्कारिक परिणाम दियो ।

वैज्ञानिकहरुले यो पौधाको डाठबाट अबको एक वर्षभित्र क्यान्सरको औषधि बनाउने दाबी गरेका छन् । यो पौधाको डाठमा एक खास अरेञ्ज पिगमेन्ट पाइन्छ । जसले शरीरभित्र रहेका क्यान्सरका सेल्स (कोशिका)हरुलाई ४८ घण्टामा मार्न सक्ने ताकत राख्छ । शोधमा यो डाठ प्रयोग गर्दा दुई दिनमै लयूकैमियाका आधाभन्दा बढी सेल्स (कोशिका)लाई नष्ट गरिसकेको थियो । जर्जियाको विनशिप क्यान्सर इन्सिच्युट र एमोरी युनिवर्सिटीद्धारा २००० मानिसमा यसको परीक्षण गरिएको थियो । जसमा वैज्ञानिकहरुले पारिटिन पाए । जो एन्टी–क्यान्सर अर्थात क्यान्सरविरुद्धको ड्रग (औषधि)का रुपमा चिनिन्छ ।

सोधमा मुसाहरुमाथि ११ दिनसम्म पारिटिनको प्रयोग गर्दा यो फोक्सोको क्यान्सरका लागि उपयोगी औषधि हो भन्ने प्रमाणित भएको थियो । यसका साथै यसले ब्रेन अर्थात मस्तिष्क र गलाको ट्युमरलाई पनि ठिक पार्न सक्छ । सोधकर्ता टिम भन्छ– यो पौधा (जसलाई एक प्रकारको फल पनि भन्छन्) को आधारमा क्यान्सर ठिक पार्नका लागि नयाँ औषधि बनाउनमा सहयोग मिल्नेछ । यसको परिणाम किमोथेरापी जस्तै अर्काे वर्ष आउनेछ ।

विशेषज्ञ भन्छन्- पारिटिनको प्रयोग किटाणु रोक्नका लागि प्रयोग गरिसकिएको छ तर, औषधिका रुपमा यसको प्रयोग यसै अध्ययनपछि गरिनेछ । सोधमा खटिएका एक जना प्रोफेसर चेन भन्छन्- क्यान्सरलाई ६पीजीडी स्तरमा एक्टिभ गर्नका लागि रुबर्बका प्रयोग गरिनु क्यान्सरलाई ठिक पार्नका लागि जरुरी छ । यसको प्रयोगबाट क्यान्सर ६पीजीडी स्तरमा तीव्र गतिमा बढ्नेछ जसले क्यान्सर चाँडै निको हुनेछ ।

Sunday, 10 July 2016

कुखुरापालन व्यवसायबाट मासिक दुई करोड आम्दानी

 


सिन्धुली २७, असार – सिन्धुलीका वेरोजगार युवाले कुखुरा पालन व्यवसाय गरेरै मासिक दुईकरोड भन्दावढी आम्दानि लिने गरेका छन् । स्वरोजगारको सजिलो बाटो वनेको ब्रोइलर तथा लेयर्स कुखुरा पालन व्यावसाय बाट उनिहरुले यस्तो आम्दानि गर्न थालेका हुन ।


फाइलफोटो

सिन्धुलीमा अहिले करिब ७ सय जना भन्दा वढी कृषकहरु व्यवसायीक रुपमा कुखुरा पालन गर्न थालेकाले उनिहरुले जिल्लामै खपत भएको कुखुराको मासुबाट दुईकरोड ६४ लाख रुपैयाँ मासिक आम्दानि गर्ने गरेका हुन् । विदेश गएर सयौं हण्डर खाएर स्वदेश फर्किएका धेरै जसो यूवाहरु कुखुरा पालन व्यवसायमा लागेका छन् ।

लाखौं रुपैयाँ खर्चेर विदेश जाने यूवाहरुले भने जस्तो पैसा कमाउन नसकेपनि स्वदेशमै लगानि गर्दा मनग्य आम्दानि लिन सकिने भएपछि कुखुरा पालन ब्यावसाय सूरु गरेको कमलामाई नगरपालिका ४ का नारायण मगरले बताए ।

विदेशमा चार वर्षसम्म बस्दा केही गर्न नसकेपछि गाउँमै फर्केर १५ सय ब्रोइलर पाल्न थालेको उनको भनाई छ । ‘अहिले सबै खर्च कटाएर मासिक एक लाख रुपैयाँसम्म आम्दानी गर्न थालेको छु । विदेश जाँदा लागेको ऋण तिर्न र घर खर्च चलाउन पुगेको छ,’ उनले भने । गाउँमा उनको जस्ता सयौंका संख्यामा रहेका युवाहरुले दुई सय देखी दुईहजार वटासम्म ब्रोइलर पाल्न थालेका छन् । थोरै लगानीमा पनि मनग्ये आम्दानी लिन सकिने भएको कारण कृषकहरु कुखुरा पालनतर्फ आर्षित भएका हुन ।

सिन्धुलीमा एक महिनामा कृषकहरुले कम्तीमा पनि एक लाख २० हजार किलो मासु उत्पादन गर्ने गरेको र कुखुरा  पालक कृषक संघ सिन्धुलीकी निरु श्रेष्ठले वताईन ।

सिन्धुलीमा मासिक २८ हजार व्रोइलरको चल्ल्ला गरेको कमलामाई भेट सप्लायर्सका सञ्चालक ओमप्रकाश श्रेष्ठ वताउँछन् ।  उक्त सप्लायर्सबाट मात्र ६ सय जना  व्यावसायिक कृषकले कुखुराको चल्ला लाने गरेको श्रेष्ठको भनाई छ ।

कुषक द्वारा उत्पादीत  व्रोइलर कुखुरा आफैले काठमाडौँमा बेच्ने  ब्यबस्था गरिदिएको पनि श्रेष्ठले बताए ।

साउदी अरबबाट फर्केका भद्रकाली गाविस ७ का भक्त वम्जनले कुखुरा पालन व्यवसायबाट अहिले मासिक रुपमा  लाख रुपैयाँबढी आम्दानि गर्ने गरेको वताउँछन् । उनले भने, “विदेशमा रात दिन काम गर्दा १० देखि १२ हजार कमाई हुन्थ्यो, अहिले घरखेति गरेर पनि मनग्य आम्दानी गरेको छु ।” उनले दुई हजार ब्रोइलर पाल्दै आएका छन् ।

सदरमुकाम मात्र नभएर ग्रामीण भेगमा पनि अहिले व्यावसायिक कुखुरा पालन हुन थालेको छ । डुडभञ्ज्याङ्ग–७ ज्यामिरेका विष्णुहरी खड्काले पनि व्यापार गर्दै व्रोइलर कुखुरा पालन गर्न थालेका छन् । उनले पनि कुखुराबाट महिना कम्तिमा पनि १० हजार आम्दानी हुने गरेको वताए । सिन्धुली जिल्लामा हाल सम्म झण्डै सातसय व्यावसायिले कुखुरा फर्म संचालन गरेको  कुखुरा पालक कृषक संघ सिन्धुलीले जनाएको छ ।

सिन्धुपाल्चोक बासी प्राक्रितिक प्रकोप झेल्दै, भोटेकोशीमा आएको भिषण बाढीले लिपिङ, कोदारी र तातोपानी क्षेत्र तहसनहस (भिडियो हेर्नुस)


वर्षासंगै कमला नदीले खेतीयोग्य जमिन कटान थाल्यो

वर्षासंगै कमला नदीले खेतीयोग्य जमिन कटान थाल्यो


पिडितहरु भन्छन् : लालपुर्जा छ, जग्गा छैन
सिन्धुली,२६ असार – अबिरल बर्षाका कारण सिन्धुली जिल्लाको कमलाखोंज क्षेत्रमा कमला नदीले उर्बर जमिन कटान गर्न सुरु गरेपछि कृषकहरु चिन्तित बनेका छन् ।



बर्षादको मौसमसँगै कमला नदी, मरिणखोला, चँदाहा खोला लगायतका खोलामा आउने बाढीले गत वर्ष झै यस वर्ष पनि उर्बर जमिन कटान गर्न थालेपछि कृषकहरु चिन्तीत बनेका हुन् ।

लगातार परेको अविरल बर्षाका कारण कमला नदीमा आएको बाढीले आफ्नो सहित दर्जनभन्दा बढी कृषकको खेत कटान गरेको दुधौली गाविस–७ निवासी रामबहादुर स्याङ्तानले जानकारी दिए । ‘मेरो झण्डै तीन कठ्ठा जमिन एकै रातमा बगरमा परिणत भयो,’उनले भने, ‘म जस्ता नदी कटानबाट पीडित कृषक धेरै छन् । कमला नदीको कटानबाट दुधौली गाविसको नर्कटे र जीतपुरका गरी दुई सयभन्दा बढी कृषक असुरक्षित देखिएका छन् ।’

कमला नदीले बर्सेनि त्यस क्षेत्रमा कम्तिमा पनि सय बिघा भन्दा बढी उर्बर खेत कटान गर्दै आएको उनको भनाई छ । कमला नदीको कटानबाट बर्सेनि हत्पते, रानीबास, निपाने, हर्षाही, टाँडी, सिर्थौली गाविस र कमलामाई नगरपालिकाका १० देखी १८ वडाका कृषकहरु प्रभावित हुदै आएका छन् ।

उनीहरुका अनुसार कमला नदी कटानको समस्या बढ्दो रुपमा देखा परेको दुई दशकभन्दा बढी भई सकेको छ । तर, त्यसलाई नियन्त्रण गर्न कुनै पनि निकायबाट प्रभावकारी काम हुन नसक्दा वर्षेनी हजारौं रोपनी खेतीयोग्य जमिन बगरमा परिणत हुँदै गएकोे स्याङ्तानले जनाए । नदीको कटानका कारण भूमिपति कृषकहरु सुकुम्बासीमा परिणत हुनेक्रम बढ्दै गएको छ ।

दुधौली गाविस– ४ जितपुर निवासी कृषक रामप्रसाद दनुवार आफ्नो भएको अढाई बिघा खेत सबै २०५० साल यता कमला नदीमा आएको बाढीले बगाएपछि अहिले १२ जनाको परिवार मजदुरी गरेर पालिदै आएको गुनासो गर्छन् ।

उनले भने, ‘लाल पुर्जा छ, जग्गा छैन । जीवन निर्वाहका लागि यतिखेर मजदुरी गर्नुको बिकल्प छैन । गरिबी निबारण कार्यक्रमबाट १४ हजार चार सय रुपैयाँ ऋण लिएर गोरु किनी टायर गाढा चलाउन थालेको छु । त्यसैको आम्दानीबाट परिवारको गुजरा चलेको छ ।’ कमला नदीले गाँउमा रहेका झण्डै दुई सय परिवारको चार सय बिघाजति खेत बगाएको र उनीहरुको अवस्था पनि आफ्नै जस्तै रहेको उनले बताए ।

एक सातादेखीको लगातारका वर्षाका कारण कमला नदिमा आएको बाढीले दुधौली गाविस–७ स्थित नर्कटे, जितपुर गाँउमा करिब चार बिघा खेत कटान गरेको बताइएको छ । नदीले वर्षेनी धार परिवर्तन गर्दै खेत कटान गर्ने गरेको पिडितहरुको भनाई छ । ‘गाउँमा अधिकांसको हातमा सयौं विगाह खेतीयोग्य जमिनको लालपुर्जा छ तर, जग्गा छैन् । वर्षेनी राजस्व तिरे पनि खेती गरेर खाने जग्गा जती कमला नदीले बगर बनाई दिएको छ,’ दनुवारले भने ।

नम्बरी खेतलाई बगर बनाएर वर्षौदेखी कमलानदी बग्दा कमलखौंच क्षेत्रका मात्र झण्डै एक हजारबढी भुमिपतिहरु अहिले सुकुम्बासीमा परिणत भइ सकेका छन् । ‘उनिहरुको नाममा सयौं विगाहा जमिन दर्ता छ । वर्षमा सयौं मुरी धान मकै भित्राउने जमिनदारहरु हिजो आजा जग्गा बगरमा परिणत हुँदा उनिहरु सुकुम्बासी सरह भएका छन्,’ उनले भने ।

रानीवास ४ का सम्भु परियारका अनुसार पनि कमला नदीले खेतीयोग्य जमिन कटान गर्दा पिडितहरु वर्षेनी सयौं रुपैयाँ राजस्व बुझाए पनि त्यसलाई कुनै उपभोग गर्न सकेका छैनन् । ‘न विक्री वितरण गर्न सकियो । न खेती पाति लगाएर खान पाइयो । नदीले वारपार ढाकेर बगर बनाएको छ । वर्षेनी सरकारसंग कमला नदी नयिन्त्रणका लागि अनुरोध गरेपनि कहिलै सुनुवाई भएन । अलिअहिले खेती गरेर खानेहरुको पनि वर्षेनी नदीको कटानले सकिँदै गएको छ । गाउँका एक पछि अर्को जोगी बन्दै गएका छन्,’ उनले भने । चुरे विनासका कारण आउने खहरेका कारण कमला नदीमा आउने बाढीले धेरैमात्रमा क्षेती पु¥याउने गरेको छ ।

धान र मकै उत्पादनका दृष्टिले महत्वपूर्ण क्षेत्र मानिएको कमलाखोंचमा वर्षेनी धान तथा मकै उत्पादन हुने खेत कमला नदीको कटानका कारण उत्पादनमा समेत कमी आउँदा जिल्लामै खाद्यान्नको संकट पर्ने अवस्था आउँन थालेको बताइन्छ । कमलाका साथै मरिण, चदाहा लगायतका खोलाले समेत खेती योग्य जमिन कटान गर्दा बर्षेनी उत्पानमा ह्रास आउने गरेको जिल्ला कृषि विकास कार्यालयले जनायो ।

निगमले १९० सिट क्षमताको जहाज बेच्दै

निगमले १९० सिट क्षमताको जहाज बेच्दै
असार २६
काठमाडौं–राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमले एउटा बोइङ बेच्ने निर्णय गरेको छ । निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले निगमले अन्तर्राष्ट्रिय उडानको एक सय ९० सिट क्षमताको बोइङ ७५७ एसीए जहाज बिक्री गर्ने निर्णय गरेको जानकारी दिए ।

उनका अनुसार जहाज बिक्री गर्ने व्यवस्थापनको प्रस्तावलाई निगम संचालक समितिले स्वीकृति दिइसकेको जानकारी दिए ।

बारम्बार समस्या आइरहेको र मर्मतमा भएको अधिक खर्च धान्नै नसक्ने निष्कर्ष निकाल्दै जहाज बिक्री गर्ने निर्णय गरेको हो ।

निगम व्यवस्थापनले इन्जिन मर्मतका लागि सिंगापुर लगिएको यो जहाज अधिक खर्च गरेर मर्मत गर्नुको विकल्पमा बिक्री गर्नु नै ठीक हुने प्रस्ताव अगाडि सारेको थियो । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।


धर्म के हो ? के religion शब्दले धर्म शब्द को परिभाषा गर्न सक्छ


Saturday, 9 July 2016

पोर्चुगल र फ्रान्स युरोकप २०१६ को फाइनल प्रबेशका निर्णायक गोलहरु


World Number 1 Top 5 vehicles Used By Nepal Army


MALESHIYA JANU VANDA PAHILE YO VIDEO HERNU HOLA


NEPALMA BHASHIKO MASU TATHA MOMO KHANELE HERNU HOLA


Sindhuliko सडकमा करोडौं लगानी, वालुवामापानि

 

सिन्धुली ,२५ असार – माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा अनुगमन टोलीका संयोजक डम्बर कार्कीले बुधबार जिल्ला विकास समिति सिन्धुलीको सर्वदलिय बैठकमा अरुणठाकुर गाविस ५ स्थित न्याउले बस्ती पहिरोको उच्च जोखीममा रहेको जानकारी गराए । उक्त बस्ति असारको दोस्रो सातमा आएर निर्माण गरिएको लाम्पानटार—अरुणठाकुर सडकका कारण पहिरोको जोखीममा परेको हो । असारमा बुलडोजर लगाएर सडक निर्माण गर्दा वर्षातले न्याउलेभिर बग्दा त्यस तलका दश घर आदीवासी जनजाती जोखीममा परेको कार्कीको भनाई छ । उनले उक्त सडक निर्माणमा तत्काल रोक लगाउनु पर्ने र बस्तिलाई सुरक्षित स्थानमा सार्नु पर्ने माग गरे ।


पहिरोमा परिणत सडक

कार्कीले आठ लाख रुपैयाँको लागत रहेको चीसापानी जगाडी सडक कागजमा हालै निर्माण सम्पन्न भएपनि पहिरो देखी केही नभएको तर्क गरे । आफुहरु अनुगमनका क्रममा पुग्दा उक्त सडकमा पहिरो देखी केही नदेखेको कार्कीको भनाई छ । नेकपा एमालेका नेता तथा सर्वदलिय अनुगमन समितिका संयोजक विनोद खड्काले पनि बुधबार जिल्ला विकास समिति सिन्धुलीको सर्वदलिय बैठकमा १ करोड १० लाख रुपैयाँको लागतमा निर्माण गरीएको कर्मैया—पिपलमाढी सडकमा गाडी गुड्नै नसक्ने जनाए । करोडौं रुपैयाँ लगानी गरेर हालैमात्र निर्माण गरिएको उक्त सडक निर्माणमा लापरबाही हुँदा यस्तो अवस्था आएको उनको भनाई छ ।
४९ लाख १४ हजार रुपैयाँ लागतमा निर्माणाधिन हरिवन—क्यानेश्वर सडकको पनि अवस्था उहि छ । स्टमेट अनुसारको बजेट खर्च गरिएपनि गाडी गुढ्नेवाल छैन् । लाखौं रुपैयाँ खर्चिएको सितलपाटी—खाल्टे—गौखर्क सडक एक साता अघिमात्र निर्माण सम्पन्न भएपनि अहिले उक्त सडकमा गाडी गुड्नै नसक्ने जिल्ला विकास समितिकै लेखा परिक्षक तथा अनुगमन समितिका सदस्य शुसील बर्माको भनाई छ ।

नेपाली काँग्रेसका क्षेत्रीय सभापति तथा अनुगमन समितिका संयोजक कर्णबहादुर मगरले पनि आरुबोटे—सालुके—रत्नावती सडक एक साता अघिबाट मात्र निर्माण सुरु भएकाले स्टमेट अनुसार हुने र गुणस्तरीय रहनेमा शंका गरे । ‘असारको मध्यमा आएर निर्माण गरिएको उक्त सडक निर्माण गर्दै जाने, वर्षातले बगाउँदै जाने हुँदाँ उक्त सडकमा गाडी हैन मान्छे हिड्न समेत समस्या हुनुका साथै सडक तलका बस्ति पहिरोको उच्च जोखीममा परेका छन्,’ उनले भने ।

अनुगमन समितिको प्रतिवेदन सार्वजनीक गर्ने क्रममा अधिकांस टोलिले जिल्लामा निर्माण गरिएका सडकको दुरावस्थाका बारेमा यसरीनै जानकारी गराएका थिए । यी सबै सडक चालु आर्थिक वर्षको योजना अनुसार निर्माण गरिएका हुन् । जिल्लामा चालु आर्थिक वर्षमा सात करोड रुपैयाँबढीका सडक आयोजनाहरु पुरा भएका छन् । तर, ति कुनैपनि सडक आयोजनाहरुमा सवारी साधन सञ्चालन हुने अवस्थामा छैन् । सडकमा भएका लगानी वालुवामा पानी खन्याँए सरह भएको भन्दै अनुगमन समितिले सडक निर्माणमा बैज्ञानिक ढंगले स्टमेट नबनाउँदा पहडा चिर्ने र बजेट सक्नेमात्र काम गर्दा सडकले झन पहिरो निम्त्याउने गरेको जनाएका हुन् ।
प्रायः हरेक वर्ष दश एघार महिनासम्म सुस्ताउने अनि आर्थिक वर्षको अन्त्य असारमा आएर हतारमा सडक खन्ने प्रवृत्तिले जिल्लामा सडकका काम कहिलै उपलब्धी मुलक हुन नसकेको हो । ‘यस्ता सडकमा वर्षेनी करोडौं रुपैयाँ खर्च भएपनि एक महिनापनि गाडी चल्न सक्दैनन् । कागजमा बजेट पनि सकिएको छ । फिल्डमा बाटो पहिरोमा परिणत भएको छ, बतिपय सडकहरु बस्तिनै बगाउने गरी पहिरोमा परिणत भइसकेका छन्,’ कार्कीले थपे ।

सडक निर्माणमा जिल्ला विकास समिति र प्राविधिकहरुकै लापरबाहीका कारण यस्तो अवस्था आएको उनले जनाए ।

‘स्काभेटर ड्राइभरकै इन्जीनियरीङमा सडक खनिन्छ । ड्राइभरलाई जताजता सझिलो हुन्छ, उताउतै सडक निर्माण गर्दा, ग्रेड मिल्दैन् । चौडाई र मोडको कुनै वास्थानै छैन् । पहरा र भिरालो स्थानकको कुनै ख्याल नै छैन् । दिर्घकालीन टिक्ने भुक्षय हुने नहुने कुनै अनुसन्धान छैन् । हिउँदमा कहिलै सडक खनिन्न । बर्खा लागेपछि मात्र सडक खन्ने परम्परा छ । यसले कुनै वर्षपनि नयाँ सडकमा गाडी गुड्ने अबस्था आएन । काम नसकिदै पहिरोमा परिणत हुन्छन्,’ अनुगमन समितिका संयोजक कार्कीले थपे ।

जिल्लामा अधिकांस ग्रामिण सडकको वर्खामा अवशेषमात्र बाँकी हुने गरेको छ । असारमा निर्माण गरिने त्यस्ता सडकहरु एक महिना नवित्दै असारको भेलले क्षतविक्षद गरिदिने गरेको छ । असारमा काम भएका सडकहरु सबै पहिरोमा परिणत हुने गरेको स्थानीय स्वयम बताउँछन् । जसका कारण गाडी सञ्चालन हुनु भन्दा पनि मान्छे पैदल हिडडुल गर्न समेत डरमर्नुको अवस्था भएको छ ।

निर्वाचन क्षेत्र विकास कोषका प्राय सबै बजेट जिल्लामा सडक निर्माणकै लागि छुट्याउने गरीएको छ । त्यस्ता आयोजनाहरुमा पनि ठुला डोजर प्रयोग गरेर सडक निर्माण गर्ने गर्दा भुकम्पले हल्लाएर कमजोर बनेका पहाडहरु वर्षा लाग्नेसाथ बग्न थालेका छन् । यसले दर्जनौं बस्तिहरुनै जोखीममा परेको अनुगमनका क्रममा पाइएको बताइएको छ । यसरी असार मसान्तमा आएर सडक निर्माणको काम गर्दा त्यसमा गुणस्तर हुनै नसक्ने भएकाले यसप्रति सबै चनाखो हुनु पर्ने सुझाव छ । बजेट सदुपयोग नहुनेदेखी आर्थीक हिनामिना हुने समेत आशंका गरिएको छ ।

Friday, 8 July 2016

Sindhuli ma असारे विकासमा चरम लापरबाही

 


अधिकांस योजना कागजमैमात्र सम्पन्न
सिन्धुली ,२५ असार– असारमा युद्धस्तरमा भएका विकास निर्माणका काममा गुणस्तदेखी परिणाम समेत नहुने गरेको पाइएको छ । प्रायः विकास निर्माणका कामहरु स्टमेट अनुसार नहुने, कामै भएकाको पनि ७० प्रतिसतमाथी कहिलै पुरा नहुने देखी  गुणस्तरहीन देखी परिणामविहिन समेत हुने गरेको पाइएको हो ।

सिन्धुलीको मरिण क्षेत्रमा अनुगमनका लागि पुगेको सर्वदलिय टोली

सरोकारवालाहरुको सर्वदलिय अनुगमन टोलीले हालै गरेको अनुगमनका क्रममा जिल्लाका अधिकांस विकास निर्माणका कामहरु आर्थीक वर्षको अन्त्यमा आएर संचालन गर्ने र त्यसको गुणस्तर देखी स्टमेट अनुसारको परिणाम मुखी समेत नहुने गरेको तथ्य पत्ता लगाएको हो । एक साता अघि जिल्ला भरको अनुगमन गरेर फर्केको अनुगमन टोलीले जिल्ला विकास समितिमा बुधबारबाट आफ्ना प्रतिवेदन सार्वजनीक गर्ने क्रममा अधिकांस योजनाहरु कागजमा मात्र सम्पन्न हुने, कतिपयको २० देखी ३० प्रतिशत पनि काम नहुने, प्राविधिक स्टमेट भन्दा फरक काम हुने, उपभोक्ता समितिले नाफा खाएर ठेकेदारलाई काम जिम्मा दिने, एउटै व्यक्ती तिनवटासम्म उपभोक्ता समितिको अध्यक्ष हुने, जनसहभागिता अन्तरगत २० प्रतिसत कुनैपनि उपभोक्ताले लगानी नै नगर्ने देखी जिल्लाका प्राविधिकहरु एक पटकदेखी दो¥याएर फिल्डको अनुगमनमै नजाने गरेको पाइएको जनाएको हो ।

‘दुरदराज गाउँमा भएका योजना सञ्चालनमा सामान्य सर्तहरु समेत पुरा भएका छैनन्, अनुगमनमा संलग्न डम्बर कार्कीले आफ्नो प्रतिवेदन सार्वजनीक गर्दै भने, ‘गाउँमा कहाँबाट कती पैसा के कामका लागि आएको भन्ने पनि स्थानीयलाई थाहा छैन् । उनिहरुलाई उभोक्ता गठनका बारेमा पनि जानकारी छैन् । तर, जिल्ला विकास समितिको कागजमा उपभोक्ता समिति पनि छ । स्टमेट पनि छ । गाउँमा पुग्दा उक्त योजनाको कुनै नाम नीसानानै छैन् । काम गर्ने उपभोक्ता समितिका पदाधिकारी पनि छैनन् ।’

आफ्नो टोलीले ९० वटा आयोजनाको अवलोकन गर्दा मुस्कीलले एक दर्जनले मात्र काम पुरा गरेको पाइएको कार्कीले जनाए । ‘आठलाख रुपैयाँको लागतमा निर्माण सम्पन्न गरेको चीसापानी जगाडी सकडमा अहिले गाडी चड्दैन् । निपाने २ मा ४० लाख रुपैयाँको लागतमा निर्माणगरीएको साना सिँचाईको काम दश प्रतिसतपनि भएको छैन् । एक करोड ६५ लाख रुपैयाँको लागतमा निर्माण गरीएको बोक्टी सिचाई आयोजनामा पानी बग्ने अवस्था छैन् । के काम भएको भन्ने । स्टमेट एकातिर छ । काम अर्कोतीर भएका छन् । ती आयोजनाको मुल्यांकनका लागि जिल्लाबाट प्राविधिकहरु समेत फर्केर नगएको पाइयो,’ कार्कीले भने ।

अनुगमनका अर्को समुहका संयोजक विनोद खड्काका अनुसार शंकरेश्वर उमाविले जिल्ला शिक्षा कार्यालयबाट शौचालय निर्माणका लागि एक लाख रुपैयाँ बजेट निकासा गरेपनि काम भने केही भएको छैन् । द्धारीखोला नदी नियन्त्रणका लागि आठ लाख रुपैयाँ विनियोजन भएको भएपनि काम हुन सकेको छैन् । ४९ लाख लागतको हरिवन क्यानेश्वर सडकको काम ६० प्रतिसतपनि सम्पन्न भएको छैन् । स्टमेट अनुसार ५८ घन मिटर ग्राभेल विच्छाउने काम बाँकी नै छ । तर, समितिले काम सम्पन्न भएको भन्दै रकम भुक्तानीका लागि जिल्ला विकास समितिमा कागजात पेश गरेका छन् । ‘क्यानेश्वर चिसापानी सडकको कुनैपनि काम भएको छैन् । तर उक्त सडकपनि निर्माण सम्पन्न भएको भन्दै रकम भुक्तानीका लागि जिल्ला विकास समितिमा माग भएको छ । यसको बजेट दुई लाख २५ हजार छ । साना बजेटका कामै भएका छैनन् । ठुला बजेटको झारोटार्ने काम भएको छ । यस्ता आयोजनाको सबै भुक्तानी भन्दापनि कार्यसम्पन्न मुल्यांकनका आधारमा भुक्तानी दिनु उचित देखिन्छ,’ खड्काले भने ।

जिल्ला विकास समितिका लेखा परिक्षण अधिकृत तथा अनुगमनका सदस्य शुसील बर्माले जिल्ला विकास समितिलेनै करोडौं रुपैयाँ खर्च गरेर सञ्चालन गरेको सुनौलो हजार दिन कार्यक्रम प्रभावकारी नभएको पाइएको बताए । ‘झारा गाविस ५ स्थित कालीमाटी नदी नियन्त्रणका जाली खरिद गरेर लगेपनि जंगलमा अलपत्र पारेर छाडेको पाइयो । त्यहाँ जाली लगाउने काम भएको छैन् । तर काम सम्पन्न भन्दै विल भुक्तानीका लागि समितिले अनुरोध गरेको छ । सीतलपाटी—खाल्टे—तारडी— गौखर्क सडकको स्टमेट अनुसार कामै भएको छैन् । स्टमेटमा एउटा काम छ तर उपभोक्ता समितिले अर्कै काम गरेका छन् । यसलाई काम भएको भन्नेकी नभएको भन्ने नियमले हो भने यो कामै नभएको मान्निछ,’ उनले भने । कामदा उमावीको २४ लाखको विद्यालय भवनमा काठका झ्यालढोका पुरानो प्रयोग गरिएको छ । स्टमेट अनुसार नयाँ हाल्नु पर्ने छ ।

एक नम्बर अनुगमन समितिका संयोजक कर्णबहादुर मगरले अधिकांस सडक निर्माणका आयोजनामा जनशक्ति प्रयोग गर्नु पर्ने भएपनि उपभोक्ता समितिले चर्को मुल्यको विल बनाएर स्काभेटर प्रयोग गर्ने गरेको पाइएको जनाए । मेसीन लगाउनै नमिल्ने ठाउँमा स्कभेटर प्रयोग गरेको पाइएको छ । जुन प्रति घण्टा लगाइएको मेसीनको चार्ज अत्याधिक महंगो छ । जिल्लामा गैरसरकारी संघ संस्थाले संचालन गरेका कार्यक्रमको गाउँमा कुनै निसानानै नभेटीएको अनुगमन समितिहरुले जनाएका छन् । करोडौ रुपैयाँ खर्च गरेको संघसंस्थहरुले अधिकांस बजेट तालिम र गोष्ठिमा मात्रै खर्च गरेकाले ठोस काम केहीनै नभेटीएको हो । सिँचाई, भुसंरक्षण, कृषी, पशु र वन कार्यालयले सञ्चालन गरेका राष्ट्रपति चुरे संरक्षण कार्यक्रम प्रभावकारी हुनै नसकेको बताइएको छ ।
सडक निर्माणमा कुनै ग्रेडीङनै नभएको पाइएको छ । उपभोक्ता समितिहरुले योजनाको सार्वजनीक होर्डीङ बोर्ड नराख्ने, सार्वजनीक सुपरिवेक्षण नगर्ने गरेको पाइएको छ । अनुगमनमा जिल्ला स्थित राजनीतिक दल, इन्जीनियर, जिल्ला विकास समितिका प्रतिनीधि, पत्रकार, विभिन्न गैर सरकारी संस्थाका प्रतीनीधि लगायतको सातवटा टोली परिचालीत थिए । प्रतिवेदन सार्वजनीक कार्यक्रममा सहभागि सांसद गाणेश पहाडीले जिल्लामा सडक र नदी नियन्त्रणमा भएको लगानी बालुवामा पानी हाले झै भएको प्रतिक्रिया दिए । उनले यस्ता आयोजनाहरुमा वर्षेनी करोडौं रुपैयाँ खर्च भएपनि उपलब्धी भने सुन्य जस्तै हुनु दुःखद भएको बताए । एकिकृत विकास अवधारणा नहुँदा ठोस उपलब्धी हुन नसकेको उनको भनाई थियो ।

कार्यक्रममा सहभागि जिल्ला स्थित राजनीतिक दलका सिर्ष नेताहरुले अनुगमन समितिको मुल्यांकनका आधार रकम भुक्तानी गर्न र कामै नगर्ने उपभोक्ता समितिलाई कारबाही गर्न जिल्ला विकास समितिलाई निर्देशन दिएका थिए । उता स्थानीय विकास अधिकारी इश्वर गीरीले अनुगमन समितिको प्रतिवेदनलाई कडाईका साथ लागु गर्ने र सोही अनुसार भुक्तानी गर्ने उल्लेख गरे ।