Thursday, 30 June 2016

सोर सम्राट नारायण गोपालको भन्दा अझराम्रो अतिमिठो स्वरमा यो गाना सुनुहोस नत्र पछुतो लाग्ला


सिन्धुली लाम्पन्टार ७ निवासी अर्जुन बस्नेत ले हाम्रो सिन्धुली पोष्ट लाई यो मिठो गाना गाएर पठाएकोमा तपाइलाई धन्नेबाद फेरिपनि आफनो कला प्रस्तुत गर्न  सिन्धुली पोस्टलाई सम्झिनु होला हामी निसुल्क पोष्ट गरिदिनेछौ |
ठेगाना
सिन्धुली पोष्ट

www.Sindhuli  post  facebook /page 




सोर सम्राट नारायण गोपालको भन्दा अझराम्रो अतिमिठो स्वरमा यो गाना सुनुहोस नत्र पछुतो लाग्ला


सिन्धुली लाम्पन्टार ७ निवासी अर्जुन बस्नेत ले हाम्रो सिन्धुली पोष्ट लाई यो मिठो गाना गाएर पठाएकोमा तपाइलाई धनेबाद फेरिपनि आफनो कला प्रस्तुत गर्न  सिन्धुली पोस्टलाई सम्झिनु होला हामी निसुल्क पोष्ट गरिदिनेछौ |
ठेगाना
सिन्धुली पोष्ट

www.Sindhuli  post  facebook /page 




नेपालीको इजरायल मा तलबभत्ता बिर्दी भएको छ


 Post By Arjun Basnet
The new minimum monthly salary is 4,825 NIS (before deductions) Note: to be effective on Aug 10th, when the salary of July is to be paid.
The new minimum salary per day is 193 NIS
The new minimum salary for a holiday is 290 NIS
The new minimum salary for a weekly day-off (Shabbat) is 435 NIS
Below are the different new minimum salaries, after the deductions allowed by law (for food, housing and medical insurance), INCLUDING weekly allowance:
  1. Tel Aviv area - 3,911 NIS
  2. Jerusalem area - 3,940 NIS
  3. Haifa / Center areas - 3,987 NIS
  4. South / North areas - 4,008 NIS

पोल्यान्डमा इसाई धर्म छोडेर 50औं लाख मान्छेहरु हरे राम हरे कृष्ण मन्त्रमा रमाउदै गर्दा नेपालका इसाईहरुले यो video हेर्ने होकि


Wednesday, 29 June 2016

मुस्ताङको लोमान्थाङ क्षेत्रमा युरेनियम, पेट्रोल र नुनखानी : औपचारिक रुपमा पुष्टि



मुस्ताङ – युरेनियम अन्वेषण, पेट्रोलियम पदार्थ र नुनको खानी अध्ययन गर्न यहाँ आएको सरकारी टोलीले आफ्नो अध्ययन पूरा गरेको छ । उपल्लो मुस्ताङको लोमान्थाङ क्षेत्रमा वि।सं २०७०÷७१ सालमा गरिएको प्रारम्भिक अन्वेषणबाट पत्ता लागेको युरेनियमको अध्ययनमा थप नयाँ तथ्य फेला परेको टोलीले दाबी गरेको छ ।

त्यस्तै, मुक्तिनाथ क्षेत्रमा पेट्रोलियम पदार्थको भण्डार र छुसाङ गाविसको तेताङमा नुनको खानी रहेको सरकारले औपचारिक रुपमा पुष्टि गरेको छ । खानी तथा भूगर्भ विभागले वि।सं २०७०÷७१ मा गरेको प्रारम्भिक अन्वेषणमा लोमान्थाङ क्षेत्रमा १० किमि लम्बाइ र तीन किमि चौडाइमा युरेनियम भेटिएको थियो ।

“युरेनियमका विषयमा नयाँ र सकारात्मक तथ्य फेला परेका छन्, यसले हामीलाई थप उत्साहित बनाएको छ”, खानी तथा भूगर्भ विभागका वरिष्ठ भूगर्भविद् धर्मराज खड्काले भने, “समग्रतामा यसमा धेरै प्रगति देखिएको छ, युरेनियमको परिमाण धेरै र गुणस्तर पनि उत्कृष्ट खालको भेटिएको छ ।” युरेनियमलाई इन्धन र परमाणु हतियार निर्माणका लागि कच्चापदार्थका रुपमा प्रयोग गर्न सकिन्छ । नेपालमा युरेनियम अन्वेषण र उत्खनन गर्न कानुन अभाव रहेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराइएको भूगर्भविद् खड्काले जानकारी दिए।

“यही रुपमा प्रगति देखिँदै जाने हो भने अबको ४ वर्षभित्र हामी उत्खनन्को तहसम्म पुग्छौँ, त्यसका लागि हामीले तत्कालै आणविक ऐन बनाउनुपर्छ”, उनले भने । भूगर्भ विभागका अनुसार, मकवानपुर, वैतडी र बझाङ जिल्लामा समेत युरेनियमको खानी भेटिएको छ । २० वर्षअघि छुसाङको तेताङ गाउँमा नुन उत्खनन हुने गरेपनि अहिले भने यो काम पूर्णरुपमा बन्द छ ।

खानी तथा भूगर्भ विभागका प्रमुख राजन पौडेलले स्थलगतरुपमा गरिएको अध्ययन र सङ्कलन गरिएको तथ्यबाट मुक्तिनाथ क्षेत्रमा पेट्रोलियम पदार्थ र तेताङमा नुनको खानी रहेको पुष्टि भएको बताए ।

“नुनका विषयमा हामी सबै जानकार छौँ, त्यसका साथै पेट्रोल र युरेनियमको खानी रहेको औपचारिक रुपमा पुष्टि भयो”, प्रमुख पौडेलले भने । लोमान्थाङमा युरेनियम अन्वेषणका लागि उद्योग मन्त्रालयले थप प्राविधिक टोली छिट्टै खटाउने उद्योगमन्त्री सोमप्रसाद पाण्डेले बताए ।

“कानुन बनाउन पनि मन्त्रालय लाग्नेछ भने त्यसपूर्व यसको सबै प्रक्रिया पूरा गर्न राज्यले कुनै कसर बाँकी राख्नेछैन, आवश्यक परे विदेशी सहयोग पनि लिन्छौँ”, उनले भने । सोमबार मुस्ताङ पुगेको टोली बुधबार राजधानी फर्किएको छ ।


Sunday, 26 June 2016

अवतरण गर्ने क्रममा सिंगापुर एयरलाइन्सको विमानमा आगलागी



 

चियाङ्गी – प्राविधिक समस्या देखिएपछि आकस्मिक अवतरण गर्नुपरेको सिंगापुर एयरलाइन्सको विमानमा आगलागी भएको छ । एसक्यु३६८ कल साइन भएको विमान सिंगारपुरको छांगी विमानस्थलबाट इटालीको मिलानतर्फ उडान भर्ने क्रममा इन्जिन आयलमा समस्या देखिएपछि फर्किएर छांगी विमानस्थलमा नै फर्कनुपरेको थियो । त्यतिबेला विमान उडेको २ घण्टा भइसकेको थियो ।


अवतरण गर्ने क्रममा विमानमा आगलागी भएको थियो । ‘अवतरणपछि विमानको दाहिने पट्टीको इन्जिनमा विहान ६ बजेर ५० मिनेट जाँदा आगलागी भएको छ,’ सिंगापुर एयरलाइन्सद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

अवतरणपछि बोइङ ७७७०–३०० इआर विमानको आगो निभाइएको थियो । विमानमा सवार २२२ यात्रु र १९ विमान कर्मचारी सुरक्षित रहेका छन् ।

विमानका यात्रु मध्ये एक ४३ वर्षीय लि बि यीले विमानमा पेट्रोलियम पदार्थ गनाएको बताइन् । ‘त्यसपछि पाइलटले विमानबाट इन्धन चुहिएको र मिलान जान नसकिने भन्दै छांगी विमानस्थल फर्कन लागेको जानकारी दिए,’ उनले भनिन् ।

साझा सवाल अङ्क ४४९ - सरकारले डेढ बर्षभित्र गरिसक्ने भनेको ३ वटा चुनाब... ?


अबदेखि नेपालमा धर्म प्रचार माथी प्रतिवन्ध

 

संविधानद्वारा धर्म निरपेक्षताको प्रत्याभूति गरिएको नेपालमा अबदेखि नेपालमा गैरसरकारी संस्थाहरुले कुनै पनि धर्मप्रचार जस्तो देखिने कार्य गर्न नपाउने भएका  छन ।
स्थनीय विकास मन्त्रालयले असार ६ गतेको सूचनामा धर्मप्रचार जस्तो काम गर्ने परियोजनालाई अस्वीकृत गर्ने जनाएको छ । सबै जिल्ला विकास समितिको कार्यालयहरुको नाममा मन्त्रालयको सामाजिक परिचालन तथा गैसस समन्वय शाखाको सचिवस्तरको निर्णय भनी जारी गरेको  पत्रमा भनिएको छ “परियोजना सम्झौता गर्दा वा पूर्व सहमति दिंदा धर्मप्रचार वा तत्सम्बन्धि गतिविधि संचालन गर्ने प्रकृतिका परियोजनालाई अस्वीकृत गर्ने ।”
जिविसहरुले अस्वीकृत गरेको कार्यक्रम स्थानीय गैससहरुले सञ्चालन गर्न पाइँदैन । पत्रमा कुनै धर्मविशेषलाई नकिटेर समग्रमा सबै धर्मका कार्यक्रमहरु गर्नबाट गैरसरकारी संस्थालाई वञ्चित गरिदिँदा अब नेपालमा इसाई, बौद्ध धर्म लगायतले गैसरसरकारी संस्थाहरुमार्फत धर्म प्रचार का कामहरु गर्न नपाउने भएका छन ।
धार्मिक संस्थाहरुले सामाजिक सेवाका कुनैपनि काम गर्नुलाई धर्मप्रचारको नाम दिन यस परिपत्रले खुला छोडेको देखिन्छ । साथै “तत्सम्बन्धि गतिविधि”लाई परिभाषित गर्न पनि सरकारी निकायलाई खुला छोडेकोले सरकारी कर्मचारीलाई मन नपर्ने कुनैपनि काम गर्दा भविष्यमा धर्मप्रचार गरेको आरोप लगाउने निश्चित भएको छ ।
नेपालमा हिन्दु धर्म बाहेकका अरु धर्ममान्नेहरुलाई आजको दिनमा पनि धर्मको प्रचारप्रसार गर्ने छुट छैन । २००० सालमा नेपालबाट करिब एक दर्जन नेपाली बौद्ध भिक्षुहरुलाई धर्मप्रचार गरेको अभियोगमा देशनिकाला गरिएको थियो ।

Sindhuli Ko Ati Ramro Gumn Laek Thau


सीप सिक्न इजरायल गएका युवा ६ करोड लगानी लिएर फर्के



आजभन्दा दुई वर्षअगाडि सीप सिक्न भन्दै इजरायल पुगेका युवाहरु ६ करोड रुपैयाँ लगानी जुटाएर नेपाल फर्केका छन्।

साना किसान कृषि सहकारीमार्फत कृषि प्रशिक्षण गर्न इजायल पुगेका ६० जना युवाले एनआरएन इजरायलको सहयोग लगानी लिँदै नेपाल फर्केका हुन्।

साना किसान विकास बैंकले गाउँगाउँमा सञ्चालन गरेको साना किसान कृषि सहकारी संस्थामार्फत ‘लर्निङ एण्ड अर्निङ’  कार्यक्रमका लागि फ्रि भिसामा त्यहाँ पुगेका हुन्।

साना किसान सहकारीले गाउँगाउँमा रहेका सहकारी सेयर सदस्य किसान परिवारका २१ देखि ३० वर्षसम्ममा प्लस टु पास गरेका युवायुवतीलाई कृषिको प्रशिक्षण कार्यक्रममा पठाउने गरेको छ।  सहरकारीले अहिलेसम्म यस्तो प्रशिक्षण कार्यक्रममा १३ सय ५० युवायुवतीलाई इजरायल  पठाइसकेको छ। पुनः यही कार्यक्रमका लागि ४ सय ३० जना युवा जाने तयारीमा छन्।

इजरायलबाट लगानी जुटाएर नेपाल फर्केका ग्रुप लिडर विनोद घिमिरेका अनुसार कृषि सम्बन्धी अध्ययन तथा प्रयोगात्मक  र आधुनिकीकरणको विषयमा सीप सिक्ने उद्देश्यले टोली इजरायल पुगेको हो।

‘सातामा १ दिन कृषि सम्बन्धी अध्ययन हुने कलेजमा पढ्यौँ र  ५ दिन किसानका कृषि फार्ममा गई प्रयोगात्मक अध्ययन गर्यौँ’ उनले भने  ‘फार्म व्यवस्थापन र व्यवसायिक कृषि गर्दा अपनाउनु पर्ने आधारभुत सुरक्षा सम्बन्धी कुराहरु सिक्यौँ।’

कृषिमा यान्त्रिकीकरण प्रयोगको महत्वपूर्ण भूमिका हुने भन्दै उनले नेपाललाई पनि त्यसतर्फ लैजानुपर्ने जोड दिए। प्राविधिक रुपमा बोट विरुवाहरुलाई हुर्काउने र उन्नत जातका पशुहरुको नश्ल सुधार सम्बन्धी धेरै कुराहरु थाहा पाएको उनले बताए।


 नेपालमा पनि अहिले कतिपय स्थानमा व्यवसायिक कृषि फार्महरु सञ्चालमा आइसकेका छन्। फार्म सञ्चाल गर्दा आवश्यक पर्ने व्यवस्थापन  र सुरक्षा सम्वन्धी सामान्य ज्ञान पनि नहुँदा चाहेअनुसार उत्पादन वृद्धि हुन भने सकेको छैन।

कृषि यान्त्रिकीकरणलाई सुधार गर्दै आफूहरुले सामुहिक एकीकृत  कृषि फार्म सञ्चालन गर्ने उद्देश्य राखेको घिमिरेले बताए। ‘कृषि व्यवसायलाई यान्त्रिकीकरण गरेमा छोटो समयमा, थोरै श्रमको प्रयोगबाट धेरै उत्पादन लिन सकिन्छ तसर्थ यसलाई अवलम्बन गर्नैपर्छ’ उनले भने। परम्परागत शैलीमै कृषि पेशा गरिँदा कृषिजन्य सामानको आयात बढेको उनको भनाई छ।

कृषिमा आत्मनिर्भर हुन व्यवसायिक रुपमा कृषि गर्नेहरुको खाँचो छ। त्यही खाँचोलाई केही भए पनि पुरा गर्ने लक्ष्यका साथ आफूहरु लगानी जुटाउँदै नेपाल फर्केको उनले बताए।

‘यसको लागि सबैभन्दा पहिले एउटा सहकारी स्थापना गर्ने र शाखाहरुमार्फत जिल्लास्तरमा कृषि फार्महरुलाई विस्तार गर्ने लक्ष्य लिएका छौँ’ घिमिरेले भने।

प्राविधिक ज्ञान भएकाहरुले ५ लाख रुपैयाँसम्म लगानी गर्दै सहकारी संस्थाको सदस्य हुन पाउने छन् भने प्राविधिक विषयमा ज्ञान नभएकाहरुले ८ देखि १० लाख रुपैयाँसम्म लगानी सदस्य बन्न पाउने व्यवस्था गरिने उनले बताए। उनकाअनुसार सहकारीमा १ सय २५ भन्दा बढी सेयर सदस्य रहने छैनन्।

‘यसरी सञ्चालन हुने सहकारीमार्फत जिल्लाको भौगोलिक अवस्था, हावापानी र त्यहाँको विशेषतालाई अध्ययन गरी संस्थागत रुपमै व्यवसायिक कृषि गर्ने हो’, उनले भने, ‘अब इजरायलमा सिकेर आएको सिप र ज्ञानको प्रचुर रुपमा प्रयोग हुन्छ।’

इरायलमै सिप सिकेर आएका युवा केदार ढुंगानाले सिप सिक्ने दिएको अवसरलाई आफूहरुले बालुवामा  पानी हालेजस्तो हुन नदिने बताए।

सरकारले भनेजस्तो दुई वर्षमा देशलाई कृषिमा आत्मनिर्भर बनाउने हो भने जीवन निर्भाहमुखी कृषि पेसालाई व्यवसायिक रुपमा लैजानुपर्नेमा उनले जोड दिए।

देशमै व्यवसायिक कृषि सुरुआत भएमा विदेश पलायन भइरहेका युवाले पनि देशमै रोजगारको अवसर पाउने उनले बताए। ‘७० प्रतिशत भन्दा बढी मानिस कृषि पेशामै रहँदा पनि देश कृषिमा आत्मनिर्भर हुन नसक्नु दुःखद कुरा हो’ ढुंगानाले भने।

परम्परागत कृषि पेशालाई परिवर्तन गर्न यस क्षेत्रमा सिप र ज्ञान हासिल गरेकाहरुलाई हौसला प्रदान गर्न राज्यले पहल गर्नुपर्ने साना किसान कृषि सहकारीका अध्यक्ष खेमप्रसाद पाठक बताउँछन्।

कृषि पेशालाई सम्मानित र व्यवसायिक बनाउन साना किसान कृषि विकास बैंकको मार्फत युवाहरुलाई प्राविधिक रुपमा दक्ष बनाउन किसान परिवारकै सदस्यलाई इजरायल पठाउने गरेको उनले बताए। हालसम्म १३ सय ५० युवालाई इजरायल पठाएको उनले बताए। इजरायलमा युवाहरुले सरदर वार्षिक ५ लाख रुपैयाँ आम्दानी गर्नुका साथै प्राविधिक विषयमा ज्ञान लिएर  नेपाल आउने गरेको उनले बताए।

‘उनीहरलाई हामीले सम्मान पनि गर्नुपर्छ, विदेशमा सिप सिक्दै देशमै  व्यवसायिक कृषि गर्ने जोस जाँगर निकाल्नेहरुलाई सरकारले पनि हौसला दिनुपर्छ’ उनले भने। 

Saturday, 25 June 2016

ड्युटीको विषयलाई लिएर अफगानिस्तानमा नेपाली-नेपालीबीच झडप


जुनियर लेभलका सुरक्षाकरमीले सिनयरलाई हातपात गरे

असार १२, २०७३- अफगानिस्तानको काबुलस्थित जिफोरएस सिक्युर सोलुसनमा कार्यरत नेपाली नेपालीबीच झडप भएको छ । गएराति स्थानीय समयअनुसार करिव साढे ९ बजे जिफोरएसमा कार्यरत सिनियर र जुनियर सुरक्षाकर्मी नेपालीबीच झडप भएको हो ।

शनिबार ३ सय ८५ जना नेपाली सुरक्षाकर्मीले रातिबाट ड्युटी छाड्ने घोषणा गरेको तर पछि गोराहरुले सिनियर लेभलका नेपाली सुरक्षाकर्मीलाई 'फकाएर' काममा लैजान लागेपछि ड्युटी जाने वा नजाने भन्ने विषयमा नेपाली नेपालीबीच विवाद हुँदा झडप भएको ९ वर्षदेखि अफगानिस्तानमा कार्यरत तनहुँका होमबहादुर थापाले बताए ।

उनका अनुसार सुपरभाइजर र सिनियर लेभलका सुरक्षाकर्मीले सुरुमा शनिबार रातिदेखि नै ड्युटी छाड्ने भनेर सहमति गरेपनि पछि आएर गोराहरुको प्रभावमा परेर ड्युटी जाने निर्णय गरेपछि हामी माथि 'धोका' भयो भन्दै जुनियर लेभलका सुरक्षाकर्मीले हातपात गरेका थिए ।

थापाले भने, 'पहिले ड्युटी नजाने भन्ने, पछि जान्छौं भन्ने भन्ने? भन्दै केही साथीहरु आक्रोशित हुनभयो र सुपरभाइजरसँगै सिनियर लेभलका सुरक्षाकर्मीमाथि जाइलाग्नुभयो ।'

नेपाली कामदारको सुरक्षाको प्रत्याभूति गर्न र तलब बढाउन नसक्ने व्यवस्थापनले अडान राखेपछि सबै नेपाली ड्युटी छाडेर स्वदेश फिर्न राजी भएको थियो । नेपाली कामदारको सवाललाई अफगानिस्तान आइपुगेका कार्यबाहक राजदूत तीर्थराज अर्यालले जिफोरएसका उच्च व्यवस्थापनसमक्ष राखेका थिए ।

त्यस कम्पनीमा कार्यरत नेपाली कामदारको अवस्था बुझ्न अर्याल स्थानीय समय अनुसार शनिबार ४ बजे अन्जुमान क्याम्पमा पुगेका थिए । उनी राती ८ बजे क्याम्पबाट बाहिर निस्केका थिए ।

‘राजदूतले हाम्रो समस्या झन्डै दुई घण्टा सुनेर व्यवस्थापन समक्ष राख्नुभयो । व्यववस्थापनले हाम्रो माग पुरा गर्न नसक्ने भयो,' थापाले इकान्तिपुलाई भने,‘त्यसपछि हामीले ड्युटी गर्न नसक्ने सामूहिक निर्णय सुनायौं ।’

त्यस क्याम्पबाट झन्डै दुईसय नेपाली सुरक्षाकर्मी बिहान ६ बजेबाट ड्युटी गएका थिएनन् । ‘बिहीबार राति १० बजे ड्युटी गएका एकसय २० जना साथीहरु पनि गोराहरुलाई हतियार बुझाएर क्याम्ममा फर्किए,' उनले भने, ‘स्वदेश जान पाउने भएपछि हामी सबै साथीहरुले खुसीले ताली बजाएर स्वागत गर्‍यौं ।’

उनीहरुले ८ सय ५० डलरबाट बढाएर एक हजार ५० डलर पुर्‍याउन माग राखेको थिए । ‘हामी अफगानिस्तानमा इस्टाटिक ड्युटी (जहाँ ड्युटी गर्ने हो । त्यहाँ नै बस्ने) गर्न आएका थियौं,' लोकनाथ पौडेलले भने, ‘हामी सित्तैमा काम गर्न आएका होइनौं । हाम्रा मागहरु पुरा हुँदैन भने हामी यहाँ बस्नुको अर्थ पनि छैन् ।’

नेपालीले नेपाली दूतावासले खेलेको भूमिका प्रति स्वागत गरेको छ । ‘हाम्रा जे जस्तो समस्या बुझ्न क्याम्पमै राजदूत आउनुभयो । उहाँले हाम्रो पक्षमा कम्पनीसँग कुरा राख्न जुन भूमिका खेल्नुभयो । यो राम्रो पक्ष हो,' पोखराका सत्यराज सापकोटाले भने,‘अब हामी छिट्टै फर्कनेछौं ।’    

उनीहरुले छिट्टै फर्कनको लागि सरकारलाई नेपाल एयरलाइन्सको विमान पठाइदिन अनुरोध गरेको छ । ‘कम्पनीले कहिले पठाउछ थाहा छैन् । सरकारले विमान पठाइदिए हामी सबै एकैपटक आउने थियौं, उनले भने ।

उनीहरुले क्याम्पबाट कार्यस्थल जाँदा सुरक्षाको खतरा रहेको विषयलाई प्रमुख रुपमा उठाएका थिए । ‘हामी सुरक्षाको काम गर्ने सुरक्षागार्ड नै सुरक्षित भएनौं । हामीलाई एउटा थर्ड क्लासको बसमा हालेर ड्युटी स्थल लगिने गरिन्छ,' सापकोटाले भने, ‘१५ देखि ४५ मिनेटसम्मको यातायात दुरीमा कार्यस्थल लगिन्छ । भेडाबाख्रा ओसारप्रसार गरे जसरी लगिरहेको छ ।’

जाने/आउने बेला अगाडि र पछाडि सुरक्षाकर्मी हुँदैनन् । ‘कार्यस्थलमा पुगेपछि मात्रै हतियार दिइन्छ । त्यहाँ पुगेपछि आफूहरु सुरक्षा गार्ड जस्तो लाग्छ,' पोखराका अर्का नेपाली गार्डले भने, ‘नत्र, भेडाबाख्राभन्दा फरक छैन् ।’

जिफोरएसले काबुलमा ‘जिफोरएस सेक्युर सोलुसन, अफगानिस्तान’मार्फत बेलायतको दूतावास, कुटनीतिक कर्मचारी, बेलायती नागरीक, कमनवोल्थ कार्यालय (एफसिओ)को सुरक्षा गर्न एकसय मिलियन डलरको ठेक्का पाएको उसको अफिसियल वेबसाइटमा उल्लेख छ ।

ती गार्डहरुले बिहीबार कम्पनीको व्यवस्थापनसँग सामूहिक छलफल गरेका थिए । ‘हामी तालिवान आतंकारीको आक्रमणमा परेर मर्न चाहदैनौं,' कम्पनीको व्यवस्थापन समक्ष उनीहरुले भने, ‘यसमा कम्पनीले के गर्ने हो ? लाने लैजाने कसरी गर्ने हो ? स्पष्ट भन्नुपर्‍यो ।’

तालिवान आतंककारीले नेपालीलाई निशाना बनाएको भन्दै उनीहरु आफ्नो बाटो नै सुरक्षा नभएको प्रति त्रसित छन् । ‘हामी एकसिफ्टमा एकसय २० जना सुरक्षागार्डलाई लैजाने गर्छ । यो दैनिक तीन सिफ्ट चल्छ,' उनले भने, ‘जहाँ ड्युटी गर्ने हो । त्यही नै बसोबासको प्रबन्ध मिलाउन पटक-पटक आग्रह गरेपनि कम्पनीले वास्ता गरेन ।’

‘क्याम्पमा गए क्याम्प असुरक्षित । क्याम्पको बाहिर सुरक्षा गर्ने जिम्मा नेपालीलाई छैन । बाटोमा हिँड्दा बाटोमै उडाउला भन्ने चिन्ता,' उनले भने, ‘कमाण्डरहरु गोरामात्रै छैन । नेपाली पनि छन् । उनीहरुलाई काम गर्ने ठाँउमै राखिएको छ । हाम्रो हितको लागि उनीहरुले केही गर्न सकेका छैनन् ।’




Sindhuli Ko Khaijedi Bhajan Hernuhos Tapai Here Ko Herai Teti Ramro Chha


KOHINOOR - Superhit Nepali Full Movie


बाहिरी चक्रपथका लागि जग्गा विकास गरिने

   

 काठमाडौँ–निजगढ दु्रुतमार्ग र त्रिभुवन राजपथलाई जोड्ने गरी प्रस्तावित बाहिरी चक्रपथको चोभारदेखि काठमाडौँको गाम्चा हुँदै सतुङ्गलखण्डको ६. ६ किमी क्षेत्रमा पर्ने आठ हजार रोपनी जग्गा विकास गरिने भएको छ।

बाहिरी चक्रपथ निर्माणको पहिलो चरणमा यो खण्डमा जग्गा विकास गर्न लागिएको हो । जग्गा विकासका लागि एउटै प्लट हो भनी रोक्का गरेर प्रक्रिया अघि बढाइएको बाहिरी चक्रपथ आयोजनाले जनाएको छ।

 जग्गा विकास प्रक्रिया सुरु भए पनि कित्ता पूरै बेच्न पाइने तर कित्ताकाट गरेर बेच्न नपाइने आयोजना प्रमुख रमामैयाँ मानन्धरले जानकारी दिइन्।

“जग्गा विकास गर्दा हरेक घडेरीमा सडक, ढल, बिजुली, धारालगायतका पूर्वाधार पुर्याइन्छ, जग्गा विकास गरेपछि जग्गाधनीलाई नै फिर्ता गरिन्छ, घडेरीमा सुविधा पुगेबापत जग्गाधनीले सडकका लागि २५ प्रतिशत र खुला क्षेत्रका लागि पाँच प्रतिशत जग्गा छोडनुपर्छ” – उनले भनिन्।

बाहिरी चक्रपथको ७२ किमी दूरीमध्ये पहिलोचरणमा ६. ६ किमीको जग्गा विकास गर्न लागिएको हो। जग्गा विकासका लागि यस क्षेत्रका जग्गा धनी सहमत छन् वा छैनन् भनी राय बुझ्न ३५ दिने सार्वजनिक सूचना प्रकाशन गरिएको आयोजनाले जनाएको छ।

आयोजनाले भू–उपयोग योजनालाई आधार मानेर जग्गा विकास गर्न लागेको हो । जग्गा विकासका लागि जनतासँग जग्गा लिएर आवश्यक पर्ने अन्य खर्च सरकारले नै गर्नेछ।

जग्गा विकासपछि बाहिरी चक्रपथको सडक निर्माण सुरु गरिनेछ । सडक केन्द्ररेखाबाट दायाँबायाँ २५ मिटर गरी ५० मिटर हुने आयोजनाले जनाएको छ। रासस 

Friday, 24 June 2016



बोदराज अधिकारीको अतिनै मनछुने काबुलको घटना देखि विदेश पलायन हुनुको बाध्यता सानो गीतमा प्रस्तुत

       
       
 20७३साल अषाढकाे मैना तालिबानि हत्याराकाे गर्नथाले बइन केपायर नेपालि लाइ बम ले उडायर यकलिला बालबच्चाकाे नाताटुटायर मनहुनेकाे मुटुहुन्छ मुटुभित्र मायन अखिलबादि अत्याराकाे हुन्न दयमाया तालिबानि गरेउनि भुल रगतलेभिजायाे काबुल बाबू आम छाेरा छाेरि छाेडेर घरैमा कसलाइ बिदेस जानमन छ र रहरै रहरमा घरछाेडेर हिडेपछि डरमात्रै लाग्ने थाहै हुन्न कुनदिन ज्यान बाकस भित्र आउने तिमिजस्तै हामिपनि उस्तै गरिब देसका साेचेनन घरपरिबार हाेलान भनी यस्का गयौ उडि सरर आकसमा फक्ययौ कथै याे बन्दबाकसमा  |

रचनाकार बोदराज अधुकारी सिन्धुली लाम्पनटार ९ हाल मलेसिया



       सीन्धुली पोष्टमा यहालाई स्वागतछ फेरिपनि  आफनो कला प्रस्तुत गर्दैगर्नुहोला 

बेलायती प्रधानमन्त्री क्यामरुनले दिए राजीनामा

ATTRACTIVE DEMAND IN CAR COMPANY (EUROPE)


ATTRACTIVE DEMAND IN CAR COMPANY (EUROPE)

Attractive jobs demand in CAR COMPANY

JOBS DEMAND IN EUROPE
Job Position for below position...

1. Assembly Operators

2. Forklift Drivers

3. Motor Mechanic

4. Welding Operators

5. Paintshop Workers

Salary Rs. 85,000 to 1,25,000/- per month

Term & Condition
• Accommodation provided by company
• Transportation Provided by Company
• Food Provided by Company
• Medical insurance provided by company.
• OT as per company rules

Interested Candidates can contact us in below numbers 9801100117 and 9801100114
and can send their complete documents in below mail ID : jobsnepalese@gmail.com

“NOTE: DUTY 8 HOURS PER DAY AND 6 DAYS IN WEEK”



About Us

SajhaSabal Media acquired the knowledge of loyalty, responsibility and honesty from our two years’ experience on this job advertisement field. We will always focus on true demand for foreign country. We will update much more demand for your online jobs searching. We deal with a lot of Manpower Companies and institutions and connect you. We hope it would be fruitful, helpful and potential for you and your future.

JOB TIPS

Find a Jobs in UAE, No Need Third Party

Importent 7 Interview Skills for your Success

Recognized Destination List of countries opened by GoN for Foreign Employment

Format of Application to Register IMEI/ESN/IMEI by NTA
We also recommend you to download our 'Baideshik rojgar' Mobile application. 'BaideshikRojgar' App is an official Android application for foreign job opportunity. User who are interested working foreign country and seeking opportunity to acquire foreign job this app is very useful. All foreign job information, foreign job tips, information about overseas, information about embassyand more is available in this application. Acquire information for your dream job is now available on your cell phone at tip of your finger ::  Be safe. Beware of fraud & scams

For more details you can check our Facebook page:

Thursday, 23 June 2016

काठमाडौँका चौध नदीको दायाँबायाँ घर बनाउँदा छाड्नुपर्ने दूरी सार्वजनिक

   

काठमाडौँ – काठमाडौँ उपत्यका विकास प्राधिकरणले उपत्यकाका १४ नदीको बहाब क्षेत्रको दायाँबायाँ छाड्नुपर्ने जग्गाको दूरी सार्वजनिक गरेको छ ।

RG-Bhaktapur-manohara-river-01JPGवाग्मती, विष्णुमती, हनुमन्ते र मनोहरामा दायाँबायाँ २० मि, धोबीखोलामा धोबीखोला आयोजना लागू भएको क्षेत्रमा आयोजनाले तोकेअनुसार र अन्यत्र नौ मि दूरी कायम गरिएको प्राधिकरणका प्रवक्ता केशवप्रसाद न्यौपानेले जानकारी दिए ।

“नख्खुखोलामा १२ मिटर, बल्खु, कर्मनासा (कोड्कु), साङ्ले र महादेव खोलामा १० मिटर, शोभाभगवतीस्थित विष्णुमती खोलामा मिसिने करखुसी खोलामा छ मिटर, इच्छुमती, सामाखुसी एवम् उपत्यकामा बग्ने अन्य खोलामा चार मिटर दायाँबायाँ कुनै पनि भौतिक संरचना निर्माण नगर्न सार्वजनिक सूचना जारी गरिएको छ, कुनै पनि खोला, खोल्सी र राजकुलो छोप्न पाइने छैन”– उनले भने ।

नदी वा खोलाको दायाँबायाँ भौतिक संरचना निर्माण गर्दा बाढीको जोखिम पनि हुने सम्भावना रहेकाले मानवीय दृष्टिले समेत मापदण्ड लागू गरिएको प्राधिकरणले जनाएको छ । यो मापदण्डले नदी किनारका पर्ती एवम् सार्वजनिक जग्गाको पनि संरक्षण हुनेछ ।

विसं २०२१ मा वाग्मतीको दायाँबायाँ १०० मि छाड्नुपर्ने नियम भएकामा उपत्यकामा बस्ती बढ्दै गई आवासीय क्षेत्र पनि घटेकाले ३० मि हुँदै अहिले २० मिमा झारिएको प्राधिकरणले जनाएको छ ।

काबुलको एतिहासिक उडान भर्ने क्याप्टेन दाजुभाइ भन्छन्, पाँच घन्टा कुरेर नेपाली ल्यायौँ

काठमाडौं, ९ असार - नेपाल वायुसेवा निगमले बुधबार काबुल विमानस्थलमा पाँच घन्टा कुरेर अफगानिस्तानमा कार्यरत २४ जना नेपाली र मृतक १२ जनालाई काठमाडौं ल्याएको छ।

१२ जना नेपालीको आतंकवादी संगठन तालिबानले हत्या गरेपछि काबुलका सबै नेपाली आतंकित देखिएका थिए। नेपाल वायुसेवा निगमको जहाज लिएर बुधबार बिहान तीन बजेर ३७ मिनेटमा काबुल उडेको एक सय ५६ सिट क्षमताको एयरबस काबुलको स्थानीय समयअनुसार बिहान पाँच बजेर ३५ मिनेटमा अवतरण गरेको थियो।

क्याप्टेन श्रवण रिजाल र उनका दाजु क्याप्टेन सुवास रिजालले उडाएर गएको यो जहाजले काबुल विमानस्थलमा नेपालीलाई पर्खेरै ल्यायो। क्याप्टेन भएकाले विमास्थलबाट बाहिर जान हामी पाएनौँ। हामी दाजुभाइ नै क्याप्टेन जहाज उडाएर गएका थियौं।

१२ जना नेपालीको शव तुरुन्तै आइपुगेको थियो। तर अन्य २४ जना नेपालीलाई भने विमानस्थलमा हुने प्रक्रियाका कारण पर्खनुपरेको हो। काबुलमा रहेका नेपालीले हामीसँगको कुराकानीमा १२ जनाको ज्यान गएको कम्पनीमा कार्यरत एक सय ५० सबै आजै आउन चाहेका भए पनि सबैलाई ल्याउन नसकिएको बताए। सबै नेपालीको प्रक्रिया मिलाउन नै नसकेका कारण २४ जनाको भने बल्लतल्ल प्रक्रिया मिलाएर ल्याउन सकिएको हो।

हामीले फर्केर आएका नेपालीसँग कुराकानी गर्न भने पाएनौं। परराष्ट्र मन्त्रालयबाट गएका दक्षिण एसिया हेर्ने उपसचिव प्रकाश सुवेदीले अफगानी मन्त्रीसँग भेट गरेको जानकारी हामीले पायौं। उहाँसँग पनि हाम्रो कुराकानी हुन पाएन।

हाम्रो जहाजमा कतिजना नेपाली फर्केर आउँछन् भन्ने टुंगो नभएका कारण क्याबिन क्रुमा ६ जना एक सेट गएका थिए। एक सय ५० जना नै भए भने उनीहरूको सेवाका लागि सबै क्याबिन क्रु हुनुपर्ने भएकाले ६ जना नै गएका हुन्। क्याबिन क्रुमा शाकिला पाण्डे, सुमिली सुब्बा, मञ्जु ढकाल, पारु राईसहित थिए।

उनीहरूसँग भने नेपालीले निकै खुसीका साथ कुराकानी गरेका थिए। काबुल वायुसेवा निगमले नेपाली लिन जाने निगमको निर्णयलाई साह्रै खुसी र राष्ट्रको छविसँग तुलना गरेर खुसी व्यक्त गरेको क्याबिन क्रुले हामीलाई बताए।

काठमाडौंबाट जाँदा तीन घन्टा २० मिनेट लागेको भए पनि फर्कंदा दुई घन्टा ५० मिनेटमै आइपुगेका थियौं। एयर स्पेसका कारण काबुल जाँदा भन्दा फर्कंदा ३० मिनेट छिटो भएको थियो। निगमको जहाज काबुलबाट १० बजेर ४० मिनेटमा उडेको थियो भने काठमाडौं २ बजेर ४५ मिनेटमा अवतरण गरेको भएको थियो। आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ।

Wednesday, 22 June 2016

International Cruise Ship Jobs Vacancy


Job Through... Gorkha International Manpower Services Ltd, Hongkong
Salary: 1395$
Other Services: Free Visa and Free Ticket !! Free Food and Free Accommodation !!
Job Position for: Security Guard

LIVING & WORKING AT SEA
Modern cruise ship is like a floating city, there are all kinds of positions available. Some cruise jobs require highly developed professional skills, others are entry level positions.

jobs 4

For More Detail Please contact at:

British Gurkha Overseas P. Ltd,
Bakhundole-3, Lalitpur
Tel: 01-5530900

Commonly Available Positions on Cruise Ships:
Cruise Director
Deck Crew
Disc Jockeys
Expedition Leaders
Hosts and Hostesses
Gift Shop Positions
Photographers
Junior Assistant Pursers
Information Technology Staff
Administration Assistants
Naturalists
Shore Excursion Managers
Water Sports Instructors
Youth Counselors
Cosmetologist
Fitness Directors
Medical Staff
Air/Sea Reservation Agents
Bartenders
Customer Service Representatives
Casino Staff

अरु पनि फर्किए काबुलबाट (नामसहित)


असार ८, २०७३- अफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको आतंकवादी आक्रमणमा ज्यान गुमाएका १२ नेपालीको शवसँगै २४ जना पनि आएका छन् ।



सरकारले बुधबार बिहान पठाएको नेपाल एयरलाइन्सको चार्टर विमानबाट २४ नेपाली पनि आएका हुन् । परारष्ट्र मन्त्रालयले फर्कन चाहने नेपालीका लागि विमानमा आउन सुविधा दिएको थियो ।



फर्किएकामध्ये सबैभन्दा बढी नुवाकोटका ९ जना छन् ।



फर्किएकाहरुले अब पुन: अफगानिस्तान नजाने बताए ।





नुवाकोट
रत्नबहादुर तामाङ
विक्रमप्रसाद तामाङ
पूर्णबहादुर गुरुङ
रौत तामाङ
प्रेम तामाङ
ईन्द्र तामाङ
सुप तामाङ
लालबहादुर तामाङ
आइतसिंह तामाङ
कास्की
बेलप्रसाद गुरुङ
मणिराम खनाल
पूर्णबहादुर गुरुङ
खेमबहादुर गुरुङ
भगवान बञ्जारा
प्युठान
विक्रम विष्ट
तनहुँ
केयरसिंह राना
मोरङ
खुसीलाल धिमाल
सुनसरी
वीरबहादुर खत्री
काभ्रे
श्याम तामाङ
काठमाडौं
नवराज खड्गी
चमकसिंह राई
पाल्पा
मानबहादुर थापा
चितवन
सत्यनारायण श्रेष्ठ
गोरखा
दुर्गा लामा

शव बुझ्न प्रधानमन्त्री ओली विमानस्थलमा, शोखमा डुब्यो विमानस्थल


Tuesday, 21 June 2016

नेपाल वायुसेवा निगमको विमान काबुल पुग्यो



काठमाडौँ – १२ नेपालीको शब र घाइते लिन काठमाडौंबाट बिहान ३ बजे उडेको नेपाल वायु सेवा निगमको जहाज अफगानिस्तानको राजधानी काबुलमा सफलतापूर्वक अवतरण भएको छ । परराष्ट्र मन्त्रालयले सफलतापूर्वक विमान ल्याण्ड भएको सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी दिएको छ ।

काबुलबाट शव ल्याउन तथा आवश्यक सहयोग र समन्वय गर्न सेनाको मेडिकल टिमसहित चार, प्रहरीबाट तीन, गृहबाट एक, परराष्ट्रबाट एक, वैदेशिक रोजगार प्रवद्र्धन बोर्डबाट एक जना सो विमानमा गएका छन् । शव बुधबार बिहान साढे ११ बजे काठमाडौं ल्याइने तालिका छ ।

विमानको उडान तथा अवतरणको आवश्यक अनुमति सम्बन्धित अधिकारीबाट प्राप्त भएसँगै बिहान जहाज त्यसतर्फ पठाइएको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरत पौडेलले जानकारी दिए ।   सरकारले सो जहाजमार्फत मृतक र घाइतेसँगै नेपाल फर्कन चाहने अन्य नेपालीलाई पनि विमानको क्षमताअनुसार ल्याउने छ । सोमबार भएको आतङ्ककारी आक्रमणमा परी १२ नेपालीको निधन भएको थियो भने ७ जना घाइते भएका थिए ।


सरकारले काबुल घटनाका मृतक र घाइते ल्याउन राति १० बजे त्यसतर्फ विमान पठाउने, इच्छुक नेपालीलाई पनि ल्याइने

 

अफगानिस्तानबाट इच्छुक नेपालीलाई स्वदेश फिर्ता गरिने

काठमाडौं, ७ असार । अफगानिस्तानको राजधानी काबुलमा आत्माघाती बम विस्फोटमा परी १२ जना नेपालीको ज्यान गएपछि नेपाल सरकारले त्यहाँ रहेका नेपालीलाई स्वदेश आउन चाहेमा ल्याउने व्यवस्था गरेको छ ।

सरकारले अफगानिस्तानको काबुलमा बम विस्फोटन भएपछि असुरक्षित रहेका नेपालीलाई स्वदेश ल्याउने व्यवस्था गरेको हो ।

काबुलमा आत्मघाती बम विस्फोटमा मृत भएका नेपालीको शव र घाइते लिने जाने जहाजसँगै नेपाल फर्कन इच्छुकलाई पनि ल्याउने व्यवस्था गरिएको आज आयोजित पत्रकारसम्मेलनमा श्रम तथा रोगजार मन्त्रालयका प्रवक्ता गोविन्दमणि भूर्तेलले जानकारी गराउनुभयो ।

उहाँका अनुसार सरकारले काबुल घटनाका मृतकको शव ल्याउनका लागि नेपाल वायु सेवा नियमको जहाज आज राति १० बजे पठाउन थालेको छ ।

“शव र घाइते लिन जाने जहाजमै राखेर हामीले फर्कन चाहने इच्छुक नेपालीलाई स्वेदश फर्काउन प्रबन्ध पनि मिलाएका छाँ”, उहाँले भन्नुभयो, “यही आउने चाहने इच्छुकलाई जहाजमै राखेर ल्याउँछौँ ।”

सहसचिवसमेत रहेका भूर्तेलले शव र घाइते तथा इच्छुक स्वदेश फर्कन चाहनेलाई फर्काउन बन्दोबस्त गर्न पाकिस्तानस्थित नेपाली कार्यवाहक राजदूतलाई खटाइएको जानकारी गराउनुभयो ।

“कार्यवाहक राजदूतलाई मङ्गलबार बिहानैदेखि हामीले अफगानिस्तान खटाएका छौँ”, भूर्तेलले भन्नुभयो, “उहाँसँगै नै अफगानिस्तानमा रहेका नेपालीले समन्वय गरेर जहाजमा फर्कन सक्नेछन् ।”

सोमबार काबुलमा आत्मघाती बम विस्फोटनमा १२ नेपालीसहित १४ जनाको ज्यान गएको थियो भने सातजना नेपाली घाइते भएका छन् ।

वैदशिक रोजगार विभागमा महानिर्देशक शत्रुघ्न पुडासैनीले अफगानिस्तानमा असुरक्षित भएकाले व्यक्तिगत श्रम स्वीकृत नदिएको भन्दै कतिपय बाहिरी मुलुकबाट गएका छन् भन्नुभयो ।

उहाँका ‘ग्रिन जोन’ क्षेत्रमा संयुक्त राष्ट्र सङ्घ र विदेशी कूटनीतिक नियोगमा सुरक्षाकर्मीका लागि मात्र पाकिस्तानस्थित नेपाली राजदूतले माग गरे मात्र श्रम स्वीकृति दिने गरेको बताउनुभयो ।

उहाँका अनुसार अहिले संस्थागत र व्यक्तिगत गरी पाँच हजार २९१ जना श्रमस्वीकृत लिएर अफगानिस्तानमा सुरक्षाकर्मीका रुपमा काम गरेका छन् ।

कार्यक्रममा वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष बिमल ढकालले अवैधानिक रुपमा वैदेशिक रोजगारमा पठाउनेलाई कडा कारबाही गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल लोकतान्त्रिक वैदेशिक फोरमका अध्यक्ष प्रज्ञान न्यौपानेले फितलो कानुन र भारतसँगको खुला सिमानाका कारण दलालहरुले भारत, दुवई र श्रीलङ्काबाट अवैधानिक रुपमा अफगानिस्तानमा ठूलो सङ्ख्यामा नेपाली वैदेशिक रोजगारमा पठाएका छन् भन्नुभयो । सरकारले अफगानिस्तानसहित ११० देशमा श्रम स्वीकृत दिने गरेको छ ।

आखामा आशु नहुनेले मात्र हेर्नु होला हुनेले सक्दैन्न

Monday, 20 June 2016

बम हमलामा मारिने १२ नेपालीको पहिचान खुल्यो (नामावलीसहित)


                           
काठमाडौं–अफगानिस्तानको राजधानी काबुलमा सोमबार विहान भएको आत्मघाती बम हमलामा मारिने नेपाली सुरक्षा गार्डहरुको पहिचान खुलेको छ । काबुलमा रहेको क्यानेडाली राजदूतावसमा काम गर्ने नेपाली सुरक्षा गार्ड सवार बसमा भएको बम हमलामा १२ जना नेपालीको मृत्यु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।


बम हमलामा परी ज्यान गुमाउनेहरू नामावली
चन्द्रबहादुर रानामगर, काठमाडौं
हरिबहादुर बडवाल क्षेत्री, काठमाडौं
विदुरबहादुर सुवेदी क्षेत्री, काठमाडौं
अकुल तामाङ, सुनसरी
सुपबहादुर गुरुङ, स्याङ्जा
नवीनसिंह क्षेत्री, पर्वत
मधुसुदन कोइराला, नुवाकोट
अमृतबहादुर थापा, लमजुङ
डम्बरबहादुर तामाङ, नुवाकोट
लिलबहादुर गुरुङ, नुवाकोट
कृष्णबहादुर ढुंगाना, चितवन
जितेन्द्रसिंह थापा, बुटवल

बम हमलामा घाइते हुनेहरुको नामावली
कृष्णकुमार देउजा, चितवन
गोरखा मानवहादुर थापा, चितवन
च्याङ्वा ता चेतप्रसाद शेरचन,
माङ, नुवाकोट
प्रेमबहादुर क्षेत्री, मोरङ
म्याग्दी कुमारबहादुर गुरुङ,
अमृत रोकाया क्षेत्री, सुर्खेत

मनिषाको हत्या प्रेमीले नै गरेको निश्कर्षसहित प्रहरीले चलायो ज्यान मुद्दा



 asish chaudariकाठमाडौं–फुटबलर बिमल घर्ती मगरकी बहिनी मनिषा घर्ती मगरको हत्या उनकै प्रेमीले गरेको खुलेको छ । मनिषाको हत्यापश्चात प्रहरीले उनको प्रेमी आशिष भनिने रुद्रनारायण चौधरीलाई तत्काल पक्राउ गरी अनुसन्धान थालेको थियो ।

मनिषा हत्यामा आशिष नै संलग्न भएको भन्दै नवलपरासी प्रहरीले आज चौधरीमाथि मुद्दा चलाएको छ । प्रहरीले पेश गरेको फाइल अनुसार सरकारी वकिलको कार्यालयमार्फत प्रहरीले आज जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दायर गरेको हो ।

आशिषले नै मनिषाको हत्या गरेको प्रहरी अनुसन्धामा देखिएपछि जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसन्धान अधिकृत एवं प्रहरी निरीक्षक प्रकाश सापकोटा भने, ‘२१ दिन लामो अनुसन्धानपश्चात घटनास्थलमा फेला परेका प्रमाणका आधारमा नवलपरासी प्रहरी आशिषले नै मनिषाको हत्या गरेको निश्कर्षमा पुगेको हो ।’

‘अनुसन्धान सकिएपछि तत्कालै हामीले घटनाबारे सरकारी वकिलको कार्यालय नवलपरासीमा बुझाइसकेका थियौं,’ सापकोटाले भने ।

प्रेम सम्बन्धका कारण चौधरीले मनिषाको हत्या गरेको प्रहरी अनुसन्धानमा खुल्न आएको छ । ‘मनिषा र आशिषबीच मोबाइलमा भएको कुराकानीको कल रेकर्ड र मोबाइल म्यासेजमार्फत भएको कुराकानी लगायतका विषयमा अनुसन्धान गर्दा उनीहरुबीच प्रेम सम्बन्धको विषयलाई लिएर झगडा भएको देखिन्छ ।’ सापकोटाले भने ।

गत जेठ १२ गते मनिषा आफ्नै घरमा मृत अवस्थामा भेटिएकी थिइन् । मृत अवस्थामा भेटिएपछि उनको प्रेमी आशिषलाई प्रहरीले नियन्त्रणमा लिई उनको पोलिग्राफ टेष्टसमेत गरिएको थियो । पोलिग्राफ टेष्टमा चौधरीले आफूले मनिषाको हत्या नगरेको बताएका थिए ।


Sunday, 19 June 2016

अफगानिस्तान आक्रमणमा मारिने सबै नेपाली भएको पुष्टि







अफगानिस्तानको राजधानी काबुलमा सोमबार बिहान भएको आत्मघाती आक्रमणमा मर्ने १४ जना नेपाली सुरक्षा गार्ड भएको पुष्टि भएको छ।
उक्त घटनामा अरू सात जना गम्भीर घाइते भएको जर्मन समाचार एजेन्सीमा कार्यरत नेपाली पत्रकार सुवेल भण्डारीले सेतोपाटीलाई बताए। भण्डारीले क्यानेडियन तथा बेलायती राजदूतावासका अधिकारीहरूसँग कुरा गरेर पुष्टि भएको बताए। विष्तृत विवरण केही बेरमा आउँदै।

राजधानीका वीर, प्रसुति र टिचिङ अस्पतालमा स्वास्थ्य मन्त्रीसँगै पुगेर गरिएको आजको फरक साझा सवाल यहाँ हेर्न सकिन्छ


Saturday, 18 June 2016

स्वास्थ्य बिमाको प्रिमियम २५ सय, क्षतिपूर्ति ५० हजार मात्रै



५ जनासम्मको परिवारले स्वास्थ्य बिमा गरेपछि प्रिमियमको रुपमा वार्षिक २५ सय रुपैयाँ तिर्नुपर्दछ।  बिमा गरेपछि बिरामी परेमा उपचारपश्चात यस समितिले ५० हजार रुपैयाँसम्मको मात्रै उपचार शुल्क ब्यहोर्ने छ। बिमा गर्दा उल्लेख गरेकै सरकारी अस्पतालमा उपचार गर्नुपर्ने व्यवस्था रहेको भट्टराईले जानकारी दिएका छन्।

नेपाल सरकारले अहिले तीन जिल्लामा कार्यान्वयन गरेको स्वास्थ्य बिमामा वार्षिक २५ सय रुपैयाँ प्रिमियम तिर्नुपर्ने भए पनि क्षतिपुर्ति भने ५० हजार मात्रै पाइन्छ।

सरकारले आगामी आर्थिक वर्षमा २५ जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम लागू गर्ने घोषणा गरेको छ। तर चालु आर्थिक वर्षमा कार्यान्वयन गर्ने भनिएका बाग्लुङ, इलाम र कैलाली जिल्लामध्ये हालसम्म कैलालीमा मात्रै यो कार्यक्रम लागू भएको छ।

सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका शाखा अधिकृत तुल्सी भट्टराईका अनुसार कैलालीमा गत चैत्र २५ गतेदेखि स्वास्थ्य बिमा सुरु गरिएको छ। ५ जनासम्मको परिवारले यस्तो स्वास्थ्य बिमा गरेपछि प्रिमियमको रुपमा वार्षिक २५ सय रुपैयाँ तिर्नुपर्दछ।

साथै यसरी बिमा गरेपश्चात बिरामी परेमा उपचारपश्चात यस समितिले ५० हजार रुपैयाँसम्मको मात्रै उपचार शुल्क ब्यहोर्ने छ। उपचारका क्रममा बिमा गर्दा उल्लेख गरेकै सरकारी अस्पतालमा उपचार गर्नुपर्ने व्यवस्था रहेको भट्टराईले जानकारी दिएका छन्।

उनले भने ‘यो बिमा गरेपछि उपचार गर्दा लागेको खर्च पाइन्छ तर यसको सीमा ५० हजारसम्मको मात्रै छ।’ परिवारको संख्या ५ जनाभन्दा माथिको भएमा प्रिमियममा प्रतिव्यक्ति ४ सय २५ रुपैयाँका दरले थप्नु पर्दछ। साथै यसको क्षतिपुर्ति पनि प्रतिव्यक्ति १० हजारका दरले बढी पाइन्छ। ५ जना भन्दा थोरै संख्या रहेको परिवार भए पनि उक्त परिवारले वार्षिक २५ सय रुपैयाँ प्रिमियम तिर्नुपर्दछ।

चालु आर्थिक वर्षदेखि कार्यान्वयनमा आएको स्वास्थ्य बिमाका लागि सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले विभिन्न जिल्लामा अहिले दर्ता सहयोगी छनौट गर्न लागेको छ। सहयोगीहरुले अहिले तीन जिल्लामा घर घरमा गएर बिमा गर्ने परिवारको दर्ता गर्न लागिरहेका छन्।

बिमाका प्रावधानमा भने केही त्रुटीहरु पनि देखिएका छन्। बिमा गर्दा उल्लेख गरेको अस्पतालदेखि बाहेक अन्य सरकारी अस्पतालमै उपचार गराए पनि क्षतिपूर्ति पाइँदैन। भट्टराईले भने ‘बिमा गर्ने क्रममा भरेको कागजातमा उल्लेख गरेको अस्पताल वा स्वास्थ्य चौकीमा उपचार गरेमा त्यसको क्षतिपुर्ति दिइँदैन, फारममा उल्लेख गरेको अस्पतालले रिफर गरे मात्रै अर्को अस्पतालमा उपचार गराउँदाको क्षतिपुर्ति पाइन्छ।’

तर सरकारी बाहेक अन्य निजी अस्पतालमा रिफर गरेमा भने त्यस्ता अस्पतालमा उपचार गरेको खर्च सरकारले उपलब्ध गराउँदैन।  देशमा रहेका  निर्जीवन बिमा कम्पनीले राम्रोसँग चिनेका बाहेक अन्यको बिमा खासै गर्ने गरेका छैनन्। गतल रिपोर्ट पेस गर्दै क्षतिपुर्ति उठाउने डरले बिमा कम्पनीहरुले हालसम्म स्वास्थ्य बिमालाई सशक्त बनाएर लान नसकेको बिमा कम्पनीका निर्देशक श्रीमान कार्कीले जानकारी दिए।

‘गलत रिपोर्ट पेस गरेर क्षतिपुर्ति लिने डरले बिमा कम्पनीले यसलाई सशक्त बनाएर लान सकेका छैनन्, किनकि हाम्रा अस्पतालबाट गलत रुपमा समेत रिपोर्ट पेस हुने गरेको छ’ उनले भने।

गलत रुपमा पेस भएको रिपोर्टमा क्षतिपुर्ति दिनुपर्ने डरले अहिले बिमा कम्पनीले सामुहिक रुपमा संस्थागत कर्मचारीको बिमा गर्ने गरेका  छन्। यसमा पनि ति संस्थाको अध्ययन पश्चातमात्रै बिमा हुने गरेको छ।

गुराँस लाइफ इन्सुरेन्सका सिइओ बालमुकुन्द रुपाखेतीले स्वास्थ्य बिमाको विषयमा दक्ष जनशक्तिको अभाव भएका कारण यसलाई अघि बढाउन नसकिएको बताउँछन्। उनले भने ‘गलत रुपमा रिपोर्ट पेस गर्ने र जालझेल गर्लान् भन्ने डरले नै स्वास्थ्य बिमा गर्न नसकिएको हो।’

Friday, 17 June 2016

भूकम्प अति प्रभावित चौध जिल्लामा ८२ सामूहिक आवास निर्माण



भूकम्प अति प्रभावित १४ जिल्लाका पीडितलाई वर्षाअगावै छानामुनि ल्याउन ८२ सामूहिक आवास निर्माण सुरु भएको छ ।

सहरी विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन एकाइले ४६ र नेपाली सेनाले ३६ आवास निर्माण गरिरहेको प्राधिकरणका सहप्रवक्ता डा भीष्मकुमार भुसालले राससलाई जानकारी दिए । थप चार सामूहिक आवास निर्माणका लागि बोलपत्र प्रक्रिया जारी रहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ ।

धादिङमा मन्त्रालय र सेनाले पाँच पाँच नुवाकोटमा मन्त्रालयले तीन र सेनाले चार, रसुवामा मन्त्रालयले चार र सेनाले दुई , सिन्धुपाल्चोकमा मन्त्रालय र सेना दुवैले चार चार , काभ्रेपलाञ्चोकमा मन्त्रालयले ११ र सेनाले दुई , दोलखामा मन्त्रालयले चार र सेनाले एक, रामेछापमा मन्त्रालय र सेना दुवैले तीन तीन, सिन्धुलीमा मन्त्रालयले दुई र सेनाले तीन, मकवानपुरमा मन्त्रालय र सेना दुवैले पाँच पाँच, ओखलढुङ्गामा मन्त्रालयले पाँच र सेनाले दुई , गोरखामा सेनाले पाँचसामूहिक आवास निर्माण गर्ने कार्यक्रम सुरु भएको छ ।

जिल्ला दैवीप्रकोप उद्धार समितिको निर्णय र माग अनुसार सामूहिक आवास निर्माण अघि बढेको हो । सामूहिक आवास भवनलाई पछि आवश्यकतानुसार सामुदायिक काममा पनि प्रयोग गरिने सहप्रवक्ता भुसालले जानकारी दिए 

Jobs in Qatar Airways & IMPORTANT TIPS


About Qatar Airways
Qatar Airways Group employs more than 31,000 people, of which 19,000 work directly for Qatar Airways. This Airways now ranks among the largest carriers in the Middle East humble beginnings in originating in 1994. Qatar Airways offers destinations to more than 120 locations worldwide.

Apply Online below position:

Costomer Experience (5) Jobs
Finance (25) Jobs
Flight Deck Crew (6) Jobs
Flight Operation (4) Jobs
Ground Handling (22) Jobs
Human Resources (12) JobsAdministration (1)Jobs
Cabin Crews (16) Jobs
Cargo (45) Jobs
Commercial (109) Jobs
Contract, procurement, Supply Chain (4) Jobs
Costomer Contact Centre (23) Jobs
Marketing & Communication (10) Jobs
Sales & Marketing (6) jobs
Technical Engineering (7) Jobs

Jobs at Qatar Airways.
Minimum Age: 18 years old
Hours of Operation: 24 hours/day, 7 days/week
Available Positions in Qatar Airway:
Cabin Crew, Internal Auditor, Lawyer, Security Officer, Caterer, Human Resources Associate, Flight Deck Crew, Contractor, Sales Associate, Trainer, Administrator, Information Technology Associate, Procedures Associate and Airline Standards.
Job Opportunities in Qatar Airways
Qatar Airways looks for motivated workers to fill their job vacancies. The company also offers entry-level work in a number of areas. Facing minimum age requirements as low as 21, job seekers with high school diplomas, experience in customer service, and willingness to relocate find jobs with the Middle Eastern airline company routinely. Positions in cabin crew, customer service, and administrative divisions represent great opportunities for entry-level job hunters.
Qatar Airways offers a multitude of specialty and managerial jobs requiring college degrees and several years of experience in given fields. With many different job functions to choose from, employment searchers find occupations in airport and flight operations, finance, sales, marketing, engineering, and logistics. Employees interact with customers of various backgrounds on a consistent basis, and the airline demands fluency in English, with additional language skills preferred and Computer skills.
Positions and Salary Information in Qatar Airways
Qatar Airways offers competitive pay rates to employees. Job seekers interested in working for the airline should check for job vacancies on the Careers section of the company website regularly.
 Flight Attendant: One of the many job functions of the cabin crew, flight attendants provide exceptional customer service for each passenger during flights. Qualifications may include high school diplomas, backgrounds in hospitality, and fluency in the English language. Flight attendants provide safety instructions before and after flights, food and beverage services, baggage assistance, and other duties as needed. Monthly salary for Flight Attendent ($2,300-$3,000)

Apply Online

 Airport Operations: Qatar Airways also needs crew members to fill a litany of customer service positions to work in airport operations. A popular job title, the position of airport service agent involves greeting and assisting customers with reservations and check-in, weighing baggage, scanning tickets during boarding, and answering any inquiries concerning flights. Airport service agents also perform additional duties as assigned by managers and supervisors. Airport Operations monthly earning is about $1,000-$2,500.

Apply Online

 Baggage Handler: Duties include sorting, loading, unloading, and transporting baggage. These workers also assist handicapped or other special-needs passengers with any requests. Working in a job requiring 24-hour availability, porterage services agents often work shifts during the morning, afternoon, evening, and middle of the night shift. Finally, baggage handlers should also possess computer skills as well as the ability to read and write in English. They earn monthly $1,800 to $2,500.

Apply Online

 Security Officer: Officer always focuses on monitor and authorize entrance and departure of employees, visitors, and other persons to guard against theft and maintain security of premises. reporting activities and irregularities. They need to provide security operational support, coordination and management across the Passenger Terminal Complex and associated landside and airside facilities reporting into The Airport Security Operations Center Duty Manager. In this role, you need to have a bachelor degree or equivalent with essential of qualified security area. They earn monthly $1,000 to $1,500.

Apply Online

 Sales Assistant: Main role as a sales assistant is to maximize sales at every available opportunity while ensuring that customers receive the highest level of customer service. You will ensure that the shop is fully merchandised according to the departmental layout and that shelves are kept fully stocked at all times or displayed in a manner that maximizes the selling opportunity. For this job Applicants must be able to speak and write English fluently, should have some retail sales and cash handling experience and a basic knowledge of computers. A smart appearance and the ability to interact effectively with customers of all nationalities are also pre-requisites for this position.

Apply Online

Tips For Apply in Qatar Airways
You can apply in Qatar Airways direct from their website. The application involves submitting basic personal information and answering questions regarding experience, education level, and competency. While some of the application requires fill-in-the-blank or multiple choice type answers, the airline also asks potential associates to write out answers to questions like: “What qualifies you to work here?” Job seekers may also need to show proof of any necessary certifications during the application process.

Apply Online

Application Status in Qatar Airways (Website)
When job seekers apply for entry-level vacancies listed on the Qatar Airways website, recruitment staff typically contact applicants within a week. The airline company may use telephone or email as means of communicating with promising candidates. If you are denote previous experience working in hospitality or the airline industry to relocate on the application may receive a quicker response.

Qatar Airways Application Online – Job Employment Form

obs in Qatar Airways & IMPORTANT TIPS
  44  9  13  32K
About Qatar Airways

Qatar Airways Group employs more than 31,000 people, of which 19,000 work directly for Qatar Airways. This Airways now ranks among the largest carriers in the Middle East humble beginnings in originating in 1994. Qatar Airways offers destinations to more than 120 locations worldwide.

Apply Online below position:
Costomer Experience (5) Jobs
Finance (25) Jobs
Flight Deck Crew (6) Jobs
Flight Operation (4) Jobs
Ground Handling (22) Jobs
Human Resources (12) Jobs
Administration (1)Jobs
Cabin Crews (16) Jobs
Cargo (45) Jobs
Commercial (109) Jobs
Contract, procurement, Supply Chain (4) Jobs
Costomer Contact Centre (23) Jobs
Marketing & Communication (10) Jobs
Sales & Marketing (6) jobs
Technical Engineering (7) Jobs

Jobs at Qatar Airways.

Minimum Age: 18 years old

Hours of Operation: 24 hours/day, 7 days/week

Available Positions in Qatar Airway:

Cabin Crew, Internal Auditor, Lawyer, Security Officer, Caterer, Human Resources Associate, Flight Deck Crew, Contractor, Sales Associate, Trainer, Administrator, Information Technology Associate, Procedures Associate and Airline Standards.

Job Opportunities in Qatar Airways

Qatar Airways looks for motivated workers to fill their job vacancies. The company also offers entry-level work in a number of areas. Facing minimum age requirements as low as 21, job seekers with high school diplomas, experience in customer service, and willingness to relocate find jobs with the Middle Eastern airline company routinely. Positions in cabin crew, customer service, and administrative divisions represent great opportunities for entry-level job hunters.

Qatar Airways offers a multitude of specialty and managerial jobs requiring college degrees and several years of experience in given fields. With many different job functions to choose from, employment searchers find occupations in airport and flight operations, finance, sales, marketing, engineering, and logistics. Employees interact with customers of various backgrounds on a consistent basis, and the airline demands fluency in English, with additional language skills preferred and Computer skills.

Positions and Salary Information in Qatar Airways

Qatar Airways offers competitive pay rates to employees. Job seekers interested in working for the airline should check for job vacancies on the Careers section of the company website regularly.

 Flight Attendant: One of the many job functions of the cabin crew, flight attendants provide exceptional customer service for each passenger during flights. Qualifications may include high school diplomas, backgrounds in hospitality, and fluency in the English language. Flight attendants provide safety instructions before and after flights, food and beverage services, baggage assistance, and other duties as needed. Monthly salary for Flight Attendent ($2,300-$3,000)

Apply Online
 Airport Operations: Qatar Airways also needs crew members to fill a litany of customer service positions to work in airport operations. A popular job title, the position of airport service agent involves greeting and assisting customers with reservations and check-in, weighing baggage, scanning tickets during boarding, and answering any inquiries concerning flights. Airport service agents also perform additional duties as assigned by managers and supervisors. Airport Operations monthly earning is about $1,000-$2,500.

Apply Online
 Baggage Handler: Duties include sorting, loading, unloading, and transporting baggage. These workers also assist handicapped or other special-needs passengers with any requests. Working in a job requiring 24-hour availability, porterage services agents often work shifts during the morning, afternoon, evening, and middle of the night shift. Finally, baggage handlers should also possess computer skills as well as the ability to read and write in English. They earn monthly $1,800 to $2,500.

Apply Online
 Security Officer: Officer always focuses on monitor and authorize entrance and departure of employees, visitors, and other persons to guard against theft and maintain security of premises. reporting activities and irregularities. They need to provide security operational support, coordination and management across the Passenger Terminal Complex and associated landside and airside facilities reporting into The Airport Security Operations Center Duty Manager. In this role, you need to have a bachelor degree or equivalent with essential of qualified security area. They earn monthly $1,000 to $1,500.

Apply Online
 Sales Assistant: Main role as a sales assistant is to maximize sales at every available opportunity while ensuring that customers receive the highest level of customer service. You will ensure that the shop is fully merchandised according to the departmental layout and that shelves are kept fully stocked at all times or displayed in a manner that maximizes the selling opportunity. For this job Applicants must be able to speak and write English fluently, should have some retail sales and cash handling experience and a basic knowledge of computers. A smart appearance and the ability to interact effectively with customers of all nationalities are also pre-requisites for this position.

Apply Online
Tips For Apply in Qatar Airways

You can apply in Qatar Airways direct from their website. The application involves submitting basic personal information and answering questions regarding experience, education level, and competency. While some of the application requires fill-in-the-blank or multiple choice type answers, the airline also asks potential associates to write out answers to questions like: “What qualifies you to work here?” Job seekers may also need to show proof of any necessary certifications during the application process.

Apply Online
Application Status in Qatar Airways (Website)

When job seekers apply for entry-level vacancies listed on the Qatar Airways website, recruitment staff typically contact applicants within a week. The airline company may use telephone or email as means of communicating with promising candidates. If you are denote previous experience working in hospitality or the airline industry to relocate on the application may receive a quicker response.

Qatar Airways Application Online – Job Employment Form