काठमाडौं– प्रधानमन्त्री केपी ओली र गृहमन्त्री शक्ति बस्नेतवीच गंभीर मतभेद देखिएका समाचार गतसाता बाहिर आए । प्रधानमन्त्री ओलीले गृहमन्त्री बस्नेतलाई राजीनामा दिन भनेको विषय पनि बाहिर आयो । के गृहमन्त्री शक्ति बस्नेतको जागीर जाँदैछ ? स्रोत भन्छ, ‘उनीहरुवीच मतभेद छन् छ, तर जागीर जान्न ।’
गत बुधवार मात्र मन्त्रीपरिषद् वैठकमा सशस्त्र प्रहरीका एआइजी बढुवा सम्बन्धी प्रस्ताव थियो । प्रस्तावले एजेन्डाका रुपमा वैठकमा प्रवेश पायो पनि । तर, गृहमन्त्रीले पारित गर्न चाहदा चाहदै पनि प्रधानमन्त्री ओलीले रोके । ‘एजेन्डा आएको थियो । गृहमन्त्रीले एआइजी बढुवा सम्बन्धी प्रस्ताव पारित गराउन चाहेका थिए । प्रधानमन्त्रीले अहिले रोकौँ भनेका थिए ।’ एक मन्त्रीले भने, ‘त्यसपछि प्रस्ताव अगाडि बढेन ।’
प्रधानमन्त्री ओली र गृहमन्त्री बस्नेतवीच मतभेद रहेको यो पछिल्लो उदारण हो । जवकि यस अघि प्रमुख जिल्ला अधिकारीहरुको सरुवको विषयमा पनि देखिनु गरी प्रधानमन्त्री ओली र गृहमन्त्री बस्नेतवीच विवाद सतहमा आएको थियो । यो सँगै गृहमन्त्री बस्नेत हटने वा माओवादीले मन्त्री हेरफेर गर्ने चर्चा शुरु भएको थियो ।
जस्तो सुकै विवाद भएपनि प्रधानमन्त्री ओली गृहमन्त्री बस्नेतलाई हटाउन सक्ने अबस्थामा छैनन् । नौ बुँदेसँगै भएको तीन बुँदे भद्र सहमतिपछि आफ्नो नेतृत्वको सरकार बचाउन सफल प्रधानमन्त्री ओली सत्तारुढ माओवादीलाई चिढाउने पक्षमा छैनन् । ‘हाम्रो पार्टी अध्यक्ष तयार नभएसम्म माओवादीका तर्फबाट सरकारमा सहभागी मन्त्रीको जागीर जाँदैन ।’ माओवादीका तर्फबाट सरकारमा सहभागी एक मन्त्रीले भने, ‘अहिले नै गृहमन्त्री हटाउने विषयमा अध्यक्ष तयार हुनुहुन्न ।’
प्रचण्डले अहिले नै मन्त्रीहरु फेरबदल गर्ने तयारी पनि गरेका छैनन् । ‘अहिले मन्त्री परिवर्तन गर्नु भनेको यो सरकारलाई कम्तीमा केही महिना निरन्तरता दिन तयार हुनु हो भन्ने सन्देश जान्छ ।’ माओवादी केन्द्रका एक नेता भन्छन्, ‘यहीकारण तत्काल मन्त्री हेरफेर हुने सम्भावना छैन ।’
प्रचण्डले आफ्नै नेतृत्वमा राष्ट्रिय सरकार गठनका लागि पहल गरिरहेका छन् । एमालेसँग भएको भद्र सहमति अनुसार सरकारको नेतृत्व प्रचण्डको प्राथामितामा छ । यस अघि काँग्रेसले बहुमतिय सरकारको नेतृत्व लिन गरेको आग्रहबाट प्रचण्डले अन्तिम समयमा बाहिरिएका थिए । त्यसलगत्तै भएको थियो, नौ बुँदे र तीन बुँदे भद्र सहमति ।
Sakti Bahadur Basnet DSC_4050 (2)मन्त्रीसँग कोही छैनन् सन्तुष्ट
गृहमन्त्री बस्नेतलाई फिर्ता नबोलएपनि उनको कार्यशैलीबाट प्रचण्ड र माओवादी केन्द्रका कोही पनि नेता–कार्यकर्ता सन्तुष्ट छैनन् । व्यक्तिगत चासो र लाभका काममा बढी ध्यान दिएको गृहमन्त्री बस्नेतमाथि आरोप लाग्ने गरेको छ । गृह प्रशासनको कामबाट प्रधानमन्त्री ओली र अन्य सत्ता साझेदार दलका नेता पनि असन्तुष्ट रहेको स्रोत बताउँछ ।
गृहमन्त्री बस्नेत ‘एक्सन’ मा आउन रुचाउँदैनन् । जस्तो कि जेठ १३ मा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ, ट्रक व्यवसायी महासङ्घ र यातायात क्षेत्रको ट्रेड युनियन सम्मिलित संयुक्त सङ्घर्ष समितिको नेतृत्वमा यातायात व्यवसायीले विहिवार देशभर चक्काजाम गरे । तर, गृहमन्त्री बस्नेतले यसमा कुनै पहल लिएनन् । जनजीवन कष्टकर हुँदा पनि उनी जनताको समस्या हल गर्ने काममा खटिएनन् ।
वीरगन्जका उद्योगपति सुरेश केडियालाई आज साँझ बाराको बरियारपुरबाट अज्ञात समूहले अपहरण गर्यो । कामविशेषले बरियारपुर गएका उद्योगपति केडियालाई बाराकै पशाहपुल नजिकैबाट अपहरण गरिएको थियो । पछि उनी १० करोड बुझाएर अपहरण मुक्त भएको समाचार भारतीय मिडियाबाट बाहिर आयो । यी उद्योगीलाई मुक्त गर्न गृहमन्त्री बस्नेत ‘एक्सन’ मा आएको उद्योगी–व्यवसायीले महसुस नै गर्न पाएनन् ।
माओवादीभित्र प्रचण्डलाई ‘धम्काएर’ गृहमन्त्रीको पद लिएको आरोप लागेको मन्त्री बस्नेतको काममाथि प्रश्न उठदै आएको छ । भूकम्पपीडितको कोटामा आफन्तलाई चीन भ्रमण पठाउँदा होस वा प्रहरी अधिकारीहरुको सरुवा–वढुवामा गृहमन्त्री बस्नेत विवादमा तानिदै आएका छन् । विवाद धेरै र काम थोरै गृहमन्त्री बस्नेतको परिचय बनेको छ । माओवादी केन्द्रभित्र नेता गोपाल किरातीले त पटक–पटक गृहमन्त्री बस्नेतको आलोचना गर्दै आएका छन् । गृहमन्त्रीको कार्यशैली ठीक नरहेको किरातीको बुझाई छ ।
प्रचण्डसँग ‘धम्की’ को भाषा बोलेर गृहमन्त्रालयको कमान्ड हात पारेका बस्नेतले कार्यक्षमता प्रदर्शन गर्न नसकेको भन्दै प्रचण्ड उनीसँग असन्तुष्ट छन् । गृहमन्त्री बस्नेतले आफ्नो र पार्टी योजनामा काम नगरेको पनि प्रचण्डको गुनासो छ । भदौ ०६५ मा प्रधानमन्त्री भएलगत्तै प्रचण्डले बस्नेतलाई आफ्नो प्रमुख स्वकीय सचिव बनाएका थिए । यहाँबाट प्रचण्डसँग निकट भएर काम गरेका बस्नेतलाई अहिले भने प्रचण्डले त्यति धेरै रुचाउन छाडेको माओवादी केन्द्रकै नेताहरुले बताउँने गरेका छन् ।
जतिबेला मधेस आन्दोलन र नाकाबन्दीले मुलुक आक्रान्त थियो । त्यही बेला बस्नेतले गृहमन्त्रीको कुर्सी पाएका थिए । आफ्नै पार्टीका नेता–कार्यकर्तादेखि विपक्षी हुँदै आमनागरिकसम्मले उनीबाट तत्काल र दृढ निर्णयको अपेक्षा गरेका थिए । तर, मन्त्री बस्नेतले यसमा आफुलाई पास गराउन सकेनन् । ‘यहीबाट उनको कार्यक्षमतामाथि प्रश्न उठेको हो ।’ माओवादी केन्द्रका एक नेताको भनाई छ । गृहमन्त्री बस्नेतले तत्काल निर्णय लिनुपर्ने ठाँउमा पर्ख र हेरको नीति अपनाउने गरेको आरोप लाग्ने गरेको छ । तर, गृहमन्त्री बस्नेतले भने ‘बोल्ड निर्णय गरेर अगाडि जान’ विभिन्न शक्तिकेन्द्रबाट दवाव आउने गरेको बताउने गरेका छन् । बैशाख अन्तिमसाता बसेको केन्द्रीय समिति वैठकमा किरातीले मन्त्री बस्नेतको राजीनामा नै मागेका थिए ।
आफुभन्दा जुनियर नेता गृहमन्त्री भएकोमा उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, शिक्षामन्त्री गिरीराजमणि पोखरेल, कृषिमन्त्री हरिबोल गजुरेल र वन तथा भूसंरक्षणमन्त्री अग्नि सापकोटाको पनि चिक्त बुझेको छैन । उनीहरुबाट पनि बस्नेतले सहयोग पाएका छैनन् । आफु गृहमन्त्री हुन नपाएकोमा कृष्णबहादुर महरा पनि असन्तुष्ट छन् । ‘उनले पनि बस्नेतलाई असफल बनाउने कार्ड खेलिरहेका हुन्छन् ।’ बस्नेत निकट स्रोत भन्छ ।
बस्नेतले प्रचण्डबाहेक प्रधानमन्त्री केपी शर्मा ओली र केही विदेशी शक्तिकेन्द्रको मन जितेर गृहमन्त्रालय हात पारेको आरोप पनि लागेको थियो । चारैतिर दौडधुप गर्ने बस्नेतको कार्यशैलीप्रत्ति प्रचण्ड रुष्ट छन् ।
आफूलाई गृहमन्त्री नबनाए बाबुराम भट्टराईको नेतृत्वको नयाँ शक्तिमा जाने चेतावनीसमेत बस्नेतले दिएका थिए । ‘सवै हतियार प्रयोग गरेर गृहमन्त्री भएका बस्नेतले देखिने खालको काम भने एउटा गरेका छैनन् । यसको मार पार्टीलाई परेको’ माओवादी केन्द्रका नेता–कार्यकर्ताको बुझाई छ । भन्छन्, ‘हाम्रा गृहमन्त्रीले यो चाहिँ राम्रो काम गरे भनेर देखाउँन सकिने एउटा काम छैन ।’
No comments:
Post a Comment