वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई लक्षित गर्दै सरकारले आइतबारदेखि झन्डै ३४ करोड रुपैयाँ बराबरको बचतपत्र निष्काशन गरेको छ । वाषिर्क ९ प्रतिशतका दरले ब्याज दिनेगरी राष्ट्र बैंकले ३३ करोड ७९ लाख १५ हजार रुपैयाँ बराबरको बचतपत्र आइतबारदेखि निष्कासन गरेको हो ।
राष्ट्र बैंकका अनुसार यो बचतपत्र विदेशमा रोजगारीमा रहेका व्यक्तिको बुबा, आमा, श्रीमान, श्रीमती, छोरा, छोरीले असार २४ गतेसम्म किन्न पाउनेछन् । मुलुक बाहिरको रोजगारीबाट फर्केको चार महिना नपुगेका नेपाली नागरिक वा गैरआवासीय नेपालीले किन्न पाउने राष्ट्र बैंकले जनाएको छ ।
यो बचतपत्र गरिएको लगानीको सावाँ २०७८ मा फिर्ता हुने राष्ट्र बैंकले जनाएको छ । तर, व्याज भ ने हरेक ६ महिनामा भुक्तानी गरिनेछ । बचतपत्र खरिदकर्ताले आफुले चाहेको समयमा यो बचतपत्र बिक्री गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ । यो बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण समेत लिन सकिने छ । राष्ट्र बैंकका अनुसार बचतपत्रमा कम्तीमा ५ हजार रूपैयाँ बढीमा पाँच हजारले भाग गर्दा निषेश भाग जानेगरी निष्काशन हुने रकमसम्म लगानी गर्न पाइने छ ।
No comments:
Post a Comment