सिन्धुली , ३० जेठ–सिन्धुलीमा शनिबारबाट दुई दिने मध्यमाञ्चल क्षेत्रीय खाद्य मेला २०७३ सुरु भएको छ । ‘परम्परागत पोषिलो स्थानीय खाद्य पदार्थको प्रबद्र्धन, असल खानपानका लागि खानेबानीमा परिर्वतन’ भन्ने मुलनाराका साथ सुरु भएको मेला खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौडाले आयोजना गरेको हो ।
मेलाको कृषि मन्त्रि हरिबोल गजुरेलले एक कार्यक्रमका विच समुद्घाटन गरेका हुन् । मेलाको उद्घाटन गर्दै मन्त्री गजुरेलले मानव स्वास्थ्यका लागि धेरै प्रकारका सन्तुलीत खाद्य पदार्थको आवश्यकता रहने भन्दै त्यसको उपभोगमा गुणस्तर हुनु पर्नेमा जोड दिए । सन्तुलीत भोजन र खानपीनमा बानी सुधार्न सके शरिर स्वस्थ्य रहने र हामीले उत्पादन गरेको खाद्य पदार्थमा गुणस्तर हुँदा उत्पादनसंगै आम्दानीमा समेत बृद्धी हुने उनको भनाई थियो ।
नेपाल कृषी प्रदान देश भएर ६६ प्रतिशत नागरीक कृषीमा आधारीत भएपनि नेपाल कृषीमा आत्मनिर्भर हुन नसकेकोमा मन्त्री गजुरेलले दुःख व्यक्त गरे । उनले भने, ‘हामी हाम्रो देश कृषी प्रदान देश भन्छौं तर, वर्षेनी लाखौं कुइन्टल खाद्यान्न विदेशबाट आयात गर्छौ । जुन गुणस्तर र सन्तुलीत छ भन्ने कुनै ग्यारेन्टी छैन् । तैपनि हामी उपभोग गर्न बाध्य छौं । यसले हाम्रो स्वास्थ्यमा समेत गम्भीर असर पर्दै गएको छ ।’
उनले आफु देशको कृषी मन्त्री भएपनि विद्यमान प्रणालीबाट निर्वाह मुखी कृषी पेशा अपनाउँदा यस्तो अवस्था आएको उनले बताए । ‘हलो जोत्ने लाई हली भन्ने परम्परागत चलनका कारण पढेलेखेकाले समेत कृषी पेशालाई छाड्दै गएपछि कृषी क्षेत्रमा अमुल परिवर्तनका लागि कृषी क्षेत्रको आधुनकिकरणका लागि मोडल बनाएर अघि बढेका छौं,’ उनले थपे । कृषी पेशा मर्यादीत र उत्पादन तथा आम्दानी मुखी बनाउन विदेश पलायन युवाहरुलाई समेत स्वदेश ल्याउने उनको कथन छ ।
कृषीमा पेन्सन र पकेट क्षेत्रको घोषणा गरी रोजगारको ग्यारेन्टी गरेपछि रोजगारका लागि विदेश पलायन युवाहरु स्वदेश फर्कने उनको विश्वास छ । यसका लागि यान्त्रीकरण र व्यावसायी करण गरिने छ । उनले वर्तमान सरकारले कृषीमा उन्नत विउ विजन नस्ल सुधारका माध्यमबाट कृषीमा आधाुनीकरण गर्न सकिने तर्क गरे । मन्त्री गजुरेलले सिन्धुलीका जलकन्या, रतनचुरा, भिमेश्वर र तिनकन्या गाविसलाई जुनार उत्पादनका दृष्टिले ‘जुनार जोन’ नामक कार्यक्रम सहित विकास गरीने उल्लेख गरे ।
कार्यक्रममा कृषी मन्त्रालयका सहसचिव काशीराज दाहालले कृषी उत्पादनलाई विषादी रहित र गुणस्तरीय उत्पादनका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए । उनले भने, ‘हामी कृषी उत्पादनलाई गुणस्तरीय बनाउन आवश्यक कार्यक्रम सहित लागि परेका छौं । नेपालबाट कोदो, मकैको च्याँख्ला, फापरलाई विदेश निर्यात गराउँन पहल गरेका छौं । यसले पनि नेपालको कृषी उत्पादनलाई महत्वपुर्ण सहयोग पुर्याउँछ ।
मेलामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका महानिर्देशक संजिवकुमार कर्णले सबैखाले खाद्यान्न गुणसतरीय हुनु पर्नेमा जोड दिए । पछिल्लो समय बजारमा म्याद सकियका र कम गुणस्तर भएका खाद्य पदार्थहरु विक्रि वितरण भइरहेको सन्दर्भलाई लिएर कर्णले भने, ‘बजारमा थुपै गुनासाहरु छन् । हामीले त्यसलाई मध्य नजर गरीरहेका छौं । कसैले पनि मानव स्वास्थ्यमाथी खेलबाड गर्दै गुणस्तर हिन र विषादी प्रयोग गरेका खाद्य पदार्थ विक्री वितरण गर्छ भने त्यसलाई हामी नियन्त्रणमा लिएर कारबाही गर्छौं ।’
उनले पछिल्लो समय फलफुल र तरकारीमा अत्याधिक विषादी प्रयोग भएको भन्ने गुनासो आएकाले आवश्यक अध्ययन थालीएको जनाए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राजनीतिक दलका प्मुख तथा उद्योग वाणिज्य संघका अध्यक्षले जिल्लामा गुणस्तरीय सन्तुलीत खाद्य पदार्थको विक्री वितरणका लागि आवश्यक भुमिका खेल्ने बताएका थिए ।
मध्यमान्चलका १८ वटा जिल्लामा उत्पादीत खाद्यान्नका विभिन्न परिकारहरु स्टलमा राखीएका छन् ।आजसम्म चल्ने मेलामा ५० वटा स्टलहरु राखीको आयोजकले जनाएको छ । मेलालाई जिल्ला विकास समिति, कमलामाई नगरपालिका, कृषी विकास कार्यालय, पशु सेवा कार्यलय सिन्धुली, घरेलु तथा साना उद्योग विकास समिति, सिन्धुली उद्योग बाणीज्य संघ लगायतले सह प्रायोजन गरेका छन् । मेलाको पहिलो दिन झण्डै सात हजार दर्शकले मेलाको आवलोकन गरेको अनुमान छ ।

No comments:
Post a Comment