Sunday, 12 June 2016

नेपाली युवालाई विदेश पठाउन बन्द गभर्नर नेपाल


नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले मुलुकको आर्थिक समृद्धिका लागि युवालाई विदेश पठाउन बन्द गर्नुपर्ने बताएका छन्।

मिडिया इन्टरनेस्नलले आइतबार काठमाडौंमा गरेको कार्यक्रममा गभर्नर गर्डानु. नेपालले काम गर्ने उमेरका युवा जनशक्तिलाई विदेश पठाएर मुलुकको आर्थिक समृद्धी नारामा मात्र सीमित हुने बताए। उनले मुलुकभित्र प्रशस्त अवसर रहेको भन्दै युवाले रोजगारीका लागि विदेश जानुभन्दा आफैं उद्यमी बन्नुपर्ने बताए।

उनले उद्योग व्यवसाय संचालनका लागि सहयोग गर्न बैंक तथा वित्तीय संस्था पैसाको बिटो लिएर बसिरहेको भन्दै विदेश गएर नोकर बन्ने प्रवृत्ति त्याग्न युवासँग आग्रह गरे।

गभर्नर डा. नेपालले अध्ययन र रोजगारीका नाममा युवाको विदेश पलायन बढेका कारण उत्पादन घटेकाले मुलुकको व्यापार घाटा बढेको बताए। उनले अध्ययनका लागि अष्ट्रेलिया, अमेरिका लगायतका विकसित मुलुकमा पुगेका युवालाई धन आर्जनका लागि त्यहाँभन्दा नेपालमा नै बढी अवसर रहेको दाबी गरे।

No comments:

Post a Comment