सिड्नी -हंगेरीको राजाधानी बुडापेस्टमा आयोजित बिश्व बडिबिल्डिंग आईएनबिए फिट्नेश वर्ल्ड च्याम्पियनशिपमा तीन नेपालीले राम्रो पर्दशन गरेका छन् । उनीहरुले दोस्रो, तेस्रो र पाँचौ स्थान हाशिल गर्न सफल भएका छन ।world camp.
हङ्गेरिको बुडापेस्टमा आइएनबीएर पिएनबिए विश्व च्याम्पिएनशिप एसोसिएसनको आयोजनामा जुन १० देखी १२ सम्म चलेको अन्तरराष्ट्रिय नेचुरल फिटनेस मोडेल २०१६को प्रतियोगितामा सन्तोष कुमार श्रेष्ठ दोस्रो, तेस्रो र सन्जीव चौधरी र प्रकृति श्रेष्ठ पाँचौ स्थानमा पर्न सफल भएका हुन । सन्तोष श्रेष्ठ शारीरिक शुगठनतर्फ १७८केजीको भारोत्वलकमा २६ प्रतियोगिवीच तेस्रो स्थान र प्रो डिभिजनमा दोश्रो स्थान हासिल गरेका हुन ।13413519_10154121368557696_4378894258395003470_n
त्यसैगरी सन्जीव चौधरीले शारीरिक शुगठनतर्फ १७८केजीको भारोत्वलकमा २६ प्रतियोगि बिच पाँचौ स्थान हासिल गरेका छन । स्पोर्ट मोडेल क्याटगोरिबाट प्रकृति श्रेष्ठ महिला तर्फ २० प्रतियोगिलाई उछन्दै टप पाँचमा पर्न सफल भएकी छन । उनिहरु अस्ट्रेलियाको तर्फबाट खेलेपनी स्टेजमा भने नेपाल र अस्ट्रेलिया दुबै देशको झण्डालाई फहराएका थिए । सन्तोष श्रेष्ठले फेशबुक मार्फत आफ्नो जितको खुशी भिडियो मार्फत ब्यक्त गरेका छन ।
सन्जीब चौधरीले आफ्नो अनुभब यसरी सुनाए – विश्व च्याम्पिएनशिपमा सभागिता जनाएको हाम्रो पहिलो अनुभब हो र हामी टप पाँचमा पर्नु ठुलो उप्लब्धि हो । म एकदमै खुशी छु पाँच भित्र पर्नुपनी नेपालीका लागि गौरबको कुरा हो उन्ले भने । यस् अघिका विश्व च्याम्पिएन्शिपमा सन्तोषले कुल तीन स्वर्णपदक जितिसकेका छन भने गत महिना अप्रिल २९ देखी १ मे मा अस्ट्रेलियाब्यापी प्रो कार्ड छनोट्मा सन्तोष श्रेष्ठ, सन्जीव चौधरी र प्रा श्रेष्ठले प्रो कार्ड हात परेका थिए । प्रक्रिती श्रेष्ठले मेल्बर्नमा भएको अन्तर राज्य फिटनेश च्याम्पिएन्शिपमार्फत स्वर्णपदक , ओपन स्पोर्टस मोडेल र ओपन फिट्नेस मोडेलको उपाधी पनि हात पारेकी थिइन । सन्जीव चौधरीले पनि फीटनेशतर्फ दोस्रो स्थान हासिल गर्दै प्रो कार्ड हात पारेका थिए । उनले पनि प्रो कार्डसँगै हंगेरी सहभागिता पक्का भएको थियो ।
बिश्व ब्यापी प्रतिस्पर्धामा यहाँ सम्म पुग्नु अत्यन्त गर्वको कुरा हो। ३२ देशका करीब ४०० जना को खेलाडिहरुको सहभागीता रहेको विश्व च्याम्पेनशिपका लागि तीनै जना खेलाडी सोमबार हँगेरीतर्फ प्रस्थान गरिका थिए । तिनै जना बडिबिल्डरले अगामी अक्टुबरमा हुने इन्डोनेशियाको बाली प्याराडाइज इन्टरनेशनल सोका लागि जाने तयारीमा रहेको बताए ।

No comments:
Post a Comment