Thursday, 9 June 2016

विप्लव माओवादी बन्दले सिन्धुलीको जनजिवन प्रभावित




सिन्धुली, २७ जेठ – आफ्ना कार्यकर्ताहरुको रिहाइको माग गर्दै विप्लव नेतृत्वको नेकपा माओवादीले गरेको बन्दबाट सिन्धुलीको जनजीवन प्रभावित भएको छ । बन्दका कारण सिन्धुली बाट बाहिरिने लामो तथा छोटो दूरीका सवारी साधन सञ्चालन हुन सकेका छैनन् भने मोटर साइकलहरु चलेका छन ।



सार्वजनिक सवारी साधन नचल्दा गन्तव्यमा हिडेका यात्रुको अवस्था विचल्ली बनेको छ ।

सिन्धुली माडी बजारमा बन्दगराउन हिडने एकजना माओबादी कार्यकर्ता नदेखिएपनि औषधी पसल होटल,फलफुल पसल बाहेकका पसल हरु बन्द छन् । जिल्लामा कुनै मिसिमको घटना नघटेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
-

No comments:

Post a Comment