Saturday, 11 June 2016

स्टेडियममै भिडे रसिया र इंग्ल्याण्डका समर्थक, भार्डी पत्नी पनि परिन्



 इंग्ल्याण्ड र रसियाबीचको खेलपछि दुवै देशका समर्थक स्टेडियम भित्रै भिडेका छन् । रसियाले अन्तिम मिनेटमा गोल गर्दै खेल बराबरीमा टुंगिने बित्तिकै दुवै देशका समर्थक एक आपसमा भिडेका थिए ।



स्टेडियममा भिडन्तमा बच्न दर्शकहरु बीच भागाभाग मच्चिएको थियो । प्रहरीले भिड नियन्त्रणमा लिन लाठी चार्ज र अश्रुग्यास प्रहार गर्नुपरेको थियो ।

भिडन्तमा इंग्ल्याण्डका स्टार स्ट्राइकर जेमी भार्डीकी पत्नी समेत परेकी छिन् । उनले ट्वीट गर्दै सो को जानकारी दिइन् ।



यसअघि, खेलअघि पनि लागातार दुई दिन दुई देशका हुल्याहा समर्थकहरु सडकमै भिडेका थिए ।

फुटबल एसोसियएसनले यस विषयमा गम्भिर चासो व्यक्त गरेको छ ।

No comments:

Post a Comment