Wednesday, 8 June 2016

सभासदमाथि काठमाडौंमै आक्रमण, अस्पताल भर्ना



काठमाडौं – नेकपा संयुक्त पार्टीकी केन्द्रिय सदस्य रामशिला ठाकुर गोंगवु नयाँ बसपार्ककी एक महिलाको आक्रमणवाट सख्त घाइते भएकी छन् । पूर्व सभासद समेत रहेकी उनलाई नयाँ बसपार्ककी कल्पना ढुंगानाले आइतवार बेलुकी साढे ६ बजे आक्रमण गरेको ठाकुरले बताइन् ।

botal-prahar

नयाँ बसपार्कमा तीनवटा व्युटीसैलुन चलाएर बसेकी ठाकुरको पसलमामा काम गर्ने अरुण ठाकुर र उनकी श्रीमती पुनमदेबी ठाकुर बस्ने कोठाको लागि घरवेटी कल्पना ढुंगानासँग कुरा गर्न जाँदा आफूमाथि आक्रमण भएको ठाकुरले रातोपाटीलाई बताइन् । ‘मलाई मधेशी आइमाइ भन्दै अपशब्द बोलेर आक्रमण गरियो,’ उनले भनिन् ।

कल्पना ढुंगानाको घरमा कोठाभाडा लिएर बसेका अरुण ठाकुर र उनकी श्रीमती पुनमदेबी ठाकुरलाइ एकदिनमै कोठा छाड्न भन्दै घरवेटीले सामान फालिदिएकी थिइन् । एक दिनमै कोठा पाउन गाह्रो हुनेहुँदा कोठा छाडिदिनको लागि एक महिना अगावै जानकारी दिनुपर्ने भनाइ राखेकी ठाकुरमाथि घरवेटी ढुंगानाले एक्कासी बियरको वोतल टाउको, हात, खुट्टा र जिउभरी हानेकी थिइन् । चोट लागेर रक्ताम्यै भएकी उनलाई स्थानीयबासीले राती नै एम्बुलेन्समा राखेर ग्राण्डी अस्पताल पुर्याएका थिए ।

बिगतका दिनमा पनि यसैगरी दादागिरी गर्दै आएकी ती घरबेटीलाइ बेलुकी नै प्रहरीले नियन्त्रणमा लिएको छ । आफ्नो कान र घाँटीमा लगाएको मंगलसुत्र गरी २ तोलाको गहना र साथमा भएको ४० हजार रुपैंया हुलमुलमै हराएको ठाकुरले बताएकी छन् ।

No comments:

Post a Comment